+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
साहित्य

झरनाले ५ जनालाई सम्मान गर्ने



साहित्य   52 पटक पढिएको        

हेटौंडा, ४ फागुनः झरना साहित्यिक परिवारले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा फागुन ७ गते बृहत् साहित्य गोष्ठी तथा सम्मान कार्यक्रम गर्ने भएको छ । साहित्य क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानबापत पाँचजना साहित्यकारलाई सम्मान गर्न लागिएको झरनाले जनाएको छ ।

झरनाले गजलमा नेपालका प्रथम विद्यावारिधी गर्ने डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ लाई नगद ११,५५५ सहितको ‘होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०७४’ प्रदान गर्न लागिएको छ । यो सम्मान साहित्यसेवी नूरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गर्नुभएको हो ।

जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्ना गर्न योगदान गरेवापत छतिवन निवासी जनाद्र्धन खनाल र परशुराम गौतमलाई जनही नगद रू ५,५५५/– राशि सहितको ‘बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०७४’ प्रदान गर्न लागिएको छ । यो सम्मान साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापना गर्नुभएको हो । साहित्यकार असिम सागरलाई नगद रू. ५,५५५/– राशिसहितको ‘खडानन्द–मनमाया प्रतिभा सम्मान–२०७४’ प्रदान गरिने भएको छ । यो सम्मान साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापना गर्नुभएको हो छ ।

यसैगरी मकवानपुरकी अग्रणी नारी साहित्यकार पूर्णकला घिमिरेलाई नगद रू. ५,५५५/– राशिसहितको सुशीला दंगाल स्मृति सिर्जनशील नारी सम्मान–२०७४ प्रदान प्रदान गरिने भएको छ । यो सम्मान साहित्यसेवी राजन दंगालले आफ्नी दिवंगत छोरीको स्मृतिमा स्थापना गर्नुभएको हो । फागुन ७ गते छतिवनमा आयोजना हुने बृहत् साहित्य गोष्ठीमा देशका विभिन्न भागहरूबाट विविध विधाका साहित्यकारहरूको उपस्थिति रहने संस्थाका सचिव चिरञ्जीवी लामिछानेले बताउनुभयो । झरना साहित्यिक परिवारले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा आगामी फागुन ७ गते आयोजना गर्ने बृहत् साहित्य गोष्ठीमा प्रदान गर्ने गरी विभिन्न सम्मानहरूको घोषणा गरेको छ ।






सम्बन्धित शिर्षक समाचारहरु
झरनाद्वारा कृति लोकार्पण र काव्य प्रशिक्षण
“आगतको आँगनी” विमोचन
१४४औं गजल यात्रा
काव्य प्रतियोगिता र प्रशिक्षण
साहित्यकार विमल निभा सम्मानित
मुक्तककार डेविट सम्मानित
पर्यटन प्रवद्र्धनका लागि काव्य उत्सव
२६९औं साहित्य सन्ध्या
झरनाले ५ जनालाई सम्मान गर्ने
तिमल्सिनाका ५ कविता सुनिए



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    13     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    10     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    35     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    986    
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    97    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    97    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top