+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

व्यवसाय दर्ता गरौं



सम्पादकीय   130 पटक पढिएको   सम्पादकीय     

व्यापार व्यवसाय गर्नका लागि राज्यका तर्फबाट केही नीति नियम बनाएको हुन्छ । त्यसको परिधिमा रहेर प्रत्येक नागरिकले स्वतन्त्रपूर्वक व्यवसाय सन्चालन गर्न सक्छन् । कानूनले निर्धारण गरेको सम्बन्धित निकायमा आफुले गर्न थालेको व्यवसायका बारेमा जानकारी दिनु सबै नागरिकको कर्तव्य पनि हो । यसका लागि राज्य संयन्त्रबाट सहजीकरण पनि आवश्यक हुन्छ । यसैक्रममा मकवानपुरको ग्रामीण क्षेत्रका पसल तथा होटलहरु बिना दर्ता सन्चालन भएको पाईन्छ ।

स्थानीय तहको अधिकार क्षेत्र भित्र यस्ता पसल तथा होटलहरु स्थानीय वडा कार्यालयले नै दर्ता गरिदिने व्यवस्था छ । तर पनि स्वरोजगारका रुपमा सन्चालन भएका यस्ता साना व्यवसायहरु दर्ता नभएको पाइएको छ । दर्ता गर्न लाग्ने केही शुल्क तथा नवीकरण लगायतका कारण पनि गाउँघरमा बिना दर्ता नै व्यवसाय सन्चालन हुनु स्वभाविक नै हो । तर यसलाई कानूनी प्रक्रियामा ल्याई एकरुपता दिने काम अव स्थानीय जनप्रतिनिधिहरुको जिम्मेवारी भित्र पर्दछ । उपभोक्ताहरुको सबभन्दा नजिक रही दैनिक उपभोग्य सामाग्रीहरु बिक्री वितरण गरी देशको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलिरहेका साना तथा खुद्रा व्यवसायको एकिन तथ्याङ्कका लागि पनि दर्ता हुनु आनिवार्य हुन्छ ।

गाउँपालिकामा बजार क्षेत्र विस्तार हुँदै गएका छन् । विस्तरित बजारमा सन्चालन हुने सबै प्रकारका व्यवसायहरु दर्ता प्रक्रियामा जाँदा स्थानीय तहका लागि केही आम्दानीको श्रोत हुनेछ भने आफ्नो क्षेत्रमा कति मानिसले कस्तो व्यवसाय गरेर स्वरोजगार बनेका छन् भन्ने तथ्याङ्क पनि राख्न सहज हुनेछ । यस्तै होटल तथा पसलबाट प्रदान गरिने सेवाको गुणस्तरीयताका लागि पनि आवश्यक नियमन गर्न सहज हुने छ । स्थानीय रुपमा थोरै लगानीमा सन्चालन गरिने यस्तो व्यापारलाई परम्परागत स्वरोजगारमूलक व्यवसाय भन्ने गरिन्छ । एक व्यक्तिले आफ्नो पुरै समय, सीप र पूँजी लगाएर गरिएको व्यवसायले स्थानीय मानिसहरुले सेवा प्रवाह गरेको हुन्छ । यस्तो सेवालाई गुणस्तरीय बनाउने दायित्व राज्य र सम्बन्धित पक्षको हो । यसका लागि दर्ता गर्नु र गराउनु जरुरी देखिन्छ । प्रक्रियामा जानका लागि व्यवसायीहरुलाई कुनै समस्या, ठूलो आर्थिक व्ययभार र कानूनी अप्ठेरो छन् भने सम्बन्धित पक्षले सहज बनाउने तर्फ कदम चाल्नु पर्दछ । तर कुनै पनि व्यवसाय राज्यको अभिलेखमा देखिनु आवश्यक हुन्छ ।

ग्रामीण क्षेत्रको मात्र होईन कि मकवानपुरको सुदरमुकाम हेटौंडादेखि ठूला बजारहरु पालुङ तथा मनहरीमा समेत बिना दर्ता पसलहरु सन्चालन भईरहेका छन् । कतिपयले आफ्नो व्यवसायलाई स्थानीय उद्योग वाणिज्य संघमा समेत आवद्ध गराएको पाईदैन । साना व्यवसायहरु कसरी सन्चालनमा छन्, उनीहरुले लगानी कति छ भनी अभिलेख राख्ने निकाय घरेलु कार्यालयले बेला बेलामा गर्ने सामान्य अनुगमन पर्याप्त छैन । कानूनी रुपमा कार्यालयले पाएको अधिकार प्रयोग गर्न सक्नु पर्दछ । ग्रामीण क्षेत्रमा पनि नियमित अनुगमन गर्ने हो भने पक्कै पनि व्यवसायीहरुले आफ्ना होटल तथा पसलहरु दर्ता गर्ने छन् । सम्बन्धित पक्षले अनुगमनमा मात्र कडाई गर्ने नभई व्यवसायीहरुका समस्याहरु पहिचान गर्ने र समाधानका लागि मध्यस्थताको भूमिका पनि निर्वाह गर्नु पर्दछ । समय समयमा हुने व्यापारमेला, नेपाल बन्द, चक्काजाम, दैनिकजसो हुने मुल्यवृद्वि, अधिकतम घरभाडा वृृद्वि, घरवहाल करमा नीतिगत अस्पष्टता, घरधनीहरुको मनोमानी र एकाधिकार मूल्य निर्धारणले खुद्रा व्यवसायीहरु संकटमा पर्ने गरेका छन् । यस्ता विषयमा पनि नियमनकारी निकायहरु थप जिम्मेवार बन्नु आवश्यक छ ।






सम्बन्धित शिर्षक समाचारहरु
युवा कैदीबन्दी र जिम्मेवारी
दबावका स्वरुप परिवर्तन गरौं
सडक पेटी पनि खाली गरौं
युवाका लागि सुरक्षित स्थान
व्यवसायीको दोहोरो मापदण्ड
आगलागीको सन्देश
अधिकार सुनिश्चित हुनै पर्छ
दक्षताका लागि कर्मचारीको तालिम
खर्चिलो व्यवस्थापन
अधिकार सहितको जिससको माग



  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top