+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह

२ नम्बर वडा/ बालउद्यान र साइकल ट्र्याक



स्थानीय तह   80 पटक पढिएको        
हेटौंडा, २९ फागुनः हेटौंडा उपमहानगरपालिका २ नम्बर वडामा चालु आर्थिक वर्षमा बालउद्यान र साइकल ट्र्याक आकर्षक योजनाको रुपमा रहेको छ । २ नम्बर वडास्थित वन कार्यालय पछाडीको खानेपानी ट्याङ्कीदेखि वनस्खण्डीसम्मको ४ किलोमिटर लामो साईक्लिङ् ट्रयाक निर्माण गर्ने योजना रहेको जानकारी वडा अध्यक्ष हरि बहादुर राउतले जानकारी दिनुभयो ।



चालु आर्थिक वर्षमा २ किलोमिटर तयार गर्ने र आगामी आर्थिक वर्षमा २ किलोमिटर निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभएको छ । त्यस्तै वन कार्यालय पछाडीको भागमा बालउद्यान निर्माण गर्नका लागि बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

बालउद्यान निर्माणका लागि ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । हेटौंडा उपमहानगरपालिकाले २ नम्बर वडामा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडामा कुल १७ वटा योजना वडास्तरीय रहेकोमा ६ वटा सम्पन्न भईसकेको छ । वडामा बाटो विस्तार र भूमिगत ढल निर्माण आगामी योजना भएको बताउँदै वडा अध्यक्ष राउतले हाललाई पुरानै योजनालाई प्राथमिकताका साथ अगाडि बढाएर काम भईरहेको बताउनुभयो । सरकारी कार्यालय र उपमहानगर कार्यालय नै रहेको २ नम्बर वडामा उपमहानगरपालिकाले नगर स्तरीय योजनाहरु पनि संचालन गरेको छ । वडा नम्बर २ मा १ करोड बराबरको २ वटा नगरस्तरीय योजना सम्पन्न भईसकेको र अन्य संचालनमा रहेको समेत उहाँले जानकारी दिनुभयो । वडा नमबर २ को पुरानो मकवानपुर रोडमा ४५ लाख तथा बृद्धाश्रम रोड र क्याम्पस मकवानपुर पछाडिको बाटोमा २० लाखको योजना समेत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

विजयपथमा २३ लाख र देवीपथमा २८ लाख बराबरको योजना संचालनमा रहेको छ । वनस्खण्डीरोडमा रिटेलिङ्वालका लागि ५ लाख विनियोजन भएको छ भने वनस्खण्डी रोडमा बाटो विस्तारका लागि २ लाख, वासुदेव मार्गभित्री सडकका लागि ६ लाख, वनस्खण्डीमा शाखा बाटोको लागि २ लाख, सानोपोखरामा बाटो विस्तारमा १ लाख र सिद्धार्थपथमा बाटो बिस्तारका लागि २ लाख विनियोजन भएको जानकारी दिनुभयो । कुल २१ वटा टोल विकास संस्था रहेको वडामा पुरुष ५ हजार १ सय ३९ र महिला ४ हजार ८ सय ३९ गरी जम्मा ९ हजार ९ सय ७८ जनसंख्या रहेको छ । 








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    13     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    10     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    35     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    986    
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    97    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    97    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top