+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

श्रमजीवि पत्रकार ऐनबारे छलफल



समाज   66 पटक पढिएको   समाज संवाददाता हेटौंडा, २१ फागुनः     
पत्रकार महासंघ मकवानपुरको संयोजनमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजनामा आईतबार भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्वरोजगार पत्रकारहरुको लागि लोक कल्याणकारी विज्ञापनमा समेत प्राथमिकता दिनको लागि पहल गर्नुपर्ने बताउनुभयो ।



उहाँले प्रदेशको संरचना अनुसार अब महासंघको कार्यसमिति विस्तार हुने समेत बताउँदै अब मिडियाले पनि पहिले जस्तो शहर वा केन्द्रमा रहेर काम गर्न नसक्ने बताउनुभएको छ ।

श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रम निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले ऐन कार्यान्वयनका लागि सबै संचारमाध्यमहरुलाई आग्रह गर्दै राजधानीको पनि राजधानीमा पत्रकारहरुले सबैखाले निमय पालना गर्नुपर्ने विश्वास समेत रहेको बताउनुभएको थियो । कार्यक्रममा उहाँले देशका ठुला ठुला मिडियाले समेत ऐन पालना नभएर कारवाही गर्नु पर्ने बताउनुभएको थियो । उहाँले मिडिया सञ्चालकहरुलाई पत्रकारहरुलाई न्युनतम मापदण्ड अनुसार तलब तथा सुविाधा दिनुपर्नेको विकल्प नभएको समेत बताउनुभएका थियो । नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य तथा वरिष्ठ पत्रकार प्रताप विष्टले पत्रकारिता रुचिको विषय भन्दै समुदायलाई दिने सन्तुष्टीले काम प्रति सन्तुष्ट बनाउने बताउनुभएको थियो । कार्यक्रममा बोल्दै विष्टले भविष्य प्रष्ट भइसकेकाले पत्रकारिता गर्नुपर्ने भन्दै पत्रकारितासँगै अर्को अवसर खोज्न नहुने बताउनुभएको थियो । उहाँले सुचना र समाचार अब स्थानीय तह अनुसार नै फैलिएकोले त्यहि अनुसार रिपोर्टिङ गर्न पनि आग्रह गर्नुभएको थियो । 

अन्तरक्रियामा नेपाल पकार महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पत्रकारितामा अझै मिसन पत्रकारिताकै प्रभाव रहेको भन्दै अब व्यावसायिक पत्रकारिता गर्नुपर्ने तर्क गर्नुभएको थियो । त्यस्तै नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले पत्रकारहरुले पनि आफ्नो ऐन नियमको बारेमा जानकारी लिनुपर्ने बताउनुभएको थियो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका पत्रकारहरुको उपस्थिति रहेको थियो । 








सम्बन्धित शिर्षक समाचारहरु
  • विद्यालयको भवन हस्तान्तरण

    हेटौंडा, ३ साउनः रोटरी क्लब अफ हेटौंडाले निर्माण गरिदिएको ४ कोठे भवन हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको भृकुटी माध्यमिक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
    समाज
    6     समाज संवाददाता
  • लागूऔषधसहित महिला पक्राउ

    हेटौंडा, ३ साउनः जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष सुचनाको आधारमा मंगलबार लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ ।
    अपराध
         समाज संवाददाता
  • प्रगतिको अध्यक्षमा लामिछाने

    हेटौंडा, ३ साउनः हेटौंडा–५ मा रहेको प्रगति टोल विकास संस्थाको अध्यक्षमा विकास लामिछाने चयन भएका छन् । बुधबार भएको पाँचौं साधारण सभाबाट लामिछानेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिको चयन गरिएको हो ।
    समाज
    1     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    996    
  • क्लासिक टेकको अफर

    हेटौंडा, २७ कात्तिकः इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले घरायसी उपभोक्ताका लागि सुपथ मूल्य अफर ल्याएको छ । क्लासिक टेकले “काईदा छ, फाईदा छ” अफर बजारमा ल्याएको जनाएको छ ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
  • मुलुक समृद्धीको बाटोमाः मुख्यमन्त्री पौडेल

    हेटौंडा, १६ चैत्रः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हेटौंडामा बिहिबार भएको प्रादेशिक आर्थिक बहस कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले मुलुक आर्थिक मात्रै नभई सबै क्षेत्रमा समृद्धितर्फ अगाडि बढेको बताउनुभयो ।
    अर्थ / व्यापार
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top