+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
सम्पादकीय

रौनक विश्वकप फुटबलको



सम्पादकीय   8 पटक पढिएको   सम्पादकीय     
बिहिबार साँझ रुसमा विश्वकप फुटबल प्रतियोगिताको औपचारिक सुरुवात भएको छ । विश्वकप फुटबलले यतिबेला विश्वकै ध्यान तानेको छ । सबै राष्ट्रका शासकदेखि नागरिकसम्मले पनि विश्वकपलाई चासोका साथ लिने गरेका छन् । विशेषगरी युवा जमातमा यो प्रतियोगिता वहसको विषय नै बनेको छ । सामाजिक सन्जालहरुमा विश्वकप फुटबल बाहेक अन्य विषय नै भेटिँदैनन् ।



विश्वका फुटबलरहरु मध्ये चरण चरणका छनौटबाट विश्वकप खेल्न आईपुग्ने भएकाले पनि यसलाई फुटबलको महाकुम्भ पनि भनिन्छ । रुसको मस्कोस्थित लुजनिकी रंगशालामा सुरु भएको २१औं संस्करण विश्वकप फुटबललाई ऐतिहासिक रुपमा सम्पन्न गराउने प्रयास भएको छ । रुसका विभिन्न १० वटा मुख्य सहरहरुमा हुने प्रतियोगिताको मुख्य दावेदारमा ब्राजिल, फ्रान्स, जर्मनी र स्पेन रहेका छन्् । अर्जेन्टिना, इंग्ल्यान्ड, बेल्जियम, पोर्चुगल त्यसपछिका सूचीमा देखिएका छन्् । विश्वकप विजयका अतिरिक्त विश्व भाईचाराका लागि पनि त्यतिकै महत्व राख्दै आएको छ । शासकहरु बीच हुने राजनीतिक सम्बन्ध भन्दा पनि विश्वकपको सम्बन्ध धेरै माथि हुने गर्दछ ।

विश्वकप फुटबल अर्थराजनीतिबाट पनि प्रेरित छ । प्रत्येक चार वर्षको अन्तरालमा हुने फिफा विश्वकपले आयोजक देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गर्दछ । त्यसैले अर्थतन्त्र सुधार र आफ्नो आर्थिक शक्तिमा बृद्धि गर्न पनि शक्तिशाली राष्ट्रहरु विश्वकप आयोजना गर्न हौसिने गर्छन्् । लामो समय युरोप र अमेरिकासँग तनावग्रस्त सम्बन्ध रहेको रसियाको अर्थतन्त्रमा यो वर्षको विश्वकपले ठूलो परिवर्तन गरिदिएको छ । विश्वकपका लागि भन्दै रसियाले पाँच लाख भन्दा बढी दर्शक क्षमताका १२ वटा रंगशाला तयार गरेको छ । यस्तै विश्वकपलाई नै लक्षित गरेर रसियाले ११ वटा विमानस्थलको स्तारोन्नति गरेको छ भने ३ वटा नयाँ मेट्रो स्टेशन र १२ वटा नयाँ सडक निर्माण गरेको छ । यस्तै १३ वटा नयाँ अस्पताल र २७ वटा नयाँ पाँच तारे होटल निर्माण गरेको छ । विश्वकपको तयारीका एक लाख भन्दा बढी नागरिकले रोजागरी पाएका छन्् । यसरी हेर्दा खेल प्रतियोगिताले आर्थिक रुपमा देशलाई नयाँ उचाईमा पु¥याउने गर्दछ । त्यसैले प्रतियोगिता आयोजना समग्र देशकै उन्नतिको प्रमुख आधार पनि हो । 

