+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल



अन्तर्वार्ता   153 पटक पढिएको   सुरेश श्रेष्ठ÷अमृत चिमरिया   २०७४ पौष ०५ बुधवार  

मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनले उत्साहजनक जनमत पाएको छ । मकवानपुर जिल्ला वामपन्थीको “लालकिल्ला” मानिन्छ । मकवानपुरमा प्रदेश सभाको एक सिट बाहेक अन्य सबै सिट वाम गठबन्धनले जीत हात पा¥यो । मकवानपुरमा वाम गठबन्धनको चुनावी अभियानका नेतृत्वकर्ता तथा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलसँग चुनावी परिणाम, वाम एकता र आगामी कार्यकालको बारेमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठ र संवाददाता अमृत चिमरियाले गरेको कुराकानीः

समाजः स्थानीय तह र प्रदेश सभा तथा प्रतिनिधि सभामा एमाले तथा वाम गठवन्धनको पक्षमा आएको जनमतलाई कसरी समीक्षा गर्नुभएको छ ?

सिग्देलः स्थानीय तहको परिणाम हाम्रो पार्टीको संगठन बलियो र उम्मेद्वारहरु नै सामाजिक रुपमा सशक्त भएको कारण जनमत हाम्रो  पक्षमा आएको देखिन्छ । अर्को कुरा के प्रष्ट हुन्छ भने सामाजिक रुपमा राम्रो छवि भएको नेता कार्यकर्ता पार्टीमा भए जनमत पक्षमा आउँछ । किनभने प्रत्येक वडा वडाबाट उम्मेद्वारहरु रहेका थिए । प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा भने वाम गठबन्धनको वडा अध्यक्षको मतको आधारमा मकवानपुरमा हाम्रा सबै उम्मेद्वारलाई जित्न पर्याप्त थियो । तर, हिजो स्थानीय तहका उम्मेद्वारको कारण पाएको सबै मत अपेक्षित पाउन सकिएन । यद्यपी हामीले जुन उम्मेद्वार उठायौं ती उम्मेद्वाहरुको विषयमा पक्ष विपक्षमा तर्क, वितर्क नभएका भने होइन तर एक स्थान बाहेक अन्य स्थानमा वामपन्थी हावी हुन सक्यौं । एक क्षेत्रमा पनि समयमा नै सबै अन्तरविरोध र विपक्षको आक्रमण चिर्न सकेको भए जित्न सक्थ्यौं ।


समाजः स्थानीय तह र प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको 

परिणामबाट पार्टीले सन्तोष मान्न सक्ने स्थिति छ ?

सिग्देलः सन्तोष त मान्न सकिन्छ तर यो अन्तिम कुरो होइन । पार्टीको कमजोरी र गल्ति सच्याउनु पर्ने छ । तत्कालको लागि हामीले जुन खालको परिणाम पायौं यसबाट सन्तोष लिनु पर्दछ । सबैतिर वाम गठबन्धनले जित्दै गर्दा पनि हामीले एउटा क्षेत्र गुमाउनु प¥यो । जति जे कुरा आए तापनि पार्टी भित्र यसको समीक्षा हुन बाँकी नै रहेको छ । तर जुनसुकै चुनावमा पनि हामीले हार्नु पर्दा बाह्य कारण भन्दा पनि आन्तरिक कारण नै देखिन्छ । विपक्षीहरुले मौन अवधीमा जुन किसिमले हाम्रो उम्मेद्वार माथि आक्रमण तथा उम्मेद्वारको गलत प्रचार भयो यो पनि हारको अर्को काराण 

देखिन्छ ।


समाजः आम चासोको विषय चैं आम निर्वाचनबाट पार्टीका उम्मेद्वार निर्वाचित भए । निर्वाचित भएपछि जनप्रतिनिधिको रुपमा उनीहरुले काम गर्ने भन्ने अभिव्यक्ति दिए । त्यो स्वभाविक पनि हो । तर, पार्टीका घोषणापत्रअनुसार काम हुन सकेको देखिँदैन । घोषणापत्रलाई मुर्त रुप दिनको लागि पार्टीले आफ्नो दलको तर्फबाट निर्वाचितहरुको कसरी निगरानी गर्छ ?

