: +०५७-५२६८३०, ९८५५०-६८२२७

अन्तर्वार्ता


‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’

अन्तर्वार्ता 397 पटक पढिएको सुरेश श्रेष्ठ/अमृत चिमरिया


‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा विवेकशील पार्टीकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाको उम्मेदवारी र उनीहरुले पाएको मतका आधारमा यी दुई पार्टी नेपालको राजनीतिमा नयाँ राजनीतिक शक्ति बन्ने हुन् कि भन्ने अनुमान गरिन थालेको छ । स्थानीय तहको निर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो जनमत पाए पनि विजयी भने हुन सकेन । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा विवेकशील र साझा पार्टी एक भएर विवेकशील साझा पार्टी बनेको छ । २२ वर्षीया रञ्जु दर्शना अहिले विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्य हुनुहुन्छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रचारका क्रममा मंगलबार हेटौंडा आउनुभएकी रञ्जु न्यौपाने अर्थात रञ्जु दर्शनासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र संवाददाता अमृत चिमरियाले गरेको कुराकानीः

समाजः तपाईंहरु विवेकशील साझाको अरुभन्दा फरक र जनताले पत्याउनु पर्ने एजेण्डा चैं के हो ?

दर्शनाः हाम्रो एजेण्डा बकम्फुसे छैनन् । भ्रष्ट्राचार विरोधी मुद्दा नै हाम्रो प्रमुख मुद्दा हो । यसका लागि हामी आफैं पारदर्शी छौं ।

समाजः के आधारमा ?

दर्शनाः हामीले चुनावको खर्चको लागि उठाइरहेको आर्थिक स्रोतमा पनि हाम्रो पारदर्शिता रहेको छ । हामी कुनै व्यवसायीहरुसँग होइन आम जनतासँग बाकस थापेर चन्दा संकलन गरी पुर्ण पारदर्शी ढंगले काम गछौं । हाम्रो मुख्य कुरा व्यवसायीतर्फ नढल्कने भ्रष्ट्राचार शुन्य राजनीति हो ।

समाजः स्थानीय तहमा पनि तपाई आम जनता समक्ष पुग्नु भयो । आम जनताको गुनासो चैं के देख्नुभयो ?

दर्शनाः आम सर्वसाधारणलाई ठुला ठुला सिद्धान्त र वाद चाहिएको नै छैन । जनतालाई घरमा पानी, ढल निकास, विजुली कै पीर छ । जनताहरुमा चुनाव आएपछि नेता बन्ने कुरा मात्रै हो भन्ने जस्तो भइसकेको छ । यो बुझाउने कार्य निर्वाचन कार्यालयको पनि हो ।

समाजः तपाईको पार्टीले प्रदेश र प्रतिनिधि सभाको चुनावमा दावी गर्न मिल्ने वा तपाईँहरुले जित्न सक्ने आंकलन गर्नुभएको छ ?

दर्शनाः ठ्याकै अंकमा भन्न चाहिन । तर, राष्ट्रिय पार्टीको लागि चाहिने भोट आउँछ ।

समाजः तपाईले मकवानपुरका जनताहरुलाई शेयर गर्ने मुख्य कुरा के हो ?

दर्शनाः यो भन्दा अगाडि जितेर जानेले के गरे ? कुन अनुहार तपाईहरु समक्ष भोट माग्न आउँदै छ विगतमा फर्केर हेर्न अनुरोध गर्दछु । र मकवानपुरलाई विकास ग¥यो या गरेन त्यो हेर्न भन्छु । हाम्रा उम्मेद्वारको पृष्ठभूमि हेर्नुस् । हाम्रा उम्मेद्वार राजनीतिलाई पेशा बनाउनु आएका हैनन् ।

समाजः राजनीति गर्ने चैं किन ?

दर्शनाः राजनीति खुसी बाँड्न गर्ने हो । खुसी बाँड्न साना साना कुराहरुमा पनि सम्हाल्न सक्नुपर्ने हुन्छ ।

समाजः अलि अमुर्त भएन र ? के–के आधारमा खुसी बाँड्न सक्नुहुनेछ ? ठोस कुरा आएन नी ?

दर्शनाः पाँच वर्षमा सिंगापुर वा सिड्नी जस्तो हुन्छ चैं भन्दिन । हाम्रो जुन उम्मेद्वारले जितेर जान्छ सडक निर्माणको प्रत्यक्ष अवलोकन गर्छ र त्यो समयमा सकिनु भनेको नै खुसी बाँड्नु हो । जनतालाई सहजता ल्याउनु भनेको नै खुसी बाँड्नु हो । 





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970648 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top