: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्वास्थ्य


किशोरी आमाहरुको संख्या बढ्दै

स्वास्थ्य पटक पढिएको प्रिया पौडेल


किशोरी आमाहरुको संख्या बढ्दै


हेटौंडा, ३ फागुनः मकवानपुरमा २० वर्षभन्दा कम उमेरका किशोरीहरु गर्भवति हुने क्रम बढ्दो रहेको हेटौंडा अस्पतालमा सुत्केरी गराएका महिलाहरुको तथ्याङ्कले देखाउँछ ।

 हेटौंडा अस्पतालको तथ्याङ्क अनुसार पुस महिनामा २० वर्ष मुनिका २६ जना किशोरीहरु आमा बनेका छन् । यस्तै, माघ महिनामा पनि २० जना किशोरीहरु आमा बनेका छन् । किशोरी आमाहरु अधिकांश जनजाति समुदायको रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

२० वर्ष मुनिका किशोरीहरु सुत्केरी हुनेमा १ जना किशोरी १५ वर्षकी मात्र रहेकी छिन् । यस्तै, ३ जना किशोरी १६ वर्ष, ४ जना १७ वर्षकी, ८ जना १८ वर्षकी र १९ वर्षको १० जना किशोरीहरुले अस्पतालमा सुत्केरी गराएका छन् । २०–३० वर्ष समुहमा सुत्केरी हुनेको संख्या १ सय ३८ र ३०–४० वर्ष समुहमा सुत्केरी हुनेको संख्या २५ जना रहेको देखिन्छ । यसरी सानै उमेरमा गरिएको विवाह र अपरिपक्व अवस्थामा सुत्केरी हुँदा शिशु र आमा दुबैको स्वास्थ्यमा नकारात्मक असर देखिने हेटौंडा अस्पतालकी प्रसुति तथा महिला रोग विशेषज्ञ डा. निशा राईले जानकारी दिनुभयो । उहाँका अनुसार किशोरीको शारीरिक अवस्था नै विकास हुने अवस्थामा बच्चाको विकास राम्रो हुँदैन । शारीरिक तथा मानसिक रुपमा अपरिपक्व भएका आमाले गर्भाधारण गर्नुले ठूलो समस्या ल्याउन सक्ने खतरा भने बढाएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार सानो उमेरमा आफुखुसी विवाह गर्ने प्रचलनले पछ्रिल्लो समयमा २० वर्ष मुनिका गर्भवति महिलाको संख्यामा वृद्धि गरेको हो । उहाँले भन्नुभयो, ‘सानै उमेरमा विवाह गर्दा महिलाको पाठेघर खस्ने, पाठेघरको क्यान्सर हुने लगायतका पाठेघर सम्बन्धी रोगहरु देखा पर्छन् । यसले पछिसम्म आमा र बालबालिकालाई असर गर्छ । २० वर्षभन्दा कम उमेरका किशोरीहरु सुत्केरी हुनुले ठूलो घटना घट्न सक्ने खतरा समेत बढाएको छ ।’

