: +०५७-५२६८३०, ९८५५०-६८२२७

विचार


दुव्र्यसन रोग सम्बन्धी जानकारी

विचार पटक पढिएको राजीव श्रेष्ठ




हाम्रो जीवन भनेको एउटा अवसर हो, जीवन पाएपछि मात्र धेरै अवसरहरु हामीले प्राप्त गर्न सक्छौ । जीवन नै छैन भने अवसरको त सम्भव नै छैन । त्यसैले हामीले धेरै कठिनाइहरु व्यहोर्दै यस्तो अमुल्य मानव जीवन पाएका छौ । यो सुनौलो अवसरलाई नबुझेर, थाहा नपाएर, भनेको नमानेर र गलत साथी संगतको लहलहैमा लागेर होस् वा आफ्नै घरायसी वातावरणले हामीले हाम्रो अमूल्य जीवनलाई नशातिर धकेलिरहेका हुन्छौ । जुन अत्यन्त कठिन अवस्थामा हामी पुगी सकेका हुन्छौ त्यतिबेला चाहेर पनि नशाबाट टाढा हुन सक्दैनौं । हाम्रो जीवन भन्दा नशा नै प्यारो भइसकेको हुन्छ र हामी जीवन र मृत्युको बिचमा अड्किरहेका हुन्छौ न चाहेर मर्न नै सक्छौ न बाँच्न नै । हाम्रो शरीर नै नशामा परिणत भइसकेको अवस्थाले गर्दा चाहेर पनि हामी नशाबाट टाढा हुन सक्दनौै । बाँच्नको लागि पनि नशा नै चाहिने अवस्थामा हुन्छौ र उपचारका लागि पूर्नस्थापना केन्द्र बाहेक केही विकल्प हुँदैन । त्यसैले यो पवित्र पूर्नस्थापना केन्द्रप्रति सबैको आस्था र विश्वास रहोस् । यसको सहयोगले नै हामी नशाबाट टाढा रहन सक्छौं ।

एउटा दुव्र्यसनीको लागि पूर्नस्थापना केन्द्र नै नयाँ जीवनको सुरुवात हो । त्यसैले हामी सबैले बुझ्नुपर्छ कि जीवन एउटा अवसर हो नशा होइन । दुव्र्यसनीले कहिले पनि आफुलाई दुव्र्यसनी सोच्दैन ऊ नशामा डुबेर कल्पनाको संसारमा रमाई रहेको हुन्छ । पूर्नस्थापना केन्द्रको उपचार पाएपछि उसैले म दुव्र्यसनी हो र मेरो दुव्र्यसनले म लगायत सम्पूर्ण घरपरिवार, गाउँ समाजमा हानी पुगेको छ÷थियो भन्ने कुरा स्विकार्न थाल्दछ । पूर्नस्थापना केन्द्रमा सर्वप्रथम उसको बानी व्यहोरामा सुधार गरिन्छ अनि शरिरिक, मानसिक र बौद्धिक विकास गराइन्छ । दुव्र्यसनले निम्त्याउने घटनाबारे सचेत गराइन्छ । एउटा दुव्र्यसनीले अर्को दुव्र्यसनीको भावना बुझ्ने हुनाले पूर्नस्थापना केन्द्रमा रहेर आफूलाई परिवर्तन गरिसकेको दुव्र्यसनीहरुबाट नै उपचार गराइने हुदाँ दुव्र्यसनीको भावना खोतालेर उसलाई कुन पद्धतिको उपचारको खाँचो छ त्यसलाई बुझेर उपचार गराइन्छ । त्यसैले गर्दा दुव्र्यसनीलाई दुव्र्यसनबाट अलग राख्न पुर्नस्थापना केन्द्र निकै आवश्यक छ । 

दुव्र्यसनीको उपचारको निम्ति घरपरिवार, समाज र सम्पूर्ण राष्ट्र अझै पनि भ्रममा छ । यसको उपचारको निम्ति उपचार कहाँ र कसरी गरिन्छ भन्ने बारेमा जान्न अति नै जरुरी छ । बानी व्यहोरा खस्कदै गएर निक्लने परिणाम नै दुव्र्यसनी बन्नु हो । यो रोगले अकालमै ज्यान गुमाउनु देखि लिएर अपाङ्गता, रोगी र घरपरिवार मा बोझ बनाउने गर्दछ । यस्ता खालका भावनाका रोगीहरुलाई सजाय भन्दा पनि उनीहरुको बानी व्यहोरा परिवर्तन गरि समाज, घरपरिवार बिचमा पुर्नस्थापित गर्ने कार्य पुर्नस्थापना केन्द्रले गराउँछ ।। 

राजीव श्रेष्ठ

समर्पण पुनःस्थापना केन्द्र (उपाध्यक्ष)

   




