+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अन्तर्वार्ता

महिलाहरुलाई सक्षम बनाउन मिसेज मकवानपुर



अन्तर्वार्ता   183 पटक पढिएको   प्रिया पौडेल     
आधुनिक समयका विवाहित महिलाहरु घरभित्रको काममा मात्रै सीमित छै्रनन् । सामाजिक परिवर्तन र विकाससँगै विवाहित महिलाहरु रोजगारी, व्यापार, व्यवसाय, राजनीति र सामाजिक सेवाको क्षेत्रमा अग्रसर छन् । महिलाहरु विवाहपछि पनि आफ्नो क्रियाशीलता घरबाहिर पनि कायमै राख्न चाहे पनि अनेकौं समस्या भोग्न बाध्य छन् । महिला सशक्तीकरणका लागि सरकारले उदार नीति लिनु पनि एउटा महत्वपूर्ण पक्ष बनेको छ । यद्यपि महिलाहरुलाई सशक्त हुन प्रेरित गर्ने कार्यको अभाव कायमै छ । यस्तोमा विवाहित महिलाहरुलाई सशक्त बनाउने लक्ष्यसहित हेटौंडा लेडी जेसीजले मिसेस मकवानपुर २०१८ को आयोजना गरेको छ । भोलि शुक्रबार सहभागीको अन्तिम प्रस्तुती रहने प्रतियोगितात्मक क्षमता विकास कार्यक्रमबारे आयोजक संस्था हेटौंडा लेडी जेसीज वर्ष २०१८ की अध्यक्ष अस्मिता श्रेष्ठसँग समृद्ध समाज दैनिककी संवाददाता प्रिया पौडेलले गरेको कुराकानीः

महिलाहरुलाई सक्षम बनाउन मिसेज मकवानपुर


समाजः हेटौंडा लेडी जेसीजले मिसेस मकवानपुर २०१८ आयोजना गरिरहेको छ । मिसेस मकवानपुर आयोजना गर्नुको उद्देश्य के हो ?

श्रेष्ठः विवाहित महिलाहरु भित्र भएको प्रतिभा र क्षमताको प्रस्फुटन गरेर महिलाहरुलाई नेतृत्वमा अग्रसर गर्दै सक्षम महिला बनाउने उद्देश्यले मिसेस मकवानपु्र कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगिताबाट आगामी दिनमा महिलाहरुलाई मोडल, कलाकार बनाउने भन्दा पनि अहिले जुन क्षेत्रमा आबद्ध हुनुहुन्छ त्यहि क्षेत्रमा सक्षम बनाउनु हो । सहभागीहरु कोही गृहिणी, अफिसर, शिक्षक, उद्यमीहरु हुनुहुन्छ । उहाँहरु जुन क्षेत्रमा काम गरिरहनु भएको छ त्यही क्षेत्रमा नेतृत्व गर्ने क्ष्ँमता बढोस् भन्ने मुख्य उद्देश्य हो । महिलाहरुको व्यवसाय, व्यापार पनि बढोस्, उनीहरुको नेतृत्व गर्ने क्षमता पनि विकास होस् भनेर कार्यक्रमको आयोजना गरिएको हो ।


समाजः प्रतियोगिताबाट महिलाहरुले के के सिक्ने अवसर पाउँछन् ?

श्रेष्ठः गतवर्ष हामीले मिसेस तीज कार्यक्रम आयोजना गरेका थियौं । मिसेस तीज कार्यक्रम संस्कृति संरक्षणको लागि मात्र आयोजना गरिएको थियो । जसले गर्दा सबै सम्प्रदायका महिलाहरुलाई समेट्न सकिएन । धर्म, जातजातिहरुलाई समेट्न मुस्किल प¥यो, त्यसलाई फराकिलो बनाउन यसवर्षबाट मिसेस मकवानपुर आयोजना गरिएको हो । यो प्रतियोगिताबाट व्यक्तित्व तथा नेतृत्व विकासका लागि गृहिणीलाई तालिम, महिला सम्बन्धी निर्माण भएका कानुनको बारेमा जानकारी, उद्घोषण, कुकिङ, खाने र बोल्न लगायतका विषयहरुमा तालिम दिईएको छ । समाजमा कसरी सभ्य रुपमा प्रस्तुत हुने भन्ने विषयमा सहभागीहरुलाई जानकारी गराईएको छ ।


समाजः प्रतियोगिताबाट लेडी जेसीजको अपेक्षा के छ ?