यस्तै, गर्भवति महिलाले गर्भमा बच्चा बसेको जानकारी पाएपछि अल्ट्रासाउण्डबाट पाठेघरमा बच्चा रहेको अवस्था, पाठेघरको अवस्था, रगत जम्ने/नजम्ने प्रक्रिया र साल कहाँ बसेको छ अग्रिम थाहा भयो भने शल्यक्रिया गर्नुपर्ने भए समयमा नै जानकारी लिन सकिने उहाँले बताउनुभयो अल्ट्रासाउण्ड गर्नाले सुत्केरी गराउने समयमा बच्चा बाँच्ने नबाँच्ने, बच्चाको उचित विकास भएको छ/छैन, शल्यक्रिया गर्नु आवश्यक छ/छैन, बच्चाको अवस्था हेरेर जटिल भए पहिले नै सतर्क भएर उपचार गर्न सकिन्छ । शारीरिक तथा मानसिक रुपमा योग्य नभएकी महिला महिलालाई सुत्केरी हुने समयमा समस्या हुने डा. राईले स्पष्ट पार्नुभयो । यस्तो अवस्थामा आमा र बच्चालाई बचाउन पनि कठिन हुने गरेको उहाँको भनाई छ । उमेर नपुगी गर्भवति हुँदा महिलाहरुमा पाठेघरबाट पानी बग्ने, पाठेघर दुख्ने, रक्तश्राप हुने, पाठेघर खस्ने लगायतका समस्या देखिने उहाँले बताउनुभयो । विवाहित दम्पतिले नै महिला आमा बन्न शारीरिक रुपमा सक्षम छिन् कि छैनन् भनेर एकपटक डाक्टरको सल्लाह लिनु आवश्यक रहेको उहाँको भनाई छ । शारीरिक तथा मानसिक रुपमा तयार नभई गर्भवति हुँदा महिला र बच्चा दुबैलाई खतरा हुने अवस्था श्रृजना हुने गरेको छ । पछिल्लो समय मकवानपुरमा २० वर्ष मुनिका महिलाहरु आमा बन्ने संख्या बढेको पाईन्छ ।

सानो उमेरमा अर्थात् शारीरिक र मानसिक दुबै रुपमा आमा बन्न तयार नभई गर्भवति हुँदा आमा र बच्चा दुबैको स्वास्थ्यमा नकारात्मक असर पुग्न सक्छ । आधुनिक प्रविधिमा जसरी समाज परिवर्तन भईरहेको छ, त्यसले २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेको संख्या बढाएको छ । सानो उमेरमा नै आफु खुसी विवाह गर्ने र विवाह गरेको ६ महिना पनि नबित्दै गर्भवति हुने क्रम मकवानपुरमा पनि बढेको छ । अपरिपक्व आमालाई गर्भावस्था सम्बन्धी जटिलता, समय नपुगी शिशु जन्मने, धेरै समय सुत्केरी बेथा, शिशुको तौल थोरै हुने, स्वस्थ शिशु नजन्मने, शल्यक्रिया गर्नुपर्ने अवस्था लगायत देखिन सक्ने डा. राईले जानकारी दिनुभयो । उहाँका अनुसार किशोरी आमाहरुलाई अप्रेसनमा देखिने समस्या पनि रहने हुन्छ । यस्तै, सानो उमेरमा गरिएको विवाहले बालबालिकामा जन्मान्तर कम हुने, धेरै छोराछोरी जन्माउने लगायत हुने गरेको छ ।

हेटौंडामा पर्सा, बारा, सिराहा, रौतहट लगायतका जिल्लाबाट रेफर भई हेटौंडा अस्पतालमा सुत्केरी गराउन गर्भवति महिलाहरु आउने गरेका छन् । चालु आर्थिक वर्षको पुस महिनासम्म हेटौंडा अस्पतालमा १ सय ८९ जना महिलाहरुले सुत्केरी गराएका छन् । जसमध्ये सामान्य सुत्केरी १ सय ४३ जना, सामान्य शल्यक्रिया सुत्केरी ३० जना र जटिल सुत्केरी १६ जना रहेको छ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


किशोरी आमाहरुको संख्या बढ्दै - 2018-02-15
हेटौंडा, ३ फागुनः मकवानपुरमा २० वर्षभन्दा कम उमेरका किशोरीहरु गर्भवति हुने क्रम बढ्दो रहेको हेटौंडा अस्पतालमा सुत्केरी गराएका महिलाहरुको तथ्याङ्कले देखाउँछ ।

क्यान्सर दिवसमा जनचेतना - 2018-02-05
हेटौंडाः ‘हामी सक्छौं, म सक्छु’ भन्ने नाराका साथ आईतबार ‘विश्व क्यान्सर दिवस २०१८’ को अवसरमा नेपाल अर्बुद रोग निवारण संस्था हेटौंडाले जनचेतनामुलक कार्यक्रम गरी मनाएको छ ।

