: +०५७-५२६८३०, ९८५५०-६८२२७

अन्तर्वार्ता


खेलाडीलाई अवसर सिर्जना गर्छु

अन्तर्वार्ता 638 पटक पढिएको अमृत चिमरिया


खेलाडीलाई अवसर सिर्जना गर्छु
मकवानपुर जिल्ला क्रिकेट खेलमा औसत अवस्थामा छ । क्रिकेट खेलमा व्यावसायिक खेलाडीको संख्या र प्रतियोगिता नगन्य जस्तै छ । राष्ट्रिय तहमै क्रिकेट संघको विवाद र व्यवस्थित योजनाको अभावमा क्रिकेट खेलको लोकप्रियता अनुसार विकास र विस्तार हुन सकेको छैन । क्रिकेट खेलको लोकप्रियताअनुसार खेल पूर्वाधार पनि छैन । यस्तो सन्दर्भमा हालै मकवानपुर क्रिकेट संघको छैठौं साधारणसभाले संजोग पोखरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन भएको सन्दर्भमा समृद्ध समाज दैनिकका संवाददाता अमृत चिमरियाले गरेको कुराकानीः

समाजः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभयो । के कस्ता आधारमा साधारण सदस्यले तपाईलाई सर्वसम्मत अध्यक्ष चयन गर्यो ? 

पोखरेलः मेरो पृष्ठभूमि नै क्रिकेटमा जोडिएको छ । मकवानपुर जिल्लाको क्रिकेटमा कप्तानी समालेको छु । आजसम्म सधैं क्रिकेटको हितको लागि फिल्डमा खटेको छु  । क्रिकेट खेलको लागि ग्राउण्ड लेभलमा खटेको मान्छे हुँ र विगतमा क्रिकेट संघको सह–सचिव हुँदा मैले गरेको कामको आधारमा साथीहरुले मलाई साथ दिनुभएको हो ।                                                         


समाजः संघमा नेतृत्व गर्ने अवसर पाउनुभएको छ । तपाईका प्रमुख योजनाहरु के के छन् ?

पोखरेलः मकवानपुर जिल्लामा क्रिकेट खेल खेल्न चाहेर वा सिकेर पनि धेरैले आफ्नो सीप देखाउन पाएका छैनन् । मैले अब मकवानपुर जिल्लाको क्रिकेट खेलप्रेमीका लागि मकवानपुर प्रिमियर लिग (एमपीएल) आयोजना गर्ने सोचेको छु । हामीसँग राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सक्ने पीच भए तापनि खेल नहुँदा त्यसको महत्व घट्न सक्छ । त्यसकारण सकेसम्म राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने योजना बनाएको छु । राष्ट्रिय खेलाडी बाहुल्यता भएका टिमहरुको प्रतियोगिता भएपछि क्रिकेटमा झन क्रेज बढ्न सक्छ । त्यस्तै क्रिकेटप्रेमीको उत्साह र क्रेज बढाउन विभिन्न संघ, संस्थासँग समन्वय गरेर स्कुलस्तरीय, क्याम्पसस्तरीय क्रिकेट प्रतियोगिताहरु खेलाउने योजना रहेको छ । खेल्न चाहने तथा सीप भएका खेलाडीहरु अवसरबाट वञ्चित हुन पाउँदैनन् । ठुलो योजना भनौं या प्रतिवद्धता भनौं यहि नै हो र राष्ट्रियस्तरका खेलाडी तयार पार्न आवश्यक कदम अगाडि सारिनेछ ।  


समाजः यसअघिका नेतृत्वको कमि–कमजोरीलाई कसरी हेर्नु भएको छ ? 

पोखरेलः समग्रमा यस अघिका नेतृत्व मकवानपुर क्रिकेट संघको इतिहासमा राम्रो कार्यकाल मध्ये एक हो । तर यस अघिका नेतृत्वमा केही पदाधिकारीहरुको बाहेक अन्य पदाधिकारी जागरुक र सक्रिय नभएको देखिन्थ्योे । सबैले क्रिकेटमा चासो नराख्दा अलिकति भने सक्रिय हुन नसकेको हो । तर अहिलेको पदाधिकारी सबै खेलाडी तथा खेलप्रेमी भएकोले एउटा सक्षम काम गर्ने टिम मकवानपुर क्रिकेट संघले पाएको छ । अब हामी मकवानपुरको क्रिकेटमा केही नयाँ आयाम दिनेछौं ।   


समाजः क्रिकेट एकेडेमी पनि सञ्चालन भइरहेको छ । तपाईको कार्यकालमा एकेडेमीलाई अझ व्यवस्थित र व्यावसायिक खेलाडी उत्पादन गर्न के गर्नुहुन्छ ?

पोखरेलः हाम्रो मकवानपुर क्रिकेट एकेडेमी काठमाडौं बाहिरको पहिलो र देशकै दोस्रो क्रिकेट एकेडेमी हो । हाम्रो क्रिकेट एकेडेमीमा आवद्ध खेलाडीलाई हामीले राम्रो सिक्ने ठाउँ नयाँ पीच रहेको छ । खेलाडीहरुलाई सानादेखि ठुला प्रतियोगितामा सहभागी गराएर नै खेलाडीको मनोबल तथा अनुभवलाई बढाउन सकिन्छ अनि मात्रै खेलाडी तिखारिदै जानेछन् । त्यस्तै अब हाम्रो क्रिकेट एकेडेमीमा खेलाडीको लागि अभ्यास गर्दा तथा सिक्दा चाहिने बलिङ मेसिन, कार्पेट जस्ता सबै सामाग्रीहरु ल्याउने तयारी रहेको छ । मैले सोचे अनुसार खेलको गतिविधि अगाडि बढाउन सके ३ देखि ४ वटा राष्ट्रिय क्रिकेट खेलाडी मकवानपुरले सजिलै उत्पादन गर्न सक्छ । व्यावसायिक खेलाडी बढाउनको लागि अघि भने जस्तै लिग तथा अन्य क्रिकेट प्रतियोगिताहरु आयोजना गरिने, विभिन्न संघ संस्थाको आयोजनामा प्रतियोगिता भइरहेको खण्डमा व्यवस्थित र व्यावसायिक खेलाडी उत्पादन हुने थिए । त्यस्तै खेलाडी तयार पार्नका लागि सामाग्री तयार पारेर मात्रै हुँदैन । जसको लागि कोचको आवश्यकता रहन्छ । मकवानवपुर जिल्लामा क्रिकेट कोचको राम्रो व्यवस्था छै्न । जसका कारण  हाम्रो एकेडेमीले कोचको तालिमको लागि पहल गर्ने भएको छ ।  


समाजः क्रिकेट प्रतियोगिताहरु नै नगन्य मात्रै भइरहेका छन् । उल्लेख्य र गुणस्तरीय प्रतियोगिताका लागि संघले आगामी दिनमा के गर्न सक्छ ?

पोखरेलः मुख्य कुरो खेलाडीलाई सक्षम बनाउनका लागि क्रिकेट प्रतियोगिता भइरहनु पर्दछ । खेलाडीलाई तिखार्नका लागि छिमेकी जिल्लाहरुका पनि मैत्रीपुर्ण खेलहरु खेल्ने, खेलाडीको लागि आवश्यक सामग्री, स्रोत साधनसहित तालिम दिन सके, खेलाडीलाई खेल नै नभएर सिकेका सीप पोख्न एक किसिमको झोंक नै चलेको छ । यस्तो अवस्थामा हामीले प्रतियोगिताको आयोजना गर्न सकेमा राम्रो हुने थियो । 





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970632 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top