श्रेष्ठः हेटौंडा लेडी जेसीजले १८ वर्षदेखि ४० वर्ष उमेर समुहका युवाहरुलाई तालिमको माध्यमबाट सक्ष्ँम युवाहरु बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । महिलाहरुलाई सक्ष्ँम नेतृत्व विकास गर्न जेसीज अभियानको लागि जेसीज अभियान्ताहरु क्रियाशील छन् । महिलाहरुका लागि समाजमा जतिपनि संकुचित सोच छ, त्यसलाई चिर्नु जरुरी छ । परिवारले छोरीका लागि सबै सहयोग गर्छन्, तर बुहारीलाई बन्देज हुन्छ । महिलाहरुको क्षमतालाई बाहिर निकाल्न र संकुचित सोचलाई परिवर्तन गर्नु जरुरी छ । २१औं शताब्दीको महिलाहरुको लागि युवा स्वरोजगारका योजनाहरु अगाडि आएका छन् । युवा अवस्थामा जुन जोश, जाँगर हुन्छ, त्यसलाई बन्देजमा बाँधिनु हुँदैन भनेर समाजको परिवर्तनका लागि पनि यस्ता कार्यक्रम अगाडि ल्याईएको हो । यस्तै, बाँधिएर रहेका महिलाहरुलाई बाहिर निस्केर समाजमा आफ्नो भूमिका देखाउने अपेक्षासहित कार्यक्रमको आयोजना गरिएको हो ।

महिला बौद्धिकताको हिसाबले पछाडि छैनन् तर महिलाहरुलाई अगाडि गएर आफ्ना कुराहरु राख्ने अवसर छैन । महिलाहरुमा बोल्ने कलाको विकास नहुनुले अवसर पाएपनि पछाडि हट्ने गरेको पाइन्छ । महिलाहरु पनि पुरुष सरह अगाडि बढ्नु पर्छ । विवाहित भएपछि जुन घेरा भित्र महिलाहरु बस्न बाध्य छन्, त्यसलाई तोड्न जरुरी छ । त्यसमा यस्ता कार्यक्रमहरु प्रभावकारी हुन्छन् भन्ने हो ।


समाजः प्रतियोगिताप्रतिको आकर्षण कस्तो पाउनु भएको छ ?

श्रेष्ठः हामीले गतवर्षबाट महिलाहरुलाई समेट्न यस्ता कार्यक्रम गरिरहेका छौं । गतवर्ष मिसेस तीज प्रतियोगिता आयोजना गरेका थियौं । मिसेस तीजमा मुस्किलले ८ जनालाई फाइनलमा लगेका थियौं । कार्यक्रम सकेपछि हामीले राम्रो प्रतिक्रिया पनि पायौं । सबैले प्रशंसा पनि गरेका थिए । सोही कार्यक्रमबाट प्रभावित भएर हामीले यसवर्षबाट मिसेस मकवानपुर कार्यक्रम सञ्चालन गरेका छौं । कार्यक्रम सुरु भएपछि पनि सहभागीको लागि आउनु भएको ३ जना महिलाहरुलाई हामीले फर्कायौं । कार्यक्रममा धेरै तालिमहरु छुटे पछि उनीहरुलाई समावेश गर्न सकेनौं । हाल १३ जना महिलाहरु प्रतियोगितामा सहभागी हुनु भएको छ । यो सहभागिता हाम्रो लागि राम्रो सफलता हो । यस्ता कार्यक्रमहरु मार्फत् महिलाहरुको नेतृत्व र क्षमता विकास गर्नुपर्छ, महिलाहरु पनि सक्षम हुन्छन् भन्ने सोचमा परिवर्तन भईरहेको छ । तर, पूर्ण रुपमा सोच परिवर्तन गर्न बाँकी छ । प्रतियोगिताबाट मान्यता र प्रोत्साहन पनि पाएका छौं । पहिलो कार्यक्रमबाट धेरै प्रशंसा पायौं, त्यसलाई निरन्तरता दिन यो वर्ष पनि कार्यक्रम आयोजना गरिएको हो । सुरुवातमा १५ जनालाई सहभागिता गराएका थियौं । २ जना पारिवारिक समस्याका कारण प्रतियोगिताबाट बाहिरीनुभयो । हाल १३ जना महिलाहरु प्रतियोगितामा सहभागी छन् ।


समाजः लेडी जेसीजको आगामी योजनाहरु केके छन् ?