भीमफेदीमा रक्तदान - 2018-02-02
भीमफेदी, १९ माघः नेपाल रेडक्रस सोसाईटी भीमफेदी उपशाखाको आयोजनामा बिहिबार भीमफेदीमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी भीमफेदी उपाशखाका सभापति सानु थापा मगरले जानकारी दिनुभयो ।

कारागारमा स्वास्थ्य शिविर - 2018-01-25
भीमफेदी, ११ माघः भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारमा एकदिने निशूल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको छ । शिविरमा तीन सय ८४ जनाको स्वास्थ्य परीक्षण गरेका छन् ।

२३ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण - 2018-01-22
हेटौंडा, ८ माघः अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र, बनेपाले जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरलाई मेडिकल उपकरण सहयोग गरेको छ । मकवानपुरको दामन प्राथमिक स्वास्थ्य केन्द्र, नामटार स्वास्थ्य चौकी, चित्लाङ स्वास्थ्य चौकी र आग्रा स्वास्थ्य चौकीलाई मेडिकल उपकरण, औजार तथा फर्निचर सहयोग गरेको हो ।

नर्सहरु आन्दोलित - 2018-01-11
हेटौंडा, २७ पुसः विभिन्न माग राख्दै मकवानपुरसका नर्सहरु आन्दोलित भएका छन् । संघले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्कासन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनाशर्त अविलम्ब पुनर्बहाली गर्न, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गर्न, जनतालाई गुणस्तरीय नर्सिङ सेवा दिनका लागि नेपाल सरकारले बनाएको ‘नर्स बिरामीको अनुपात’ सबै अस्पतालमा यथाशीघ्र लागू गर्न, नेपाल सरकारका नर्सहरुलाई उपलब्ध गराइरहेको न्यूनतम तलबभत्ता सरह विभिन्न निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सलाई पनि तहगत हिसाबबाट उपलब्ध गराउनलगायत विभिन्न ११ बुँदे माग राख्दै मकवानपुरका नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् ।

स्थापना दिवसमा दन्त शिविर - 2018-01-10
हेटौंडा, २६ पुसः ज्योतिष परिषद् मकवानपुरले २०औं स्थापना दिवसको अवसरमा निशूल्क दन्त शिविरको आयोजना गरेको छ । परिषद्ले मकवापनुरगढि गाउँपालिका–५ स्थित श्रीकृष्ण मन्दिर भाथिरथी टोलमा सोमबार शिविरको आयोजना गरेको हो । हेटौंडास्थित हंश डेन्टल क्लिनिकको सहआयोजनामा भएको शिविरमा १ सय ६० जनाले सेवा लिएका छन् ।

चुनियाँमा स्वास्थ्य शिविर - 2018-01-10
हेटौंडा, २६ पुसः जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा मंगलबार भीमफेदी गाउँपालिकाको चुनियामा महिलाहरुको प्रजनन् तथा यौन स्वास्थ्य समस्याबारे शिविर भएको छ ।

४५ स्वास्थ्य संस्था स्थानीय तहमा - 2018-01-09
हेटौंडा, २५ पुसः मकवानपुर जिल्लामा रहेका सबै प्राथमिक स्वास्थ्य चौकी र स्वास्थ्य चौकीलाई स्थानीय तहमा हस्तान्तरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जिल्लामा रहेका स्वास्थ्य ४ वटा प्राथमिक स्वास्थ्य चौकी र ४१ वटा स्वास्थ्य चौकी गरी कुल ४५ वटा स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण गरिएको हो । कार्यालयले विभिन्न समयमा औपचारिक कार्यक्रमको आयोजना गरी स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरेको हो । जिल्ला अस्पतालको रुपमा रहेको हेटौंडा अस्पताल बाहेक प्राथमिक स्वास्थ्य चौकी र स्वास्थ्य चौकी सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको हो ।

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT

अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970618 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top