विश्वकप रुसमा सुरु भएको छ तर, नेपालमा पनि विश्वकपको रौनकले माहौल तताएको छ । सबैजसो स्पोर्टस्् हाउसहरुमा सबै उमेर समुहका व्यक्तिहरु आफुले समर्थन गर्ने राष्ट्रको जर्सीदेखि खेलसामाग्री खरिद गर्न व्यस्त भए । विश्वकपमा सहभागी आफ्नो रोजाईका देशहरु विशेषगरी अर्जेन्टिना, ब्राजिल, स्पेन, इङ्गल्याण्डका पोशाकप्रति आकर्षण देखियो । फुटबल र जुत्ताप्रति युवाहरु आकर्षित भएका छन्् । बजारका युवाहरु भन्दा ग्रामीण क्षेत्रका युवाहरु खेलकुदका सामाग्रीहरुप्रति आकर्षित भएको पाईएको छ । रुसमा भएको विश्वकपले नेपाली अर्थतन्त्रमा समेत प्रभाव पारेको छ । एक महिनासम्म सन्चालन हुने विश्वकपले देशमै फुटबलको माहौल श्रृजना गरेको छ । हेटौंडामै विश्वकपलाई विभिन्न संघ संस्थाहरुले आफ््नै शैलीले स्वागत गरेका छन्् । यस्तै कपिय विद्यालयहरुले अन्तर कक्षा फुटबल गर्दै छन्् । यसरी हेर्दा विश्वकप रुसमा भए पनि यसको प्रभाव विश्वका अन्य देश झैं नेपाली समाज पनि प्रभावित भएको छ । यो खेलकुदको विकासका लागि सकारात्मक संकेतका रुपमा लिनु पर्दछ । 






सम्बन्धित शिर्षक समाचारहरु

रौनक विश्वकप फुटबलको

बिहिबार साँझ रुसमा विश्वकप फुटबल प्रतियोगिताको औपचारिक सुरुवात भएको छ । विश्वकप फुटबलले यतिबेला विश्वकै ध्यान तानेको छ । सबै राष्ट्रका शासकदेखि नागरिकसम्मले पनि विश्वकपलाई चासोका साथ लिने गरेका छन् । विशेषगरी युवा जमातमा यो प्रतियोगिता वहसको विषय नै बनेको छ । सामाजिक सन्जालहरुमा विश्वकप फुटबल बाहेक अन्य विषय नै भेटिँदैनन् ।

मूल्यवृद्धिमा नियन्त्रण खै ?

संघीय सरकारले आगामी वर्षको वजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारहरुले पनि नीति तथा कार्यक्रम सार्वजनिक गरेर भोलि असार १ गते बजेट प्रस्तुत गर्दैछ । बजेटको चहलपहल हुना साथ बजारमा भने मूल्य आकाशिएको छ । वजेटहरुले आम नागरिकलाई तत्काल र प्रत्यक्ष लाभ हुने कुनै पनि कार्यक्रम ल्याएका छैनन् । तर बजार भाउ भने निकै बढेको छ ।

लागुपदार्थ उत्पादनको विकल्प

मकवानपुरमा पछिल्लो वर्षहरुमा लागुऔषधका मुद्दाहरुको संख्या बढेको छ । मुद्दाको संख्या बढ्नुमा प्रहरीको सक्रियता र कारोवारको संख्यामा पनि वृद्धि हुनु हो । जब कारोबार बढ्दछ तब प्रहरीको नियन्त्रणमा पर्नेहरुको संख्या पनि बढ्ने गर्दछ । जति मात्रामा प्रहरीले नियन्त्रणमा लिन्छ त्यति कै संख्यामा मुद्दाहरुको संख्या पनि बढ्ने गर्दछ । चार वर्षको अध्ययन गर्दा प्रत्येक वर्ष यस्ता मुद्दाहरुको संख्या बढेको छ ।

जनता र नेतालाई फरक नियम

लामो विवाद पछि प्रतिनिधिसभा नियमावली पारित गरेको छ । संसदले आफ्ना नियमिति गतिविधि गर्न वनाएको कानून नै संसद नियमावली हो । संविधानले दिएको संसदको विशेषाधिकार अन्तर्गत यस्तो नियम वन्ने गर्दछ । संसद नियमावली अन्तर्गत गरिने कुनै पनि क्रियाकलापमा अदालतमा मुद्धा समेत लाग्दैन ।

नीति तथा कार्यक्रममा पक्ष, प्रतिपक्ष

प्रदेश नम्बर ३ को नीति तथा कार्यक्रममाथि छलफल सकिएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको कार्यक्रम माथि परम्परागत रुपमा सांसदहरुको भूमिका देखियो । चित्त नबुझे पनि सरकार पक्षले समर्थन गर्ने र राम्रा कामको पनि प्रतिपक्षले विरोध गर्ने क्रम प्रदेश संसदमा पनि भयो । प्रदेश सभा वैठकमा विपक्षीहरुले हावादारी कार्यक्रम भन्दै गम्भीर आरोप लगाएका छन् ।



  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    13     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    10     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    35     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    986    
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    97    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    97    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top