+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

परिषद् बैठकका १० वटा निर्णय



राजनीति   110 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः ३ नम्बर प्रदेश समन्वय परिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । परिषद्को २ दिनसम्म प्रदेश राजधानी हेटौंडामा बसेको बैठकले नेपालको संविधानले परिकल्पना गरेबमोजिम संघ, प्रदेश, र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वय अभिबृद्धि गर्न साझा अधिकारका क्षेत्रमा ३ वटै तहका सरकारका काम, कर्तव्य र अधिकार प्रष्ट पार्नका लागि शिघ्र कानुन बनाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

परिषद् बैठकका १० वटा निर्णय


परिषद् बैठकले नेपालको संविधानले प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारसँग बाझिएका संघीय कानुनहरु संविधानको भावना र मर्म अनुसार संशोधन गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने, नेपालको संविधान बमोजिम कर्मचारी समायोजनको प्रक्रिया सुस्त हुँदा प्रदेश र स्थानीय तहको काम कारबाही र सेवा प्रक्रियामा बाधा पुगेकोले सरकारलाई छिटो भन्दा छिटो टुंग्याउन अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै प्रदेश लोकसेवा आयोग गठन, काम, कर्तव्य र अधिकार सम्बन्धी प्रदेश कानुन बनाउने, प्रयोजनको लागि संघीय संसदले उक्त अधिकार सम्बन्धी कानुन नबनाउँदा बाधा पुगेकोले संघीय सरकारलाई कानुन निर्माणको लागि अनुरोध गर्ने रहेका छन् ।

३ नम्बर प्रदेशको ढुंगा, गिट्टी, बालुवाको बिक्रि वितरण सम्बन्धी ऐन एवम् मापदण्ड निर्धारण सम्बन्धी अनुगमन गर्ने र उक्त विषयमा राजश्व चुहावट सम्बन्धी स्थानीय तह सचेत हुने पनि निर्णय भएको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । यसैगरी प्राकृतिक स्रोतको राजश्व प्रदेश सरकारको समन्वय जिल्ला समन्वय समितिले वैज्ञानिक ढंगले खर्च गर्ने पनि निर्णय भएको छ । प्रदेश तथा स्थानीय तहले विकास निर्माण गर्दा निजि स्वार्थ नहेरी गुणस्तरीय काम गर्नुपर्ने पनि समन्वय परिषद्को वैठकले निर्णय गरेको छ । न्यायिक तथा सुरक्षाको विषयमा अत्याधुनिक प्रविधि अपनाउने र उक्त कार्यको लागि सम्बन्धित संस्थाले समन्वय र सहकार्य गर्ने निर्णय भएको ३ नम्बर प्रदेश समन्वय परिषद्का अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभएको हो ।






सम्बन्धित शिर्षक समाचारहरु

परिषद् बैठकका १० वटा निर्णय - 2018-05-23

हेटौंडाः ३ नम्बर प्रदेश समन्वय परिषद् बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । परिषद्को २ दिनसम्म प्रदेश राजधानी हेटौंडामा बसेको बैठकले नेपालको संविधानले परिकल्पना गरेबमोजिम संघ, प्रदेश, र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वय अभिबृद्धि गर्न साझा अधिकारका क्षेत्रमा ३ वटै तहका सरकारका काम, कर्तव्य र अधिकार प्रष्ट पार्नका लागि शिघ्र कानुन बनाउन नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

बजेटसँगै अन्यौलता हट्छः मन्त्री पण्डित - 2018-05-23

हेटौंडाः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय सरकारको बजेट आएपछि प्रदेश सरकार र स्थानीय तह सञ्चालनमा देखिएको अन्यौलता हट्ने बताउनुभएको छ । त्यसैगरी संघीय संसदले धेरै कानुनहरु ल्याउने क्रममा रहेकोले थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । मंगलबार हेटौंडामा सम्पन्न भएको ३ नम्बर प्रदेशको समन्वय परिषद्को २ दिने वैठकको समापन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पण्डितले कुनै एक तह एक्लै कुदेर केहि नहुने बताउनुभयो ।

मुख्यमन्त्री पौडेल नेकपाको केन्द्रीय सदस्य - 2018-05-21

हेटौंडा, ७ जेष्ठः नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित मकवानपुरका ४ जना नेता चयन हुनुभएको छ । एमाले र माओवादी केन्द्रको एकतापछि मकवानपुरका तत्कालिन एमालेका ४ जना नेताहरु केन्द्रीय सदस्यमा चयन हुनुभएको हो ।

