: +०५७-५२६८३०, ९८५५०-६८२२७

सम्पादकीय


राजधानीको लोभ मात्रै

सम्पादकीय 42 पटक पढिएको सम्पादकीय


प्रदेश राजधानीका लागि हेटौंडा नगरले देखाएको चासो लोभी मनको परिणाम जस्तो मात्रै देखिएको छ । प्रदेश राजधानीका लागि जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज, निजी क्षेत्र र आम सर्वसाधारणबाट सकारात्मक प्रयास देखिएको छैन । प्रदेश राजधानीको लोभ गर्ने तर व्यवस्थित योजना बनाउने क्षमता कसैले पनि राख्नै सकेको छैन ।

मुख्यतः राजनीतिक दल र जनप्रतिनिधिहरुले विस्तृत योजना र खाका तयार पार्नुपर्नेमा चासो देखिएको छैन । कुनै मञ्चमा मन्तव्य व्यक्त गर्ने अवसरको सदुपयोग गर्ने बाहेक उल्लेखनीय काम राजनीतिक दलका नेता र जनप्रतिनिधिबाट हुन सकेको छैन ।

प्रदेशको राजधानी किन बनाउने भन्नेमा राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, निजि क्षेत्र र आम नगरवासीले साझा धारणा बनाउनु जरुरी छ । प्रदेशको राजधानीले अवसर मात्रै सिर्जना गर्दैन । चुनौतिहरु पनि सामना गर्नुपर्ने हुन्छ । अहिले एउटा औसत गतिमा चलिरहेको सुन्दर हेटौंडा नगर राजधानी घोषणासँगै तीव्र गतिमा क्रियाशील हुनेछ । हेटौंडा प्रदेशको अस्थायी राजधानी कायम हुनु महत्वपूर्ण उपलब्धीको विषय हो । यसआधारमा अब प्रदेशको स्थायी राजधानी स्थापित गर्ने प्रक्रियालाई बुझेर ती प्रक्रियामा कसरी हेटौंडाले आफूलाई सक्षम सावित गर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ । केही दिनयता विभिन्न मञ्चहरुमा हेटौंडालाई प्रदेश राजधानी बनाउने विषयमा सरोकारवाला, सर्वदलीय, सर्वपक्षीय छलफल भइरहेका छन् । ती मञ्चमा न आयोजकले विस्तृत योजना प्रस्तुत गर्छन्, न सहभागी सरोकारवालाले योजनावद्ध तर्क गर्छन् । बरु सबै आआफ्नो तर्फबाट सक्दो प्रयत्न गर्ने मौखिक वाचा मात्रै गर्छन् ।

सबैभन्दा दुखद् कुरा त हामी आफैं अतालिरहेका छौं कि, अहिले हेटौंडा प्रदेशको राजधानी अस्थायी हो, यो सर्छ, सार्छ । हेटौंडालाई अस्थायी राजधानी घोषणा गरेर महिनादिन बित्न लाग्दा सरोकारवालाले हेटौंडालाई स्थायी राजधानी बनाउन पहल गर्ने साझा समूह निर्माण गर्न सकेको छैन । हेटौंडा उपमहानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नै अग्रसर छैनन् । हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर, १९ वडा अध्यक्ष, सदस्यहरु नै एक हुन सकेका छैनन् । निर्वाचित जनप्रतिनिधिले नै राजधानीका लागि चासो देखाइरहेका छैनन् भने आम नागरिकले व्यक्तिगत रुचि या चासो मात्रै पक्कै पर्याप्त हुन्न ।

प्रदेश सभामा सभामुख, उपसभामुख चयन गरेर मुख्यमन्त्री चयनपछि प्रदेशको राजधानीका विषयमा प्रदेश संसदमा प्रस्ताव पेश हुन सक्छ । त्यत्तिबेला दुईतिहाई मतले हेटौंडाबाहेक अन्यत्र नै राजधानी राख्ने निर्णय गर्यो भने त्यसपछि आन्दोलनको कुनै औचित्य छैन । साथै त्यत्ति बेला कसले आन्दोलनको नेतृत्व गर्ने ? यसर्थ क्षतिपछिको आरोप–प्रत्यारोप या अनेकौं सम्भावनाका कुरा गर्नुभन्दा अहिले नै प्रदेशको राजधानीलाई स्थायी बनाउनतर्फ सचेत र जिम्मेवार भएर अगाडि बढ्नु आवश्यक छ । प्रदेश राजधानीका लागि अहिले भएका तयारी र लगानीलाई दिगो बनाउँदै हेटौंडालाई नै स्थायी बनाउनुपर्ने औचित्य समग्रमा पुष्टि गर्न गराउन राजनीतिक दलका नेता, कार्यकर्ता, जनप्रतिनिधि, नागरिक समाज, निजि क्षेत्रले आआफ्नो तर्फबाट अग्रसर हुँदै एकीकृत रुपमा सार्थक सावित गर्नुपर्छ । मन्तव्य या भाषणमा मात्रै राजधानीको दावी गरिरहँदा हेटौंडा अस्थायी राजधानीको म्यादी भूमिकामै सीमित हुनुपर्ने खतरा रहन सक्छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970607 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top