: +०५७-५२६८३०, ९८५५०-६८२२७

साहित्य


हेटौंडामा सुनिए पोखरेली गजलकार

साहित्य 13 पटक पढिएको समाज संवाददाता


हेटौंडा, ७ माघः “स्वागत छ तपाईलाई बजारले भन्यो, धन्यवाद छ खल्तीबाट हजारले भन्यो” अहिलेको समाजको चित्रण गर्दै लेखिएको गजलबाट सुरु भएको एकल गजल बाचनमा साहित्यकार दीपक समीपले दुई दर्जन गजल सुनाउनु भएको छ । शनिबार गजल मञ्च मकवानपुरको आयोजनामा भएको १४०औं गजल यात्रामा पोखरेली गजलकार दीपक समीपले एकल गजल बाचन गरेका हुन् ।

गजलकार दीपकले “अवसर समात्नु तपाई आफ्नै भरमा बसेर, उम्रीयो हुर्कियो पिपल आफ्नै अकरमा बसेर” दोस्रो गजल सुनाउनु भएको थियो । समसामयिक विषयवस्तुलाई आधार मानेर लेखिएको उहाँको गजलमा देश प्रेम, नेता, भ्रष्टचार प्रेम मिसिएको पाइन्छ । उहाँले वास्तविक समाज, राजनीतिक अवस्था समेटिएको गजल वाचन गर्नुभएको थियो । २०३३ साल लमजुङमा जन्मनु भएको गजलकार दीपक पोखरा लेखनाथमा बसोबास गर्नुहुन्छ । उहाँको पहिलो पुस्तक “भूगोलभित्र नकोरिएको देश” प्रकाशन भएको छ । यस्तै, उहाँले उत्कृष्ट लघु कथाकार पुरस्कार, गजल साधना सम्मान, श्रेष्ठ साहित्य पुरस्कार, गजल प्रतिभा पुरस्कार लगायत थुप्रै पुरस्कार प्राप्त गरिसक्नु भएको छ । कोशी कम्पनी पोखराको म्यानेजर समेत रहनु भएको उहाँले गजल मञ्ञ्च मकवानपुरले आयोजना गरेको एकल गजल बाचन कार्यक्रममा २४ वटा गजल बाचन गर्नुभएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार ईश्वर कँडेल, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिमल्सिना, साहित्यकार तिलसी घिमिरे लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रममा अतिथिहरुले गजलकार दीपकको प्रशंसा गरेका थिए । प्रेम भन्दा पर रहेर समाजको बास्तविक चित्रण दीपकको गजलमा पाईने उनीहरुले बताए । अतिथिहरुले दीपकको गजलमा समाजलाई सन्देश दिने भाव भेटिएको बताएका छन् । कार्यक्रममा गजलकार दीपक समीपको व्यक्तित्वको बारेमा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले जानकारी दिनुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष सिएम रिमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     23
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970679 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top