+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

प्रदेश संरचना व्यवस्थापनको चटारो



सम्पादकीय   64 पटक पढिएको   सम्पादकीय     

प्रदेश सभाको वैठकका लागि पहिलो बनेको ३ नम्बर प्रदेशमा यतिबेला अन्य व्यवस्थापनको निकै चटारो देखिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्रीहरु, सभामुखको निवास तथा कार्यालयका साथै मन्त्रालयका लागि आवश्यक भौतिक संरचनाको खोजी तथा मर्मतसम्भारले हेटौंडामा चहलपहल बढ्नुका साथै व्यवस्थापनमा व्यस्तता देखिएको छ ।

मन्त्रालय र अन्य कार्यालयको अस्थायी व्यवस्थापन भए पनि त्यहाँ आवश्यक पर्ने अन्य पक्ष भने अझै अन्यौलमा नै छ । प्रदेश नम्बर ३ का प्रमुख सचिवले पद वहाली गरे पनि केही दिनपछि नै आउने सभामुख, मुख्यमन्त्री र मन्त्रीहरुका लागि सवारी साधन, आवास, कार्यालय लगायतको व्यवस्था भइसकेको छैन । जेनतेन कार्यालयहरुको खोजी भए पनि फर्निचरदेखि सवारी साधनको व्यवस्थापन यतिबेला प्रशासनका लागि चुनौती बनेको छ । प्रदेश प्रमुखका लागि सामान्य व्यवस्थापन गरिएसँगै अब प्रदेश सभामुख, मुख्यमन्त्री र मन्त्रीहरुलाई चाहिने सेवा सुविधाको व्यवस्था अर्को चुनौती हो ।

प्रदेश नम्बर ३ को सभामुखको निर्वाचन यही माघ २७ गते हँुदैछ । यस्तै फागुनको पहिलो हप्ता भित्र प्रदेशले मुख्यमन्त्रीदेखि मन्त्रीहरु पनि पाउने छ । यी विशिष्ट पदाधिकारीका लागि राज्यले दिने सेवा सुविधाहरुको व्यवस्थापनमा यतिबेला कठिनाई छ । उनीहरुलाई आवश्यक पर्ने सुरक्षा प्रबन्ध, आवास, सवारी, सचिवालय लगायतको व्यवस्था गर्नुपर्ने हुन्छ । यसका लागि जनशक्ति पहिलो सर्त हो । तर केन्द्र सरकारले खटाएका कर्मचारीहरु अझै प्रदेशको राजधानीस्थित कार्यस्थलमा आइनपुग्दा प्रमुख सचिवलाई थप अप्ठेरो पर्ने देखिएको छ । मन्त्रालयको टुंगो लागि सके पनि मन्त्रालयमा रहनु पर्ने कर्मचारीको टुंगो छैन । कर्मचारी बिना राजनीतिक नेतृत्वले मात्र पक्कै पनि मन्त्रालय सन्चालन हुन सक्दैन । तसर्थ राज्यबाट सेवा सुविधा लिएका कर्मचारीहरुले कुनै मान, भाउ खोज्नुभन्दा जनताको सेवामा लाग्न ढिलो गर्नु हुँदैन । अबको केही दिनमा पदवहाल हुने मन्त्रालयमा यतिबेला सबै कर्मचारीहरुले जिम्मेवारी सम्हाली सकेको हुनुपर्ने थियो । तर कर्मचारीहरुले अटेर गर्दा समस्या हुने देखिन्छ ।

संविधानको धारा ५६ को उपधारा १ ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको व्यवस्था गरेको छ ।  स्थानीय तहमा पुरानै भौतिक, मानवीय र वित्तीय स्रोतसाधन विद्यमान भएकाले स्थानीय तहको व्यवस्थापन सहज भयो । उता संघीय संसद्लाई भने प्रतिनिधिसभा र राष्ट्रियसभाको रूपमा हालकै संरचनामा कार्य गर्न सहज हुने नै छ तर प्रदेश संसद् नेपालको पहिलो प्रयोग भएकाले पनि यतिबेला केही कठिन जस्तो देखिएको हो । प्रदेश केन्द्रको स्थायित्वसँग व्यवस्थापन जोडिएको हो भने दलहरु बीच समझदारी गरेर निकास खोज्नु पर्दछ । प्रदेश सांसददेखि जिम्मेवार नेताहरुबाटै हेटौंडा केवल अस्थायी मात्र हो भन्दा व्यवस्थापन गर्नेहरुले पनि जाँगर नदेखाएका हुन सक्छन् । तर जनभावना अनुसार संविधानले गरेको व्यवस्थालाई पूर्ण कार्यान्वयनमा लानु सबैको जिम्मेवारी हो । त्यसैले कर्मचारीहरुले जिम्मेवारीबाट कुनै पनि अवस्थामा भाग्न मिल्दैन । यस्तै स्थानीय दल र नेताहरुले पनि हेटौंडामा प्रदेश केन्द्रका लागि कुनै कमि छैन भन्ने सन्देश प्रवाह हुने गरी आवश्यक सहयोग गर्नु पर्छ ।






  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top