+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

पहिलो फुटसल प्रतियोगिता सुरु



खेलकुद   116 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, २१ फागुनः मकवानपुर जिल्लामै पहिलो फुटसल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । बीजी कन्सल्टेन्सी प्रालिको आयोजनामा न्हूच्छे–गोविन्द स्मृति अन्तरबैंक फुटसल प्रतियोगिताको पहिलो दिन ४ वटा खेलहरु भएका छन् । हेटौंडा–४, कमलडाँडास्थित हेटौंडा फुटसल सेन्टरमा भएको प्रतियोगिताको पहिलो दिनको उद्घाटन खेलमा एभरेष्ट बैंकले नविल बैंकलाई पराजित गरेको छ । एभरेष्टले नबिललाई भारी गोलन्तर (११–१) ले पराजित गरेको छ ।




 

शुक्रबार नै भएको अन्य खेलहरुमा अल्पाइन डेभलप्मेन्ट बैंकले बैंक अफ काठमाण्डु लुम्बिनीलाई १५–० गोलअन्तरले पराजित गरेको छ । यस्तै सेन्चुरी कमर्सियल बैंकले महालक्ष्मी विकास बैंकलाई १२–८ गोलअन्तरले पराजित गरेको छ भने नेपाल बंगलादेश बैंकले सिद्धार्थ बंैकलाई ५–३ गोलअन्तरले पराजित गरेको छ । १६ वटा बैंकको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगिता अन्तर्गत आज शनिबार सांग्रीला बैंक विरुद्ध सिटिजन्स बैंक, हिमालयन बैंक विरुद्ध सानिमा बैंक खेल्नेछ । यस्तै एनआइसी एसिया बैंक विरुद्ध ग्लोबल आइएमई र नेपाल एसबीआई बैंक विरुद्ध यति डेभलपमेन्ट बैंक खेल्नेछ ।

हेटौंडामै फुटसल कोर्ट सञ्चालनमा आएको दुई महिनापछि पहिलो औपचारिक प्रतियोगिता शुक्रबारबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटन कार्यक्रम बीजी कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक बिष्णुगोपाल महर्जनको अध्यक्षता एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, कार्यालय प्रमुख राजन दहाल खुसराजको पनि उपस्थिति रहेको थियो । प्रतियोगिताको उपाधी विजेताले १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । वित्तीय संस्थाका कर्मचारीबीच सौहाद्र्धता कायम राख्न, आपसी सम्बन्ध स्थापित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक बीजी कन्सल्टेन्सीका प्रबन्ध निर्देशक विष्णुगोपाल महर्जनको भनाइ छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top