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


दुव्र्यसन रोग सम्बन्धी जानकारी - 2017-11-27
हाम्रो जीवन भनेको एउटा अवसर हो, जीवन पाएपछि मात्र धेरै अवसरहरु हामीले प्राप्त गर्न सक्छौ । जीवन नै छैन भने अवसरको त सम्भव नै छैन । त्यसैले हामीले धेरै कठिनाइहरु व्यहोर्दै यस्तो अमुल्य मानव जीवन पाएका छौ । यो सुनौलो अवसरलाई नबुझेर, थाहा नपाएर, भनेको नमानेर र गलत साथी संगतको लहलहैमा लागेर होस् वा आफ्नै घरायसी वातावरणले हामीले हाम्रो अमूल्य जीवनलाई नशातिर धकेलिरहेका हुन्छौ । जुन अत्यन्त कठिन अवस्थामा हामी पुगी सकेका हुन्छौ त्यतिबेला चाहेर पनि नशाबाट टाढा हुन सक्दैनौं । हाम्रो जीवन भन्दा नशा नै प्यारो भइसकेको हुन्छ र हामी जीवन र मृत्युको बिचमा अड्किरहेका हुन्छौ न चाहेर मर्न नै सक्छौ न बाँच्न नै । हाम्रो शरीर नै नशामा परिणत भइसकेको अवस्थाले गर्दा चाहेर पनि हामी नशाबाट टाढा हुन सक्दनौै । बाँच्नको लागि पनि नशा नै चाहिने अवस्थामा हुन्छौ र उपचारका लागि पूर्नस्थापना केन्द्र बाहेक केही विकल्प हुँदैन । त्यसैले यो पवित्र पूर्नस्थापना केन्द्रप्रति सबैको आस्था र विश्वास रहोस् । यसको सहयोगले नै हामी नशाबाट टाढा रहन सक्छौं ।

राजनीतिः झुठको खेति, नाफाको व्यापार - 2017-11-24
सुदीप ढकाल राजनीतिक द्वन्द्वमा मारिने एउटा आत्मा स्वर्ग पुगेछ र भगवानलाई सोधेछ, ‘मान्छेले मान्छेलाई किन मार्छन् प्रभु ?’ भगवानः स्वार्थपूर्तिका लागि । आत्माः अनि मलाई मार्नेले के नै पायो र ? भगवानः सत्ता । तिमी जस्तालाई मार्ने सांसद, मन्त्री, प्रधानमन्त्री भैसके । कत्ति सम्पत्ति कमाई सके तिमीलाई थाहै छैन । आत्माः उनीहरुलाई कानुन लाग्दैन प्रभु ? उसले प्रश्न गर्न छाडेन । भगवानः कानुन त कमजोरलाई लाग्छ । बलियालाई के को कानुन ? कानुन पर्खाल जस्तै हो । पर्खाल भत्काउने साहस राख्नेको हाई हाई हुन्छ, कानुन लाग्दैन ।

रिपोर्टरको डायरी - 2017-11-24
पैसा दिन्छ हो ? भूकम्प गएको धेरै भईसके पनि पीडितहरु भने पुनर्निर्माणको लागि भाग दौड गरिरहेका छन् । साढे २ वर्ष बितिसक्दा पनि सुकुम्बासी भूकम्प पीडितहरुले अझै राहत पाउन सकेका छैनन् । यस्तैमा अघिल्लो आईतबार भीमफेदी गाउँपालिका वडा नम्बर १ र २ लाई लक्षित गरी भूकम्पपछिको पुनर्निर्माण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो ।

नेता, कार्यकर्ताले धैर्यता नगुमाओस् - 2017-11-12
प्रदेश सभा र प्रतिनिधि सभाको आसन्न निर्वाचनमा होमिएका राजनीतिक दलका नेता, कार्यकर्ता यतिबेला प्रचार प्रसारमा व्यस्त छन् । मकवानपुरको ४ वटा प्रदेश क्षेत्र र २ वटा प्रतिनिधि सभा क्षेत्रका उम्मेद्वारहरु प्रचारप्रसारमा व्यस्त छन् । देशभर लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । मकवानपुरमा पनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन नै मुख्य प्रतिस्पर्धी हुन् । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रस्तुत भएको जनमतका आधारमा राजनीतिक दलहरुले आआफ्नो कमिकमजोरी र सवल पक्षका आधारमा चुनावी रणनीति बनाइरहेका छन् । मतदाता पनि स्थानीय तहको मत परिणामका आधारमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मतलाई सन्तुलित बनाउने प्रयास गर्ने चरणमा छन् ।

रिपोर्टरको डायरी - 2017-11-10
सबै नराम्रा मात्रै संविधान कार्यान्वयनको एउटा महत्वपुर्ण खुड्किलो रुपमा रहेको संघ तथा प्रदेशको चुनावको लागि नेपालको राजनीतिक माहौल तातेको छ । राजनीतिक दलहरु यतिबेला जनमतलाई आफ्नो पक्षमा पार्न गाउँदेखि शहरसम्म प्रचारप्रसारमा व्यस्त छन् ।