सिग्देलः  हाम्रो घोषणापत्रहरुमा सबै कुरा उल्लेख गरेका छौं । हामीले जनप्रतिनिधिहरुलाई दिने निर्देशन, जनप्रतिनिधि सबैको साझा भएकोले सबैलाई सहयोग गर्ने हुनुपर्दछ । तर उम्मेद्वार हुँदा के घोषणापत्र तयार गरेको त्यो अनुसार जनप्रतिनिधि चल्नु पर्छ । घोषणापत्र भनेको नै सबैको साझा हुन्छ । पार्टीले उम्मेद्वारलाई घोषणापत्रमा लेखेको कुरालाई पुरा गर्न सहयोग पनि गर्नुपर्छ । हामीले पार्टीको तर्फबाट गाउँदेखि नगरसम्म संयन्त्र बनाएका छौं । जसले पार्टीको तर्फबाट जितेका व्यक्तिले पदमा रहेर जनअपेक्षा र घोषणापत्रअनुसार काम गरे नगरेको हेर्छ ।


समाजः यस अगाडिका चुनावमा पनि यस्ता खालका संयन्त्र बनेका थिए त ?

सिग्देलः धेरैपछि यो चुनाव भयो । यसअघि स्थानीय निकायको चुनावमा पनि संयन्त्र थिए तर पार्टी ठुलो भएकोले पार्टीको सिङ्गो वैठक एकैचोटी बस्न सक्दैन तर क्षेत्रीय, तथा अन्य वडागत, साना संयन्त्र बनाएको र लगत्तै चुनाव आएकोले कार्यान्वयनको पाटो अलि फितलो देखिएको हो । अब पार्टीको काम भनेको सदस्यता बाँड्ने मात्र नभएर समृद्धिको लागि आवश्यक काम गर्ने छ ।


समाजः अब प्रतिनिधि सभामा र प्रदेश सभामा निर्वाचित वाम गठबन्धनका उम्मेद्वारहरुको भुमिकाबारे कस्तो मतदाताले अपेक्षा राख्ने ? मकवानपुरमा एमाले अथवा वाम किल्ला भए तापनि कुनै पनि मन्त्री अहिलेसम्म पाएको छैन भन्ने दोष रहेको छ । अब मकवानपुर जिल्लाबाट दावी गर्ने विषयहरु के–के हुन्छ ?

सिग्देलःहामीलाई लाग्ने एउटै आरोप २०४६ सालपछि मकवानपुरमा वामपन्थीहरु हावी छन् । तर हामीले कुनै अवसर प्राप्त गर्न सकेनौं । यो हामीलाई लाग्ने आरोप 

हो । यसमा हाम्रो कमजोरी पनि छ । हाम्रो विजयी उम्मेद्वारहरुले एउटै नारा लिएर हिँडे । फलानोलाई मन्त्री बनाउनु पर्छ भनेर । कहिले लविङ गरेनौं बरु उल्टो खालको लविङहरु पनि भए तर संस्थागत रुपमा अब चाहीँ प्रदेश र प्रतिनिधि सभामा विजयी उम्मेद्वारहरुले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुपर्छ भनेर हामी नेतृत्व तहमा लविङ गर्न चाहन्छौं ।


समाजः  राजनीतिक नियुक्तिको सन्दर्भमा एक समय त मकवानपुर एमालेमा एक किसिमको ट्रेण्ड नै चल्यो, जिल्ला कमिटीको सिफारिस एकजना हुने र नियुक्ति चैं अर्कैले पाउने । वागी उम्मेद्वारहरु हावी भइरहे । त्यसले चैं पार्टीगत कमजोरी पनि रहिरहेको छ की भन्ने देखिन्छ नी ?