मनहरी गाउँपालिकामा ७ वटा ऐन पारित - 2018-05-21

मनहरी, ७ जेष्ठः मनहरी गाउँपालिकाको दोस्रो गाउँसभा आइतबार भएको छ । गाउँ परिषद्ले ७ वटा विभिन्न ऐनहरु पारित गरेको छ । गाउँसभामा न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यबिधीका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन, कृषि व्यवसाय प्रबद्र्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन, प्रशासकीय कार्यविधी नियमित गर्ने ऐन र आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्ने ऐनलाई गाउँ परिषद्ले पारित गरेको हो ।

प्रदेश समन्वय समितिको वैठक आज - 2018-05-21

हेटौंडा, ७ जेष्ठः ३ नम्बर प्रदेशको प्रदेश समन्वय समितिको वैठक आज सोमबारबाट सुरु हुने भएको छ । ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको आयोजनामा प्रदेश अन्तर्गतका १३ वटा जिल्ला समन्वय समिति, १ सय १९ वटा स्थानीय तहका प्रमुखहरुको सहभागितामा दुईदिने बैठक आजबाट हेटौंडामा हुने भएको हो ।

पूर्व बजेट छलफल सकियो / बजेटमा ५२ सांसदको सुझाव - 2018-05-20

३ नम्बर प्रदेशको पुर्वबजेट छलफल शुक्रबार सकिएको छ । बिहिबारदेखि सुरु भएको पुर्व बजेट छलफल शुक्रबार सकिएको हो । आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताको विषयमा २ दिन भएको छलफलमा प्रदेश सभाका ५२ जना प्रदेश सदस्यहरुले बोलेका थिए ।

सार्वजनिक लेखा समितिबारे अन्तरक्रिया - 2018-05-20

हेटौंडा, ६ जेष्ठः प्रदेश ३ को सार्वजनिक लेखा समिति र संसदीय मामिला अध्ययन तथा अनुसन्धान समाजको संयुक्त आयोजनामा प्रदेश सार्वजनिक लेखा समितिको काम, कर्तव्य र अधिकार सम्बन्धमा अन्तरक्रिया भएको छ । ३ नम्बर प्रदेश सभामुख सानुकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको अन्तरक्रियामा सार्वजनिक लेखा समितिको काम, कर्तव्य तथा अधिकारको विषयमा पुर्व सचिव सोम बहादुर थापाले सहजीकरण गर्नुभएको थियो ।

बाम एकता टिक्दैनः नेता भण्डारी - 2018-05-20

हेटौंडा, ६ जेष्ठः नेपाली कांग्रेसका नेता शंकर भण्डारीले दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रको वाम एकता नटिक्ने बताउनुभएको छ । नेपाल विद्यार्थी संघ वनविज्ञान अध्ययन संस्थान हेटौंडा ईकाईको आयोजनामा भएको नेविसंघको वार्षिक मुखपत्र सुनगाभा विमोचन कार्यक्रममा शनिबार बोल्दै भण्डारीले नेपालका कम्युनिष्टहरुको विगतमा पटकपटक नाडी छामिसकेको भन्दै वाम एकता २ वर्ष पनि नटिक्ने दावी गर्नुभयो ।

देशले समृद्धिको बाटोमा - 2018-05-20

मनहरी, ६ जेष्ठः प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले देशले समृद्धिको बाटो समातेको बताउनुभएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको खुसीयालीमा मनहरी गाउँपालिका ७ मनहरी बजारमा आयोजित चियापान कार्यक्रममा बोल्दै उहाँले विगतमा कम्युनिष्ट आन्दोलन सामन्तवादको अन्त्य र राजतन्त्रको अन्त्यका लागि गरिएको बताउनुभयो ।

मनहरीकोे दोस्रो गाउँपरिषद् आज - 2018-05-20

मनहरी, ६ जेष्ठः मनहरी गाउँपालिकाको दोस्रो गाउँपरिषद आज आईतबार हुँदैछ । आज हुने गाउँ परिषद्को तयारी पुरा भएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले जानकारी दिनुभयो । गाउँ परिषद्मा १४ वटा कार्यबिधीहरु पेश हुने विष्टले बताउनुभयो ।

पुनर्निर्माणको संकल्प प्रस्ताव दर्ता - 2018-05-18

हेटौंडा, ४ जेष्ठः ३ नम्बर प्रदेशका सदस्य ३ सांसदले प्रदेश सरकारले पुर्ण रुपमा पुनर्निर्माणको लागि संकल्प पेश गर्ने सुचना दिएका छन् । बिहिबार प्रदेश सभा सचिवालयमा प्रदेश सदस्यहरु प्रभात तामाङ, छिरिङ दोर्जे लामा र निमा लामाले प्रदेश नम्बर तीनको प्रदेश सभा नियमावली २०७४ को नियम ८४ बमोजिम संकल्प पेश गर्ने अनुमतिका लागि सुचना दिएका हुन् ।
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top