श्रेष्ठः हेटौंडा लेडी जेसीज लामो समय बिताएको संस्था हो । हाल हामी सचिवालय निर्मँणको तयारीमा छौं । महिलाहरुलाई नै विभिन्न क्षेत्र र कार्यक्रम मार्फत् अगाडि बढाउन हेटौंडा लेडी जेसीजले कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यो वर्ष हामीले नेपाल जेसीजले प्लान अफ एक्सनमा गर्नै पर्ने काम जेसीज सप्ताह सम्पन्न गरेका छौं । नेपालभर पहिलो जेसीज सप्ताह गर्ने संस्थामा परेका छौं । यस्तै, हामीले मोटिभेसन कार्यक्रम, मिसेस मकवानपुर जस्ता कार्यक्रम गरिरहेका छौं । मकवानपुरको ग्रामीण क्षेत्रमा रहेका महिलाहरुमा पाठेघरको क्यान्सरको समस्या धेरै छ । त्यस्ता क्षेत्रमा शिविर चलाउने योजनामा छौं । यस्तै, शिक्षा क्षेत्रमा पनि हाजिरीजवाफ कार्यक्रम ल्याउने योजनामा छौं । 






सम्बन्धित शिर्षक समाचारहरु

महिलाहरुलाई सक्षम बनाउन मिसेज मकवानपुर

आधुनिक समयका विवाहित महिलाहरु घरभित्रको काममा मात्रै सीमित छै्रनन् । सामाजिक परिवर्तन र विकाससँगै विवाहित महिलाहरु रोजगारी, व्यापार, व्यवसाय, राजनीति र सामाजिक सेवाको क्षेत्रमा अग्रसर छन् । महिलाहरु विवाहपछि पनि आफ्नो क्रियाशीलता घरबाहिर पनि कायमै राख्न चाहे पनि अनेकौं समस्या भोग्न बाध्य छन् । महिला सशक्तीकरणका लागि सरकारले उदार नीति लिनु पनि एउटा महत्वपूर्ण पक्ष बनेको छ । यद्यपि महिलाहरुलाई सशक्त हुन प्रेरित गर्ने कार्यको अभाव कायमै छ । यस्तोमा विवाहित महिलाहरुलाई सशक्त बनाउने लक्ष्यसहित हेटौंडा लेडी जेसीजले मिसेस मकवानपुर २०१८ को आयोजना गरेको छ । भोलि शुक्रबार सहभागीको अन्तिम प्रस्तुती रहने प्रतियोगितात्मक क्षमता विकास कार्यक्रमबारे आयोजक संस्था हेटौंडा लेडी जेसीज वर्ष २०१८ की अध्यक्ष अस्मिता श्रेष्ठसँग समृद्ध समाज दैनिककी संवाददाता प्रिया पौडेलले गरेको कुराकानीः

‘सामाजिक अभियानमै सक्रिय रहने मन छ’

हेटौंडा–१०, कर्रा निवासी सुशीलराज गिरी गैससकर्मी युवा हुनुहुन्छ । विशेषगरीः बालअधिकारका क्षेत्रमा क्रियाशील गिरी युरोपमै आवासीय अवसर भएर पनि नेपाल फर्किएर गैससमा क्रियाशील हुनुहुन्छ । अध्ययन, पारिवारिक एवम् कामकै सिलसिलामा भारत, दक्षिण अफ्रिका, युएई, स्वीट्जरल्याण्ड, स्पेन, पोर्चुगल, इटली, जर्मन, फ्रान्स, कतार, अस्ट्रेलिया भ्रमण गरिसक्नुभएका गिरी बालबालिका र युवा सम्बन्धी तालिम, राष्ट्रिय योजना, नीति निर्माणसँग सम्बन्धित तालिम, आपतकालीन् अवस्थामा बालबालिका तथा युवासँग कसरी काम गर्ने भन्ने बारे, खोज अनुसन्धान सम्बन्धी तालिम, पैरवी सम्बन्धी तालिम, परियोजना प्रस्ताव लेखन सम्बन्धी तालिम प्राप्त उहाँ फुर्सदका समयमा अनलाइन तालिममा समेत सहभागिता जनाउनुहुन्छ । सामाजिक अभियन्ताको रुपमा क्रियाशील गिरीसँग गरिएको सञ्चारकर्मी ले गरेको कुराकानीः

