: +०५७-५२६८३०, ९८५५०-६८२२७

खेलकुद


ज्ञानदीप र तासिर विजयी

खेलकुद 99 पटक पढिएको




समाज संवाददाता हेटौंडा, २८ माघः प्याव्सन मकवानपुरको खेलकुद सप्ताह कार्यक्रम अन्तर्गत क्रिकेट प्रतियोगितामा तासिर एकेडेमी र ज्ञानदीप शिक्षा निकेतन विजयी भएका छन् । तासिर एकेडेमीले ज्ञानोदय बालबाटिका एकेडेमीलाई र ज्ञानदीप शिक्षा निकेतनले अरनिको एकेडेमीलाई हराएको हो ।


बिहिबार भएको पहिलो खेलमा तासिरले ज्ञानोदयलाई निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको लक्ष्य दिएको थियो । तर ज्ञानोदयले १० ओभरमै अलआउट हुँदै ३८ मात्र जोड्न सक्यो । पहिलो खेलको म्यान अफ दि म्याच तासिर एकेडेमीका अनिश नेपाल हुनुभएको छ । 

त्यसैगरी बिहिबार नै भएको अर्को खेलमा ज्ञानदीप शिक्षा निकेतनले अरनिको विरुद्ध १ सय १७ रनको विशालअन्तरले जित हात पारेको छ । पहिले व्याटिङ गरेको ज्ञानदीपले ९ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । ज्ञानदीपका लागि साहिल श्रेष्ठले ४१ रनको योगदान दिनुभयो । जवाफी व्याटिङमा फितलो प्रदर्शन गरेको अरनिको एकेडेमीले १३ ओभरमा ४० रन मात्र बनाएर अल आउट भएको थियो । विजेता दुबै टोली क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     23
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970676 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top