+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
साहित्य

२२७औं साहित्य श्रृङ्खला तथा काव्य गोष्ठी



साहित्य   10 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २७ साउनः झरना साहित्यिक परिवारको आयोजनामा २२७औं साहित्य श्रृङ्खला तथा पर्यावरणीय विषयक काव्य गोष्ठी शनिबार भएको छ ।



चुच्चेखोला सामुदायिक वनद्वारा दुर्लभ जनावर सालकको संरक्षणका निमित्त पार्कको पर्यावरणीय संरक्षणमा विशिष्ट योगदान रहेको र उक्त अभियानमा मकवानपुरका साहित्यकारहरूलाई जोड्ने उद्देश्यले काव्य वाचन कार्यक्रमको आयोजना गरिएको हो ।

झरना साहित्यिक परिवारका अध्यक्ष दीपक गौतमको सभाध्यक्षमा भएको कार्यक्रममा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखान सिंह पाख्रीन, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुन प्रसाद चौलागाई, वडा नम्बर १७ का वडा सदस्य टिका प्रसाद तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो । यस्तै, वनका सचिव केदारप्रसाद गौतमले सालक पार्कका विषयमा साहित्यकारहरुलाई विस्तृत जानकारी गराउनुभएको थियो । काव्यवाचनका क्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, झरनाकै संस्थापक जनार्दन खनाल, जनसाहित्यिक मञ्चका केन्द्रीय सदस्य मसान उपासक, साहित्य संगम मकवानपुरकी उपाध्यक्ष अनिता न्यौपाने, आँचल साहित्य कला पुञ्जकी उपाध्यक्ष पूर्णकला घिमिरे, गजल मञ्च मकवानपुरका सदस्य सन्जित श्रेष्ठ, रौतहटका कवि जनक दुलाल, कविहरू बबी थापा, विश्वनाथ सञ्जेल, विश्व राई, सन्तराम राई, देवराज लामिछाने, सुमन पराजुली लगायतले पर्यावरण विषयमा रचना वाचन गरे । झरना साहित्यिक परिवारले निरन्तर रूपमा मकवानपुरका ग्रामीण क्षेत्र तथा हेटौंडा आसपासका क्षेत्रमा मासिक साहित्य शृङ्खला आयोजना गर्दै आएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु

२२७औं साहित्य श्रृङ्खला तथा काव्य गोष्ठी

हेटौंडा, २७ साउनः झरना साहित्यिक परिवारको आयोजनामा २२७औं साहित्य श्रृङ्खला तथा पर्यावरणीय विषयक काव्य गोष्ठी शनिबार भएको छ ।

कविता प्रतियोगितामा प्रसिद्धिका प्रथम

हेटौंडा, २० साउनः स्वर्गीय लोककवि गणेशलाल श्रेष्ठको १०७ औं जन्मजयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा नवोदय शिशु सदनकी छात्रा प्रसिद्धिका लम्साल प्रथम भएकी छिन् ।

छवि विशेष साहित्य सन्ध्या

हेटौंडा, १३ साउनः साहित्य संगम मकवानपुरको नियमित साहित्य सन्ध्या साहित्यकार छवी अनित्य विशेष भएको छ । साहित्य संगमको सभाकक्षमा शनिबार भएको २७४औं नियमित सन्ध्यामा साहित्यकार श्रेष्ठले ५ वटा कविता वाचन गर्नुभयो ।

१४६औं गजल यात्रा

हेटौंडा, ६ साउनः गजल मञ्च मकवानपुरको आयोजनामा १४६औं गजल यात्रा शनिबार भएको छ ।

अधिकारीको संस्मरण विमोचन

हेटौंडा, २८ असारः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा मंगलबार रमेशमोहन अधिकारीको नियात्रा तथा संस्मरण विमोचन गरेको छ । झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षता एवम् साहित्यकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।



  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top