‘सामूहिक कार्यलाई सशक्त बनाउने छु’

१३ पटक एसएलसी/एईई परीक्षामा जिल्ला प्रथम हुन सफल हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविलाई शिक्षा विभागले देशका २२० नमूना विद्यालयलाई नमूना विद्यालय बनाउने कार्यक्रममा समावेश गरेको छ । नमूना विद्यालयको सूचिमा समावेश भएको आधुनिक राष्ट्रिय माविको प्रधानाध्यापक (प्रअ) को जिम्मेवारी केही दिनअघि मात्रै वीरवंश बैठाले प्राप्त गर्नुभएको छ । २३ वर्षदेखि आधुनिकमा शिक्षण गर्नुभएका बैठा यसअघि लगातार ५ वर्ष सहायक प्रधानाध्यापक हुनुहुन्थ्यो । प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका वीरवंश बैठासँग समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ र संवाददाता यमप्रसाद तिमल्सिनाले गरेको कुराकानीः

शिक्षालाई सेवाको रुपमा हेर्नुपर्दछ

जिल्लाको अग्रणी शैक्षिक संस्था आधुनिक राष्ट्रिय मावि विद्यार्थी, अभिभावकको रोजाईमा रहने गरेको छ । विद्यालय तहको शिक्षालाई सरकारी शैक्षिक संस्थामा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ भन्ने तथ्य स्थापित गर्न सफल आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक ऋषिराम उपाध्याय पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाउनु भएको छ । ७ वर्ष प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्नुभई अनिवार्य अवकास पाउनुभएका पोखरेललाई बुधबार विद्यालय परिवारले भव्य कार्यक्रमको आयोजना गरी विदाई गर्यो । एउटा सफल विद्यालयको प्रधानाध्यापक भएर अवकास प्राप्त गर्नुभएका पोखरेलसँग समृद्ध समाज दैनिकका संवाददाता अमृत चिमरियाले गरेको कुराकानीः

बेचबिखन रोक्न जनचेतना आवश्यक

माईती नेपाल स्थापनाको २५ वर्ष पूरा भइसकेको छ । २५ वर्षअघि नेपाली चेली भारतको कोठीमा विक्री हुने गरेका थिए । दलाल मात्रै नभई कतिपय बेचबिखनका घटनामा त आफन्त नै संलग्न भएका तथ्यहरु पनि फेला परे । यौन व्यवसायमा संलग्न गराउने गरी नेपाली चेली बेचिनबाट रोक्ने उद्देश्यले स्थापित माइती नेपालले नेपाल सरकारलाई समेत बेचबिखन रोक्न सचेत गराउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । माईती नेपाल जस्तै अनेकौं गैरसरकारी संस्थाले आआफ्नो तहबाट चेलीबेटी बेचबिखनलाई नियन्त्रण गर्न सफल भएको छ । चेलीबेटी बेचबिखनको समस्याबाट मकवानपुर जिल्ला पनि उत्तिकै प्रभावित थियो । तर, अहिले बेचबिखन नियन्त्रित अवस्थामा देखिन्छ । यद्यपि बेचबिखनका स्वरुपहरु फेरिएको भन्दै चिन्ता व्यक्त गरिने गरेको छ । माईती नेपाल स्थापनाको २५ वर्ष पूरा भएको सन्दर्भमा आयोजित मेचि–महाकाली अभियान बुधबार हेटौंडामा समापन गरिएको छ । माईती नेपाल मकवानपुरकी प्रमुख माया लामासँग समृद्ध समाज दैनिककी प्रिया पौडेलले गरेको कुराकानीः



  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top