सिग्देलः राजनीतिक नियुक्ति र अवसरको लागि त्यस्ता केहि चलखेलहरु पनि नभएका होइनन् । तर, त्यसको परिणाम उल्टो हुन्छ भन्ने देखिसकेको छ । यो खालको कमिकमजोरीहरुको लागि अब हामी केन्द्रमा यो किसिमको छुट पनि दिँदैनौं । अब हामी वाम गठबन्धनको तहमा पनि गइसकेका छौं । अहिले जनताले दिएको मत भनेको पार्टी एकताको लागि दिएको मत हो । यो उल्लास वाम एकताको लागि रहेको भन्ने उम्मेद्वारदेखि धन्यवाद ज्ञापनसम्मको समयमा देखिन्छ । त्यसकारण अब यस्ता गुटगत कुराहरु अब न्युनीकरण हुँदै जानेमा वातावरण बन्छ भन्नेमा ढुक्क छु ।


समाजः  मकवानपुरको सन्दर्भमा हिजोका दिनमा वामहरुको लालकिल्ला भन्दै गर्दा पनि वाम गठबन्धनको मत त्यो ढङ्गले आउन सकेन । जितको अवस्थामा पनि त्यति धेरै मतान्तर देखिएन नी ?

सिग्देलः २०६४ सालको मतपरिणाम अनुसार मकवानपुरमा सबै क्षेत्रमा माओवादीले जितेको र पछि पनि एमाले नै हावी भएको हो । मकवानपुरमा राम्रो स्थिति बनाएको 

राप्रपाले पनि गएको स्थानीय तहको चुनावमा एउटा वडा सदस्य मात्रै जीतेको छ । पछिल्लो समय ध्रुवीकरण बढ्दै गएकोले राप्रपाको भोट घट्दै गएर काँग्रेसमा मत बढि भएको देखिन्छ भने मकवानपुरमा पछिल्लो समय माओवादी पनि साँघुरो हुँदै गएको थियो । तर मतको हिसाबले मकवानपुरमा वाम गठवन्धनको मत घटेको छैन ।


समाजः वाम गठबन्धनमा नै रहेर मकवानपुरमा निर्वाचन लक्षित हुँदा तपाईको अनुभव कस्तो रह्यो ? जिल्ला तहमा एकताको हिसाबले कसरी अगाडि बढ्न सकिन्छ ?

सिग्देलःम निर्वाचन परिचालन कमिटिको संयोजक भइरहँदा वाम गठबन्धनका साथीहरुमा निकै उत्साह देखेकी छु । झनै माओवादीका साथीहरु धेरै नै उत्साहसाथ चुनावी अभियानमा हिँड्नुभयो । हिजोको दिनमा केहि तिक्तता देखिए तापनि काहीँ कतै पनि त्यस्तो कुनै पनि समस्या देख्नुपरेन । केहि आशंका हुनु स्वभाविक नै हो । तर सबैमा एकदमै उत्साहले वाम गठबन्धनले नै भएको हो । भोली कतै नेतृत्व पक्षले पार्टी एकताको बारेमा गलत निर्णय ग¥यो भने तल्लो तहसम्म ठुलो दुर्घटना हुन सक्छ ।


समाजः माओवादी र एमाले मकवानपुरले निर्वाचनको संयुक्त समिक्षा ग¥यो की छुट्टा छुट्टै ?

सिग्देलः हाम्रो समिक्षा वैठक नै भएको छैन । चुनावी अभियान सकेर उम्मेद्वारहरु धन्यवाद ज्ञापनमा लाग्नुभएकोले समय मिलेको छैन । अब सचिवालयस्तरको संयुक्त वैठक बसेपछि गर्ने छौ ।


समाजः तपाईहरुको वाम एकता केन्द्रदेखि नै उत्साहजनक रुपमा आइरहेको देखिन्छ । एकतामा केन्द्रको निर्देशन आउन साथ अभ्यासमा आउन सक्छौं ? तपाईहरुलाई ढाँचा चाहिन्छ वा केही अन्य आधार छन् ?

सिग्देलःकेन्द्रले जिल्ला जिल्लामा आफु आफुले नै मिलाउने भन्यो बने अत्यन्तै जटिल हुन्छ । कसरी एकता गर्ने भन्ने कुरा केन्द्रबाट जसरी नीति बन्छ त्यसरी नै अगाडि बढ्नु पर्ने हुन्छ । हिजो उम्मेद्वार छनौट गर्ने क्रममा केन्द्रको निर्णय नहुँदा केही रस्सा–कस्सी देखिएको थियो नि । पार्टी संगठन मिलाउने कुरामा केन्द्रले नै एउटा नीति तय गर्नुपर्दछ गर्छ पनि । केन्द्रले जे नीति तय गर्छ त्यही नीति हुबहु लागु गर्ने हो । त्यसको लागि प्रत्येक वाम नेता कार्यकर्ता प्रतिवद्ध छन् चाहे त्यो पद घटुवा होस या बढुवा ।


समाजः  संघीयतालाई सफल बनाउनको लागि तपाईको पार्टीको कस्तो भुमिका रहन्छ ?

