+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ का लागि १४ उपसमिति



खेलकुद   177 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, ९ पुसः सुमन भोम्नज स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट हेटौंडामा हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ का लागि विभिन्न १४ वटा उपसमिति गठन गरिएको छ । प्रतिष्ठान अध्यक्ष भेष खड्गीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मूल समारोह समितिसहित १४ वटा उपसमितिहरु गठन गरेको छ । मूल समारोह समितिको संयोजकमा प्रतिष्ठान अध्यक्ष खड्गी रहेका छन् ।



प्रतियोगितामा सहभागी हुने टिम समेत निश्चित भइसकेको प्रतिष्ठानका अध्यक्ष खड्गीले जानकारी दिनुभयो । ‘प्रतियोगितामा सहभागी हुने टोलीको टुंगो लागिसकेको छ । प्रायोजक तथा सहप्रयोजक पनि लगभग टुंगो लागिसकेको छ । तयारी तीव्ररुपमा अगाडि बढाइएको छ’, प्रतिष्ठान अध्यक्ष खड्गीले भन्नुभयो । गोल्डकपका लागि प्रचारप्रसार उपसमिति संयोजक राजन दाहाल ‘रसिक’, आर्थिक उपसमिति संयोजक विशाल महत, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक सानु लामा, टीम व्यवस्थापन उपसमिति संयोजक दीपेन्द्र ढकाल, टिकट व्यवस्थापन उपसमिति संयोजक डेविन श्रेष्ठ, सचिवालय, स्टेज तथा अतिथि व्यवस्थापन समिति संयोजक सविन न्यौपाने तथा बलव्वाई उपसमिति संयोजक सुविन घिमिरेलाई तोकिएको छ ।

त्यसैगरी, सरसफाई तथा मैदान व्यवस्थापन समिति संयोजक रुपक मगर, खाना तथा आवास व्यवस्थापन समिति सुदीप राजबाहक, प्रतियोगिता व्यवस्थापन उपसमिति मकवानपुर जिल्ला फुटबल संघ, मूल्यांकन तथा पुरस्कार छनौट उपसमिति संयोजक विजयलाल श्रेष्ठ, स्थानीय व्यवस्थापन समिति संयोजक राजन खरेल तथा अनुशासन तथा मूल्यांकन उपसमिति संयोजक राजन दाहाल ‘खुशराज’ रहेका छन् । हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने प्रतियोगितामा घरेलु टिम, भारत, भुटानसहित १० टिमको सहभागिता रहनेछ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top