+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
मनोरञ्जन

विपुल क्षेत्रीले हेटौंडामा गाउने



मनोरञ्जन   7 पटक पढिएको        
हेटौंडा, ७ जेष्ठः अन्तर्राष्ट्रिय गायक विपुल क्षेत्रीले हेटौंडामा गाउने भएको छ । नेपाली मूलका भारतीय गायक विपुल क्षेत्रीले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका छन् । विपुल क्षेत्री पहिलो पटक हेटौंडा आउन लागेका हुन् ।



फेसन इभेन्ट म्यानेजमेन्ट (फेम) नेपाल प्रालिले यहि जेष्ठ २६ गते हेटौंडाको टिसिएन चौरमा बिपुल क्षेत्रीको लाइभ कन्सर्ट गर्न लागेको हो । कार्यक्रमको बारेमा आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको छ । कार्यक्रमका बारेमा जानकारी दिनका लागि गरिएको पत्रकार सम्मेलनमा फेम नेपालका सदस्य विमल पछाईले कार्यक्रमा करिब ५ हजार दर्शक आउने अपेक्षा गरेको बताउनुभएको छ । करीब १६ देखि १७ लाख लागत अनुमान गरिएको कार्यक्रममा मकवानपुरका स्थानीय व्यान्ड एवम् कला संस्कृति झल्कने कार्यक्रम पनि रहने उहाँले जानकारी दिनुभयो । पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय गायक विपुल क्षेत्रीका रुन त मन लाग्छ, राम साईली, आकाश भरी नांै लाखे तारा, जुन किरी, लगायतका दर्जनौ गीत लोकप्रिय छन् ।

कार्यक्रमका बारेमा जानकारी दिँदै फेम नेपालका विजय अधिकारीले कार्यक्रमको लागि ३ सय, ५ सय र १ हजारको टिकट व्यवस्था गरिएको बताउनुभयो । हेटौंडासँगै देशका अन्य सात सहरमा पनि विपुल क्षेत्रीको सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु

विपुल क्षेत्रीले हेटौंडामा गाउने - 2018-05-21

हेटौंडा, ७ जेष्ठः अन्तर्राष्ट्रिय गायक विपुल क्षेत्रीले हेटौंडामा गाउने भएको छ । नेपाली मूलका भारतीय गायक विपुल क्षेत्रीले अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका छन् । विपुल क्षेत्री पहिलो पटक हेटौंडा आउन लागेका हुन् ।

संगीत प्रशिक्षण सुरु - 2018-05-18

हेटौंडा, ४ जेष्ठः नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित संगीत प्रशिक्षण सुरु भएको छ । मकवानपुर साँस्कृतिक संरक्षण मञ्चको संयोजनमा भएको १५ दिने निशूल्क प्रशिक्षण कार्यक्रमको बिहिबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले उद्घाटन गर्नु भयो ।

मिस नेपाललाई सरकारले नै बुझ्न सकेन - 2018-04-24

हेटौंडा, ११ बैशाखः मिस वल्र्डको ताज पहिरिने विश्वास दिलाउँदै हेटौंडेली चेली मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले सोमबार साँझ हेटौंडामा सञ्चारकर्मीहरुसँग भनिन्, ‘मिस नेपाललाई सरकारले नै बुझ्न सकेको छैन । शारीरिक र वौद्धिक सुन्दरताको प्रतिस्पर्धामा नेपालको नाम लिएर विश्व प्रतिस्पर्धामा जान लाग्दा सरकारले केही गर्दैन । ओलम्पिकमा सहभागी हुने खेलाडीलाई भव्य विदाई गर्ने सरकारले मिस वल्र्डमा सहभागी हुन जाने मिस नेपाललाई के गर्छ ?’

