+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
विचार

दुव्र्यसन रोग सम्बन्धी जानकारी



विचार   63 पटक पढिएको   राजीव श्रेष्ठ     

हाम्रो जीवन भनेको एउटा अवसर हो, जीवन पाएपछि मात्र धेरै अवसरहरु हामीले प्राप्त गर्न सक्छौ । जीवन नै छैन भने अवसरको त सम्भव नै छैन । त्यसैले हामीले धेरै कठिनाइहरु व्यहोर्दै यस्तो अमुल्य मानव जीवन पाएका छौ । यो सुनौलो अवसरलाई नबुझेर, थाहा नपाएर, भनेको नमानेर र गलत साथी संगतको लहलहैमा लागेर होस् वा आफ्नै घरायसी वातावरणले हामीले हाम्रो अमूल्य जीवनलाई नशातिर धकेलिरहेका हुन्छौ । जुन अत्यन्त कठिन अवस्थामा हामी पुगी सकेका हुन्छौ त्यतिबेला चाहेर पनि नशाबाट टाढा हुन सक्दैनौं । हाम्रो जीवन भन्दा नशा नै प्यारो भइसकेको हुन्छ र हामी जीवन र मृत्युको बिचमा अड्किरहेका हुन्छौ न चाहेर मर्न नै सक्छौ न बाँच्न नै । हाम्रो शरीर नै नशामा परिणत भइसकेको अवस्थाले गर्दा चाहेर पनि हामी नशाबाट टाढा हुन सक्दनौै । बाँच्नको लागि पनि नशा नै चाहिने अवस्थामा हुन्छौ र उपचारका लागि पूर्नस्थापना केन्द्र बाहेक केही विकल्प हुँदैन । त्यसैले यो पवित्र पूर्नस्थापना केन्द्रप्रति सबैको आस्था र विश्वास रहोस् । यसको सहयोगले नै हामी नशाबाट टाढा रहन सक्छौं ।

एउटा दुव्र्यसनीको लागि पूर्नस्थापना केन्द्र नै नयाँ जीवनको सुरुवात हो । त्यसैले हामी सबैले बुझ्नुपर्छ कि जीवन एउटा अवसर हो नशा होइन । दुव्र्यसनीले कहिले पनि आफुलाई दुव्र्यसनी सोच्दैन ऊ नशामा डुबेर कल्पनाको संसारमा रमाई रहेको हुन्छ । पूर्नस्थापना केन्द्रको उपचार पाएपछि उसैले म दुव्र्यसनी हो र मेरो दुव्र्यसनले म लगायत सम्पूर्ण घरपरिवार, गाउँ समाजमा हानी पुगेको छ÷थियो भन्ने कुरा स्विकार्न थाल्दछ । पूर्नस्थापना केन्द्रमा सर्वप्रथम उसको बानी व्यहोरामा सुधार गरिन्छ अनि शरिरिक, मानसिक र बौद्धिक विकास गराइन्छ । दुव्र्यसनले निम्त्याउने घटनाबारे सचेत गराइन्छ । एउटा दुव्र्यसनीले अर्को दुव्र्यसनीको भावना बुझ्ने हुनाले पूर्नस्थापना केन्द्रमा रहेर आफूलाई परिवर्तन गरिसकेको दुव्र्यसनीहरुबाट नै उपचार गराइने हुदाँ दुव्र्यसनीको भावना खोतालेर उसलाई कुन पद्धतिको उपचारको खाँचो छ त्यसलाई बुझेर उपचार गराइन्छ । त्यसैले गर्दा दुव्र्यसनीलाई दुव्र्यसनबाट अलग राख्न पुर्नस्थापना केन्द्र निकै आवश्यक छ । 

दुव्र्यसनीको उपचारको निम्ति घरपरिवार, समाज र सम्पूर्ण राष्ट्र अझै पनि भ्रममा छ । यसको उपचारको निम्ति उपचार कहाँ र कसरी गरिन्छ भन्ने बारेमा जान्न अति नै जरुरी छ । बानी व्यहोरा खस्कदै गएर निक्लने परिणाम नै दुव्र्यसनी बन्नु हो । यो रोगले अकालमै ज्यान गुमाउनु देखि लिएर अपाङ्गता, रोगी र घरपरिवार मा बोझ बनाउने गर्दछ । यस्ता खालका भावनाका रोगीहरुलाई सजाय भन्दा पनि उनीहरुको बानी व्यहोरा परिवर्तन गरि समाज, घरपरिवार बिचमा पुर्नस्थापित गर्ने कार्य पुर्नस्थापना केन्द्रले गराउँछ ।। 

राजीव श्रेष्ठ

समर्पण पुनःस्थापना केन्द्र (उपाध्यक्ष)

   






सम्बन्धित शिर्षक समाचारहरु
स्थानीय सरकार कि मधेशको मौजा ?
‘नो पार्किङ’ को विवाद
सामुदायिक विद्यालयमा ‘हामी सक्छौं’ अभियान
सहकारीमा चुनाव उठौं कि ?
थाइराईड बारे सचेतना आवश्यक
सामुदायिक विद्यालयप्रति समुदायको बढ्दो चासो
सामुदायिक विद्यालय सुधारमा मेयरको कदम र चुनौती
चन्द्रपुर सार्वजनिक शौचालय विहिन
‘युरोपियन युनियनको नेपालमाथि गैरकानुनी हस्तक्षेप’
कमजोर नेपाल पत्रकार महासंघ



  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top