: +०५७-५२६८३०, ९८५५०-६८२२७

साहित्य


तिमल्सिनाका ५ कविता सुनिए

साहित्य 7 पटक पढिएको समाज संवाददाता


हेटौंडा, २१ माघः आँचल साहित्य कला पुञ्जको मासिक भेटघाट तथा रचना वाचनमा शनिबार भएको छ । मासिक भेटमा कवि सविता तिमल्सिनाले आफ्ना ५ वटा कविता वाचन गर्नुभयो । तिमल्सिनाले निद्रा, आमा भोट उहाँलाई दिनुस्, हुरी चलिरह्यो, बाल्यकाल र काँडा शीर्षकका कविता प्रस्तुत गर्नुभएको थियो ।

तिमल्सिनाका कवितामाथि साहित्यकार नीरा शर्माले टिप्पणी गर्नुभएको थियो । शर्माले तिमल्सिनालाई मकवानपुरको आशालाग्दो प्रतिभाको रुपमा आफूले पाएको टिप्पणी गर्नुभयो । उहाँको प्रस्तुतीका अतिरिक्त कार्यक्रममा पूर्णकला घिमिरे, भावना सापकोटा, शान्तिप्रिय वन्दना, अमृता नेपाल, शुभलक्ष्मी विश्वकर्मा, कमला ब्लोन, मिना श्रेष्ठ, अनु रोक्का, अनिशा पुडासैनी, निर्मला ब्लोन लगायतले रचना वाचन गरेका थिए । साहित्यमा क्रियाशील नारीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ स्थापित आँचल साहित्य कला पुञ्जले हरेक महिनाको तेस्रो शनिबारका दिन नियमित रुपमा रचना वाचन कार्यक्रमको आयोजना गर्दै आएको छ । साहित्य संगम मकवानपुरको सभाकक्षमा सञ्चालित कार्यक्रममा आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाको सभाध्यक्षता रहेको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970619 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top