सिग्देलःजनताले अनुभूति गर्न पाउने गरी हामी अगाडि बढेका छौं, बढ्छौं । जनअपेक्षा अनुसार जनतालाई सेवा दिनका लागि हाम्रो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरु लागि परको छन् । त्यो गराउनको लागि पार्टीका भुमिकाको लागि पार्टीले वजेट निर्माण, कर्मचारी परिचालन, प्रशासनिक कार्यहरुमा पार्टीले 

सहजीकरण गरिरहेको छ । सबैलाई नयाँ अनुभव भएकोले सकेसम्म विज्ञताको हिसाबले पार्टीले गर्नु पर्ने सबै सहजीकरण गरिरहेको छ ।


समाजः तपाई समानुपातिकबाट प्रदेश सभाको सदस्यमा लगभग पक्का 

हुनुहुन्छ । अब तपाई पार्टीको व्यवस्थापनमा लाग्नुहुन्छ की थप नयाँ 

जिम्मेवारीको लागि इच्छुक हुनुहून्छ ?

सिग्देलःपार्टीले एउटा रणनीति त बनाउला नै दोहोरो जिम्मेवारीको विषयमा । जहाँ सम्म जिम्मेवारीको कुरा छ पार्टीले जुन तहको जिम्मेवारी छ त्यहि तहको 

जिम्मेवारी निर्वाह गर्न तयार छु । पार्टीले दिएका कुनै पनि जिम्मेवारीबाट पछि हट्ने मेरो स्वभाव छैन । तर हाम्फालेर दाम्लै चुँडालेर चैं जाँदिन ।


समाजः तपाई पार्टी नेतृत्वमा आउँदै गर्दा पुरुषको तुलनमा कमजोर हुन्छ भन्ने आरोप लाग्ने गरेको थियो । तर तपाईको कार्यकालमा सबै खाले चुनाव भए यसमा वाम गठबन्धनको चुनावी नेतृत्वकर्ताको भुमिका समेत सम्हाल्नुभयो । तपाईले आफ्नै नेतृत्वलाई कसरी मुल्याङ्कन गर्नुभएको छ ।

सिग्देलः सुरु सुरुमा धेरै तिता अनुभव पनि गर्न नपरेको होइन, तर त्यसका वावजुद पनि अगाडि बढँे । पछिल्लो समयमा सबैको साथ पाएँ, हाम्रो पार्टीका सबैले राम्रो साथ दिए । आफुलाई सन्तोषजनक स्थितीमा उभ्याउन सकेँँ भने जस्तो लागेको छ । 


समाजः तपाई मेयरको समेत आंकाक्ष्ँी हुनु भयो तर पार्टीमै तपाई पराजित हुनु भयो । त्यो स्थितिपछि यो अवस्थालाई कसरी मुल्याङ्कन गर्नुभएको छ ?

सिग्देलःमेरो मेयर पदको उम्मेद्वारीलाई पार्टीमै मेरो लागि भएको एउटा दुर्घटना सम्झेको छु । मैले महिलाहरुले पनि स्थान पाएको खण्डमा केहि गर्न सक्छन् भन्ने देखाउन चाहेको थिएँँँ । तर अझै पनि हाम्रो समाज यत्ति धेरै पुरुषप्रधान रहेछ भन्ने त्यस दिनदेखि थाहा पाएँ । मलाई महिला भएकै कारण राप्रपाका एकजना सम्भावित उम्मेद्वारलाई देखाएर मेयर पदको लागि वञ्चित गरियो । तर मैले यसलाई लोकतान्त्रिक प्रक्रियाको रुपमा लिएँँ ।


समाजः सबै स्थानको राजनीतिमा परिवारवाद तथा नातावादको कुरा जोडिएको हुन्छ, तपाई र विरोध खतिवडा (मकवानपुर २ नम्बर प्रतिनिधि समा सदस्य) श्रीमान्–श्रीमती नै सांसद हुनुपर्ने भन्ने आलोचना सुनिन्छ नी ?