मेचि–महाकाली गट ट्यालेन्ट शोमा १९ छानिए - 2018-03-27

हेटौंडाः मेची–महाकाली गट ट्यालेन्ट रियालिटी शोको हेटौंडा अडिसन सोमबार सकिएको छ । ग्रेड वान मिडिया ग्रुपद्वारा आयोजित रियालिटी शोमा हेटौंडाबाट १९ जना सहभागीले अघिल्लो चरणका लागि मौका पाएका छन् । सोमबार हेटौंडामा भएको अडिसनमा मकवानपुर, चितवन, कटारी, झापा र रौतहटका गरी १ सय २८ जनाको सहभागिता रहेको थियो ।

हेटौंडाका खतिवडा मिस नेपाल र कोइराला हेण्डसम हङ्कमा - 2018-03-11

हेटौंडा, २७ फागुनः हेटौंडाका २ जनाले नेपालको चर्चित सौन्दर्य प्रतियोगितामा भाग लिएका छन् । हेटौंडाकी श्रृङ्खला खतिवडा र विमोचन कोइरालाले छुट्टा छुट्टै प्रतियोगितामा भाग लिएका हुन् ।

गाँजाबाजाको टोली हेटौंडामा - 2018-03-05

हेटौंडा, २१ फागुनः नेपाली चलचित्र गाँजाबाजाका टोली प्रचारप्रसारका क्रममा आईतबार हेटौंडा आईपुगेको छ । हेटौंडामा पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएका छन् । चलचित्रका निर्देशक गणेशदेव पाण्डेले भूकम्पपछि युवा पुस्तामा भएको समस्या तथा परिर्वतनलाई आधार बनाई चलचित्र निर्माण गरिएको बताउनुभएको छ ।

मंगलममा पारिवारिक कथा - 2018-02-27

हेटौंडा, १५ फागुनः चलचित्र मंगलम विशुद्ध पारिवारिक कथामा आधारित भएको चलचित्रका निर्देशक नवल नेपालले बताउनु भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै निर्माता छविराज ओझाले चलचित्रले परिपक्व प्रेमको विषय समेटेको बताउनुभयो ।

एकल गायनमा ५ छानिए - 2018-02-02

हेटौंडा, १९ माघः मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) ले आयोजना गरेको एकल गायन प्रतियोगिताको फाइनल अडिसनका लाग ५ जना विद्यार्थी छानिएका छन् । मकवानपुर बहुमुखी क्याम्पसको ३८औं वार्षिकोत्सवको अवसरमा स्ववियूले आयोजना गरेको प्रतियोगितामा सहभागी २८ जना विद्यार्थी मध्ये ५ जना फाइनल प्रतिस्पर्धाका लागि छानिएका हुन् ।

अनाथको कथा ‘लिटिल स्टार’ - 2018-01-21

हेटौंडा, ७ माघः शनिबार हेटौंडाको ओम्याक्स सिनेमा हलमा ‘लिटिल स्टार’ को च्यारिटी शो भएको छ । भूकम्पपछि बालबालिकामा परेको असर तथा बालबालिकाको बेचबिखन तथा ओसारपसारबारे एजे हेटौंडाले निर्माण गरेको चलचित्र मकवानपुर जिल्लामा छायांकन भएको छ ।

कलाकारको जमघट हुने - 2017-12-28

हेटौंडा, १३ पुसः नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन मञ्चको आयोजनामा हेटौंडामा राष्ट्रिय कलाकारहरुको जमघट हुने भएको छ । दैवी प्रकोप राहत उद्दार कोषको सहयोगार्थ पुस २१ गते हुने कार्यक्रममा कलाकारहरु अञ्जु पन्त, राजनराज सिवाकोटी, युवराज चौलागाई, जितु नेपाल, केदार घिमिरे, नीता ढुंगाना, श्वेता खड्का, निरुता सिंह, आकाश अधिकारीलगायतको उपस्थिति रहने बताइएको छ । जलपान एवम् रात्रीखानासहितको कार्यक्रममा २ हजार ५ सय रुपैयाँ प्रवेश शूल्क लाग्ने बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

खेलकुद तथा व्यापार मेला पुस ७ बाट - 2017-12-12

हेटौंडा, २६ मंसिरः सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले दोस्रो खेलकुद तथा व्यापार महोत्सव पुस ७ गतेदेखि आयोजना गर्ने भएको छ । तेस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता आयोजनका लागि आवश्यक रकम जुटाउन प्रतिष्ठानले मेलाको आयोजना गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top