+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अन्तर्वार्ता

‘निरन्तरता नै सफलता हो’



अन्तर्वार्ता   9330 पटक पढिएको   अमृत चिमरिया     

नेपाल आइडलको ‘टप सिक्स’ सुरज थापाको क्रेज बढ्दो छ । विकट जिल्ला दैलेखमा २०४३ सालमा बुवा मानबहादुर थापा र आमा दिलमाया थापाबाट जन्मेका सुरज थापा नेपाल आइडलमा आउनुभन्दा पहिले थुप्रै संघर्ष गरेका छन् । आफू भारतीय सेनाको लाहुरे भएकाले सुरजका बुवाको चाहना छोरो पनि लाहुरे बनोस् भन्ने नै थियो । थोरै समयमा नै धेरै चर्चा कमाउन सफल सुरज थापाको समय अत्यन्तै व्यस्त हुँदै गएको छ । शनिबार ‘राष्ट्रिय सांगितक यात्रा कार्यक्रम’ हेटौंडामा भएको थियो । त्यसै अवसरमा समृद्ध समाजका संवाददाता अमृत चिमरियाले गरेको थापा सँग गरेको कुराकानीः

समाजः नेपाल आइडले दिएको प्लेटफर्मले तपाईलाई लोकप्रिय बनाएको छ । नेपाल आइडल बाहिर आएर गरिरहनुभएको आफ्नो प्रस्तुती बारे के भन्नु हुन्छ ?

थापाः १४ वर्ष देखि संगित क्षेत्रमा उपस्थितीको लागि संघर्षरत थिएँ, तर गुमनाम । नेपाल आइडलले मेरो संघर्षलाई गन्तव्य दियो, सपना साकार बनाईदियो त्यसकारण म विभिन्न स्टेजमा उभिन सकेको छु । दर्शकको माया पाएको छु । संगित प्रेमीहरुको विचमा जहाँ गीत गाएपनि खुसी नै हुन्छु ।

समाजः नेपाल आइडल जित्नु नभए तापनि तपाईको क्रेज देशमा मात्र नभएर विदेशमा समेत बढ्दो छ । नेपाल आइडल नजित्दा पनि यस्तो क्रेज बढ्नु प्रति के भन्नु हुन्छ ?

थापाः म जुन स्थानमा आइपुगेको छु यो स्थानमा आउनुपूर्व धेरै नराम्रा दिनहरु पनि सहनु परेको थियो । मैले संगीत क्षेत्रमा निकै लगावका साथ निरन्तर मिहेनत गरिरहें । आफुलाई स्थापित गर्न खोज्दा धेरै दुख पाएँ । जब मैले अवसर पाएँ आफुसँग भएको गला तिखार्दै मेरो निरन्तरता र धैर्यतालाई पोख्दा संगीतमा स्थापित हुन गाह्रो नपरेको हो । र नेपाल आइडल जित्नु नै ठुलो होइन आफ्नो क्षेत्रमा टिकिरहनु नै ठुलो हो । जसका कारण म निरन्तर लागिरहेको छु, सायद यसैले दर्शकको माया पाएको होला । 

समाजः तपाईले भने जसरी तपाई संगीत क्षेत्रमा उपस्थिती हुनका लागि निकै कष्ट गर्नु प¥यो अब स्थापित भइसक्दा वा हुँदै गर्दा संगीत क्षेत्रलाई कसरी अंगाल्नु हुन्छ ?

थापाः मेरो सानै देखिको सपना नै एउटा गायक बन्ने थियो । सपना यति गाढा थियो कि भन्छन् नि ‘पथ्थर की लकिर’ त्यस्तै थियो । घर परिवारको सपोर्ट थिएन, बुबाको सपना इन्डियन आर्मी बनाउने थियो । परिवारका सपना लत्याएर संगीत क्षेत्रमा लागें सुरुवातका दिनहरुमा मलाई धेरै कठिन भयो तर गायक बनेर संसारलाई देखाउने सपनाले मलाई यहाँ सम्म पु¥यायो अब यहि क्षेत्रलाई निरन्तरता दिनेछु । सबै कुरालाई निरन्तरता दिँदा नै सबैभन्दा ठुलो सफलता हो जस्तो लाग्छ । अबको जीवन संगितलाई नै समपर्ण गर्छु । संगितमा स्थापित गायक बन्न चाहन्छु, सोचे जति सफल भए भने म्युजिक क्षेत्रमा केही गर्ने सोचेको छु ।

समाजः आफुसँग प्रतिभा भएतापनि धेरै संगीतका पारखीहरुले अवसर नपाएका हुन सक्छन् । संगीतप्रेमी जो आफू संग प्रतिभा भएपनि विभिन्न कारणले देखाउन सकेका हुँदैनन् उनीहरुको लागि के भन्नु हुन्छ ?

थापाः संगीत प्रेमीहरुले पहिले त आफु भित्रको क्षमता पत्ता लगाउन सक्नुपर्दछ । जुन काममा इच्छा छ त्यो काममा निरन्तर लाग्नुस् आफुले सोचेको कुरा पुरा गर्न एउटा सपना बनाएर निरन्तर लाग्नुस् । कसैको लहैलहैमा भन्दा पनि आफुसँग भएको प्रतिभालाई तिखारेर निरन्तरता दिँदा सफल अवश्य भइन्छ । सानातिना समस्यासँग लड्दै अगाडी बढ्न सक्नुपर्दछ । 






सम्बन्धित शिर्षक समाचारहरु
महिलाहरुलाई सक्षम बनाउन मिसेज मकवानपुर
‘सामाजिक अभियानमै सक्रिय रहने मन छ’
‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’
शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ
बेचबिखन रोक्न जनचेतना आवश्यक
‘फुटबल पतनको बाटोतर्फ’
जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
खेलाडीलाई अवसर सिर्जना गर्छु
‘निरन्तरता नै सफलता हो’



  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top