+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

अनुमति बिना बालगृह सञ्चालन



समाज   12 पटक पढिएको   समाज संवाददाता     
भीमफेदी, ६ जेष्ठः मकवानपुरको भिमफेदी गाउँपालिकामा सञ्चालित बालगृह (बालमन्दिर) अनुमति बिना नै सञ्चालन भएको पाइएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा उक्त बालगृह अनुमति बिना नै सञ्चालन भएको पाईएको हो ।



जिल्लामा कुनै पनि संघसंस्था सञ्चालन गर्नु पुर्व जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । त्यस्तै कुनै पनि अनाथालय सञ्चालन गर्नु पुर्व महिला तथा बालबालिका कार्यालयबाट अनुमती लिई सञ्चालनमा आउनु पर्ने तथा जिल्ला बालकल्याण समितिबाट समन्वय हुनु पर्नेमा त्यस्तो नभएको पाईएको प्रमुख महिला विकास अधिकृत विष्णु कुमारी लामिछाने बताउनुभयो । नेपाल बाल संगठनको मातहतमा रहेको बालगृहतको अध्यक्ष रमेश गिरी हुनुहुन्छ । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले संस्थाको कागजात माग गर्दा केहि पनि नपाईएकोले आशंका पैदा भएको छ । उहाँले बाल अनाथालय सञ्चालन अनुमति सम्बन्धी सम्पुर्ण कागजात पेश गर्न बालगृहका अध्यक्ष गिरीलाई निर्देशन दिनुभएको छ । गिरीले भने नेपालभर संगठनको जग्गामा रहेका भवन तथा जमिनलाई स्पेनिश संस्थाले २०६२ सालदेखि सहयोग गर्दै आएको जानकारी दिनुभयो । अध्यक्ष गिरीले आर्थिक तथा भौतिक कुरा नेपाल बाल संगठन जिल्ला समितिसँग सरोकार नभएको बताउनुभयो । बालगृहमा हाल ३८ जना बालबालिका तथा चारजना स्पेनिश स्वयम्सेवी र चार जना कर्मचारी रहेका छन् ।

अनुगमन टोलीले शुक्रबार नै भीमफेदी गाउँपालिकास्थित अल्पकालिन महिला आश्रय केन्द्रको (सेफ–हाउस) र मकवानपुरगढी गाउँपालिकास्थित तिलगंगा बहुउद्देश्यीय सहकारी संस्थाको अवलोकन गरेको छ । अनुगमन टोलीमा जिल्ला समन्वय समिति मकवानपुरका जिल्ला समन्वय अधिकारी नारायण प्रसाद मैनाली, कोष तथा लेखा नियन्त्रक नारायण दत्त शर्मा, जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत सुजन कँडेल, जिल्ला वन कार्यालय सहायक वन अधिकृत राधिका शर्मा, महिला बालबालिका कार्यालय मकवानपुरका प्रमुख बिष्णु कुमारी लामिछाने, दलित महिला संघकी पवित्रा विश्वकर्माको सहभागिता रहेको थियो । 






सम्बन्धित शिर्षक समाचारहरु

अनुमति बिना बालगृह सञ्चालन - 2018-05-20

भीमफेदी, ६ जेष्ठः मकवानपुरको भिमफेदी गाउँपालिकामा सञ्चालित बालगृह (बालमन्दिर) अनुमति बिना नै सञ्चालन भएको पाइएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा उक्त बालगृह अनुमति बिना नै सञ्चालन भएको पाईएको हो ।

तटबन्धन व्यवस्थित गरिने - 2018-05-20

मनहरी, ६ जेष्ठः मनहरी गाउँपालिका वडा नं ७ मनहरी खोलाको तटबन्धनलाई व्यवस्थित गरिने भएको छ । प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको उपस्थितिमा मनहरी गाउँपालिकाले मनहरी बजार बचाउनका लागि ग्रीनबेल्टसहितको तटबन्धन निर्माण प्रयास थालेको हो । यसका लागि गाउँपालिकाको तर्फबाट बिस्तृत योजना प्रतिवेदन डिपिआर निर्माणका लागि प्राबिधिक जाँच गरिएको छ ।

एकेडेमीद्वारा हुप्रको सफाई - 2018-05-20

हेटौंडा, ६ जेष्ठः मदन भण्डारी स्पोर्टस एकेडेमी मकवानपुरले शनिबार हुप्रचौर सरसफाई गरेको छ । हाम्रो लागि हुप्र, स्वास्थ्यको लागि हुप्र, हुप्र सधै सफा राखौं भन्ने नारासहित चौरको सरसफाई गरिएको एकेडेमीले जनाएको छ ।

मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम - 2018-05-18

हेटौंडा, ०४ जेष्ठः कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले मकवानपुरको राक्सिराङ र भीमफेदी गाउँपालिकाका मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम सञ्चालन गरेको छ ।

क्रिष्टल तालिम सकियो - 2018-05-17

हेटौंडा, ०३ जेष्ठः हेटौंडा उपमहानगरपालिकाको प्रायोजनमा सक्रिय महिला समूह हेटौंडा–२ को आयोजनामा ७ दिने क्रिष्टल गहना बनाउने तालिम मंगलबार सकिएको छ । महिलाहरुलाई अर्थसँग जोड्न स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

भाषाको संरक्षण जरुरीः मुख्यमन्त्री - 2018-05-17

हेटौंडा, ०३ जेष्ठः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भाषासम्बन्धी व्यापक छलफल गरेर मात्र निश्कर्षमा पुग्न भाषा आयोगलाई अनुरोध गर्नुभएको छ । भाषालाई नेपाल सरकारले बढी प्राथमिकता दिएर संविधानमा व्यवस्था गरेको भन्दै उहाँले भाषासम्बन्धी छलफल जरुरी रहेको औँल्याउनुभयो । नेपाल बहुभाषिक राज्य भएकोले पनि कुनै एक भाषालाई प्रमुख बनाएर अन्य भाषालाई बञ्चित गर्न नहुने उहाँको भनाई छ ।

लक्ष्मीनारायण मन्दिरमा शिशमहल - 2018-05-17

हेटौंडा, ०३ जेष्ठः हेटौंडा–५, चिसापानीस्थित लक्ष्मीनारायण मन्दिरको तेश्रो तल्लामा निर्मित सीताराम शिशमहलको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मंगलबार शिशमहलको उद्घाटन गर्नुभएको हो ।

थाई शान्तिदूतद्वारा आमाघरको भुमिपुजन - 2018-05-14

मनहरी, ३१ बैशाखः थाइल्याण्डकी शान्तिदूत अफिनिता चाइचेनाले मनहरी गाउँपालिका–८ स्थित पिसपार्कमा निर्माणाधीन आमाघर आश्रमको भूमिपुजन गर्नुभएको छ । भूमिपुजन कार्यक्रममा बोल्दै शान्तिदूत चाइचेनाले प्रेम र शान्तिको भावना बृद्धि भएमा जस्तोसुकै अफ्ठ्याराहरुको सामना गर्न सकिने बताउनुभयो ।

मन्दिरमा साइकेन्द्रले धारा बनायो - 2018-05-13

हेटौंडा, ३० बैशाखः हेटौंडा–५ पिप्लेस्थित रुद्रेश्वर महादेव मन्दिर परिसरमा श्रीसत्य साई केन्द्र हेटौंडाले खानेपानीको धारा निर्माण गरिदिएको छ । शनिबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले धाराको उद्घाटन गर्नुभएको छ ।

हेटौंडाको ख्वपगल्ली बिस्तार हुँदै - 2018-05-13

हेटौंडा, ३० बैशाखः हेटौंडा बजारको व्यस्त र साँघुरो गल्ली ख्वपः गल्लीको विस्तार कार्य सुरु भएको छ । अव्यवस्थित, साँघुरो रहेको ख्वप गल्ली सडकलाई शुक्रबारबाट विस्तार गर्न सुरु गरिएको हो । सडक बिस्तारसँगै पैदल यात्री हिँड्न पेटी, खानेपानी पाईप, ढलको समेत एकैपटक व्यवस्था हुने ४ नम्बर वडाका अध्यक्ष नविन सिग्देलले जानकारी दिनुभयो ।

कौसी/करेसा खेती तालिम - 2018-05-13

हेटौंडा, ३० बैशाखः हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा हेटौंडा–५, पिप्लेमा कौसी तथा करेसाबारीमा तरकारी खेतीसम्बन्धी एकदिने तालिम भएको छ । शनिबार भएको तालिममा ५ नम्बर वडामा रहेका २५ वटा टोलविकास संस्था र सहकारीका सेयर सदस्यसहित कुल ६० जनाले सहभागिता जनाएका छन् ।
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top