सिग्देलः मेरो परिवारिक पृष्ठभूमिमा नै राजनीति रहेको छ । मैले श्रीमान्को कारणले सांसदको समानुपातिक सूचिमा नाम अटाउन पाएको होइन । म कक्षा ६ पढ्दादेखि 

राजनीतिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागिता जनाएकी हँु । नेताहरुको सन्देश भएको चिठि सेल्टरहरुमा स्कुले जीवन देखि नै पु¥याएको हुँ । प्रत्येक इकाई कमिटिमा सदस्य हुँँदै दुई पटक अनेरास्ववियुको जिल्ला अध्यक्ष समेत भएर चलाएँ । पञ्चायतकालमा सुरक्षाको अति संवेदनशील अवस्थामा समेत राजनीतिमा सक्रिय सहभागिता जनाएको छु । २०४६ सालको जनआन्दोलन लगायतको आन्दोलनमा पटक–पटक जेल परें । सबै जेल सजायलाई जोडने हो भने मलाई ८५ वर्ष जेल सजाय तत्कालिन सरकारले सुनाएको थियो । यसरी राजनीतिक रुपमा आएको मान्छेलाई परिवारवादमा जोड्नु उचित हो र ?


समाजः तपाईलाई कसरी ८५ वर्षको जेल सजाय भयो ? के के मुद्दाले यत्रो सजाय पुगेको थियो ?

सिग्देलः जनआन्दोलनको अग्रपंक्तिमा रहेर आन्दोलनमा सहभागी भइरहँदा प्रहरीसँग झगडा पनि गरियो, तत्कालिन पञ्चायत सरकारले धेरै नै मुद्दाहरु लगाएका थिए । प्रहरीको बन्दुक खोसेका थियौं त्यसमा पनि, राज्य द्रोहको मुद्दा, मान्छे मारेको मुद्दा लगायतको मुद्दाहरु तत्कालिन सरकारले लगाएर भीमफेदी जेल चलान गरेको थियो । २ महिना पछि रिहा हुन सक्यौं ।


समाजः  तपाईको श्रीमान् (विरोध खतिवडा) सँग कसरी यो संयोग जस्तो हुनपुग्यो ?

सिग्देलः उहाँ (विरोध खतिवडा) मकवानपुर जिल्लाको २०३६ सालदेखिको नेता 

हुनुहुन्थ्यो । मेरो बुबा पनि पार्टीको नेताको रुपमा स्थापित र उहाँँको बुबा बद्रिप्रसाद खतिवडा पनि पार्टीका नेता, पार्टीका राजनीतिक कारणले हाम्रो पारिवारिक सम्बन्ध पनि अगाडिदेखि नै रहेको थियो । हाम्रो घर एउटा सुरक्षित सेल्टरको रुपमा रहेकोले सबै नेताको आवत जावत राम्रै हुन्थ्यो । विरोध खतिवडा अखिलको केन्द्रीय सदस्य हुुनुहुन्थ्यो । उहाँलाई पार्टीको एक आदर्श नेताको रुपमा लिएकी थिएँ । विहे होला भनेर त सोचेको पनि थिईन । २०४६ सालको आन्दोलन पश्चात महिलाहरु म र सिता भुजेल जेलबाट छुटेका थियौं । तत्कालिन पार्टीका सचिव सुरेश शर्मा र नेता डोरमणि पौडेलले विरोध र मुनुको विहे गर्दिनु प¥यो भनेर घरमा प्रस्ताव लिएर जानुभयो । त्यतिबेला पार्टीको निर्णयलाई घरबाट सहजै पास हुन्थ्यो । यसरी हाम्रो विहे भयो ।






सम्बन्धित शिर्षक समाचारहरु
महिलाहरुलाई सक्षम बनाउन मिसेज मकवानपुर
‘सामाजिक अभियानमै सक्रिय रहने मन छ’
‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
बेचबिखन रोक्न जनचेतना आवश्यक
‘फुटबल पतनको बाटोतर्फ’
जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
खेलाडीलाई अवसर सिर्जना गर्छु
‘निरन्तरता नै सफलता हो’



  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top