+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

प्रदेशका लागि अबका चुनौती



सम्पादकीय   174 पटक पढिएको   सम्पादकीय     

मुलुकको नयाँ संरचना अनुसार बनेका सातवटै प्रदेशको प्रदेश सभा पहिलो वैठक सकिएका छन् । निकै चासो र कौतुहलता बीच यी वैठकहरु सहज रुपमा सम्पन्न भएको छ । दुई नम्बर प्रदेशमा भने केही विवाद जस्तो देखिएको थियो भने अन्य प्रदेशमा बिना विवाद वैठकहरु भएका छन् । सुरुका वैठकको मात्रै मुल्याङ्कन गर्ने हो भने दलहरु आगामी दिनमा नयाँ संरचनालाई सहज रुपमा सन्चालन गर्न तयार देखिएका छन् ।

२ नम्बर प्रदेशमा भने सपथ ग्रहणका दिन भाषाको विवाद देखियो भने पहिलो वैठकमा सहिदको तस्विरले केहीबेर होहल्ला भएको छ । यसले के संकेत गर्दछ भने अन्य प्रदेशमा भन्दा भोली पनि २ नम्बर प्रदेशमा वैठक सन्चालनका लागि पक्कै पनि चुनौती हुने देखिन्छ । हुन त हिजोको दिनमा ज–जसले संविधान सभा वा प्रतिनिधि सभामा अवरोधदेखि तोडफोडसम्म गरे उनीहरु नै अबको केन्द्रिय संसददेखि प्रदेशमा सत्तापक्ष बनेका छन् । त्यसैले पनि आगामी दिनका वैठकहरु तुलनात्मक रुपमा सहज हुने आकलन गर्न सकिन्छ ।

देशमा लामो संक्रमणपछि प्रदेश सभा गठन भएको छ । त्यसैले पनि अब प्रदेश संसदले ठुला चुनौतीको सामना गर्नुपर्ने हुन्छ । ती चुनौतीलाई समस्या भन्दा पनि अवसरका रुपमा उपयोग गर्न सक्नु पर्दछ । जनअधिकारदेखि विकासमा तत्कालिन एकात्मक शासन पद्दति बाधक बन्यो भन्दै राज्य पुनर्संरचना गरिएको हो । त्यसैले अब जन आकांक्षा असीमित बनेको अवस्था छ । हिजोको राज्यसत्ता र व्यवस्थाको विरोध गर्ने क्रममा जनताका आकांक्षालाई चुचुरोमा पु¥याउने काम परिवर्तनका पक्षधर दलहरुले गरेकै हुन् । जनताका आकांक्षामा मलजल गर्न जति सजिलो थियो अब पुरा गराउन त्यति नै चुनौतीहरु देखिने छन् । जनताले जुनसुकै रुपमा भए पनि केन्द्र र स्थानीय तहको सेवा विगतमा पाएका छन् । त्यसैले केन्द्र र स्थानीय तह भन्दा पनि नयाँ संरचनाका रुपमा खडा भएको प्रदेश सरकारबाट बढी अपेक्षा राख्ने छन् । यसै कुरालाई हेक्का राखेर प्रदेश संसद र सरकारले काम गर्नुपर्ने हुन्छ ।

प्रदेशको पहिलो वैठक त सहज वातावरणमा नै सकिएको छ । तर आगामी वैठकहरु पक्कै पनि सहज हुने छैनन् । सबैभन्दा पेचिलो मुद्दा बन्ने छ प्रदेश राजधानी । सबै जिल्लाका सबै दलका नेताहरुले प्रदेश राजधानी आफ्नै जिल्लामा ल्याउने वाचा गरेर मत मागेका छन् । त्यतिबेला के उपयुक्त हुन्छ भन्दा पनि के भन्दा जनताले आफुलाई भोट दिन्छन् भन्ने कुरामा विशेष ध्यान दिएका थिए । तर अब वास्तविकताको धरातलमा ओर्लिएपछि संकटको सामना गर्न तयार हुनै पर्दछ । जहाँ प्रदेश केन्द्र रहन्छ, त्यहाँका जनताले खुशी व्यक्त गर्लान् तर अन्य जिल्लामा हिजोदेखि नै बलेको आगो थप दन्किन बेर लाग्ने छैन । जे जस्तो भए पनि कामचलाउन सरकारले कामचलाउन केन्द्र तोक्दा त ठूलो दवाव खेप्नु परिरहेको छ भने भोलि प्रदेश सभाबाट निर्णय भएको अवस्था पक्कै पनि सहज हुने छैन । यस्तै प्रदेश केन्द्रको व्यवस्थापन अर्को चुनौती हो । प्रदेशका लागि आवश्यक पर्ने सबैखाले भौतिक पूर्वाधारको विकासदेखि सेवा विस्तार गर्नु र जनअधिकार सहितका कानूनी व्यवस्था पनि प्रदेश संसद र सरकारकै जिम्मेवारी हो । यस्ता अनेक चुनौतीलाई अवसरका रुपमा लिन सक्नु पर्दछ । यसका लागि दल र नेताहरु विवेकी र संवेदनशील बन्नै पर्दछ ।






  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top