नेपाल सम्वत् जनताको सम्वत् - 2017-10-18
नेपालमा धेरै सम्वत्हरु प्रचलनमा आईसकेको भए तापनि नेपाल सम्वत् जति जनस्तरमा चर्चित र राष्ट्रिय संस्कृतिसँग अभिन्न रुपले गाँसिएका सम्वत् अरु छैनन् । तथापि नेपालमा राणाहरुको हुकुमी शासन चलिरहेका बेला जनताका राजनीतिक र आर्थिक अधिकारहरु मात्र होइन, साँस्कृतिक अधिकारहरु पनि हनन् भए । यही क्रममा ने.संं. १०२४ अर्थात वि.सं. १९६० मा नेपाल सम्वत्लाई राज्यको कामकाजबाट हटाउने कार्य भयो । त्यसपछि निरन्तररुपमा कहिले मागको रुपमा त कहिले आन्दोलनको रुपमा यस सम्वत्लाई पुनः राष्ट्रिय मान्यता प्रदान गराउन जनस्तरबाट कार्यहरु अगाडि बढी नै रहे । यस सम्वत्लाई हटाइएको सम्बन्धमा कतिपय ठाउँमा के तर्क आउने गरेको छ भने यो चन्द्रमाको गतिमा आधारित सम्वत् भएको हुँदा अवैधानिक र अव्यहारिक रहेको छ । कहिले वर्षमा १३ महिना हुन्छ त कहिले तिथि नै तुथ हुने गर्दछ आदि । ती तर्कहरुमा आंशिक सत्यता नभएको होईन । तर नेपाल सम्वत्लाई हटाउनुमा त्यति मात्र कारण होइन । नेपालमा लगभग ४९७ वर्ष शक सम्वत् र लगभग ३०४ वर्ष मानदेव सम्वत् (अंसुवर्माले आफ्ना पूर्वजको सम्मानमा स्थापित) चलाईएको थियो ।

रिपोर्टरको डायरी - 2017-10-06
मौसमको मारमा परिएला नि गर्मी मौसम र जाडो मौसममध्ये जाडो मौसम नै मन पराउनेको संख्या बढि हुनु स्वभाविकै हो । गर्मी मौसममा चर्को घामको तातोमा हिँडाई, लामखुट्टेको टोकाई, पसिनाको रुझाई जस्ता भोगाईबाट प्रायः कोहि पनि उम्कन सक्दैनन् । ती कुराहरुको सामना गर्दा सन्तुष्ट हुने व्यक्ति मुस्किलले भेटिएला । तर जाडो मौसमको प्रशंसा नगर्ने व्यक्तिहरु बिरलै छन् । अधिकांशलाई मन पर्ने यस मौसम सजिलै आउँदो रहेनछ । रुघा, खोकि, भाईरल ज्वरो, टाईफाइड जस्ता सरुवा रोगबाट मौसमको सुरुवात हुने बिडम्बना वर्षेनी देखिँदै आएको छ । गर्मी मौसमको अन्त्य र जाडो मौसमको सुरुवातको समयमा वर्षेनी यस्ता सयौं बिमारीहरु अस्पतालमा भर्ना हुने गर्छन् ।

मकवानपुरलाई चिनाउने आधार“खेलकुद” पनि - 2017-09-17
देश कै करिब मध्ये भागमा पर्ने मकवानपुर जिल्ला भौगोलिक हिसाबले विविधता रहेको छ । उष्ण उपोष्ण र चिसो हावापानीको वातावरणले मकवानपुर जिल्लालाई आकर्षणको केन्द्रको रुपमा हेरिने गरिन्छ । मकवानपुर जिल्लाले नेपालमा भएका सबै राजनीतिक आन्दोलनमा नेतृत्वदायी भुमिका खेलेको छ । साथमा पर्यटकिय विकासको लागि देशकै उपयुक्त गन्तव्यको रुपमा रहेका मकवानपुर जिल्लालाई चिनाउने अर्को आधार“खेलकुद” पनि हो ।

रिपोर्टरको डायरी - 2017-09-01
पानी पनि खान हुन्न ! नेपाली नारीको महान चाडको रुपमा हरितालिका तीजलाई लिइन्छ । तीजको दिन बिहान सबेरैदेखि रातो लुगा र गहना लगाएर महिलाहरु मन्दिरमा पुजा गर्न जान्छन् । म पनि हरितालिका तीजको दिन पुजा गर्न मन्दिर गएको थिएँ । महिलाहरु एक आपसमा भेला भएर गीत गाउने र रमाईलो कुराकानी गर्दै थिए ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 NEXT

अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970649 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top