+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

सहकारी साझेदारीमा उद्योग स्थापना गर्ने



अर्थ / व्यापार   112 पटक पढिएको        
हेटौंडा, ३ फागुनः हेटौंडा उपमहा–नगरपालिकाको सहकारी साझेदारीमा उद्योग स्थापना गर्ने योजना रहेको उपमेयर मिना लामाले बताउनु भएको छ । बुधबार सहकारी ऐन निर्माण सम्बन्धी भएको प्रारम्भिक छलफल कार्यक्रममा उहाँले सहकारीले परनिर्भरभन्दा पनि आत्मनिर्भर बनाउनतर्फ कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गर्नुभयो ।



उहाँले भन्नुभयो, “सहकारीसँग पैसा छ, जनशक्ति छ । त्यसलाई सदुपयोग गरेर सहकारी साझेदारी उद्योगको रुपमा कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ ।” सहकारीले महिलाहरुलाई ऋणी बनाएको भन्दै उपमेयर लामाले सहकारी मार्फत् औद्योगिक ग्राम बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाको सहकारी ऐन–२०७४ सम्बन्धी प्रारम्भिक छलफल बुधबार भएको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको संयोजकत्वमा बसेको सहकारीकर्मीहरुको बैठकले सहकारी ऐन निर्माण सम्बन्धी अन्तिम छलफल गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, सामाजिक विकास महाशाखाका प्रबन्धक भीम तिमल्सिना र सहकारीकर्मीहरुको संयुक्त बैठकले निर्माण गरेको सहकारी ऐन नगरसभाबाट पारित हुन्छ ।

उपमहानगरपालिका भित्र रहेका सहकारी संघ संस्थाहरुको दर्ता, सञ्चालन एवम् नियमन सम्बन्धी व्यवस्था गर्न सहकारी ऐन निर्माण गरिएको हो । हेटौंडा उपमहानगरपालिकाबाट स्वास्थ्य, शिक्षा, सहकारी, कृषि तथा वातावरणसम्बन्धी ऐन निर्माण भईरहेको भन्दै उपमेयर लामाले सम्बन्धित विषयका विज्ञहरुसँग छलफल भईरहेको बताउनुभयो । हेटौंडा उपमहा–नगरपालिकामा सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सहकारी विकास समिति पनि गठन गर्ने उहाँले जानकारी दिनुभयो । सहकारी क्षेत्रलाई नियमन गर्न सहज होस् भनेर संरचना निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख हरिबहादुर महतले सम्बन्धित सबैलाई उपमहानगरपालिकाप्रति उत्तरदायी हुन अनुरोध गर्नुभयो । ऐनलाई बढी भन्दा बढी जनमुखी कसरी बनाउने भन्ने बारेमा ध्यान दिन अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागी सहकारीकर्मीहरुले सहकारीदर्ता प्रक्रियामा वडाबाट सिफारिस ल्याउनु पर्ने व्यवस्था हुनु पर्ने बताएका छन् । दोहोरो सदस्यता र सहकारी वर्गीकरणमा स्पष्ट नीति हुनु पर्ने सहभागीहरुको भनाई छ ।

छलफलमा डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेलले मूल ऐनसँग नबाझिने गरी निर्माण गर्नुपर्ने भएकोले केही विषयहरु छुटेको बताउनुभयो । उहाँले सहकारी दर्ताको प्रक्रिया, सहकारी वर्गीकरण सम्बन्धी विषयहरु नियमावलीमा समेटिने जानकारी दिनुभयो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मुख्यमन्त्री कार्यालयको वेबसाईट सञ्चालनमा

    हेटौंडाः ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयले बिहिबारबाट आधिकारिक वेबसाईट सञ्चालनमा ल्याएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वेबसाईटको शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको वेबसाइट ocmcm.p3.gov.np रहेको छ ।
    राजनीति
    13     समाज संवाददाता
  • अन्तरजातीय ११ जोडी सम्मानित

    हेटौंडाः अन्तरजातीय विवाह गर्ने हेटौंडाका ११ जोडीलाई बिहिबार सम्मान गरिएको छ । समाजमा रहेकोे कुरीति विरुद्ध सशक्त कदम चालेको भन्दै अन्तरजातीय जोडीलाई सम्मान गरिएको हो । उपेक्षित सामुदायिक विकास मञ्चको आयोजना तथा हेटांैडा उपमहानगरपालिकाको सहयोगमा सम्मानपत्रसहित ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
    समाज
    10     समाज संवाददाता
  • बजेटको सिलिङप्रति वडा अध्यक्षहरु असन्तुष्ट

    हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि वडाहरुमा १६ करोड ७५ लाख बराबरको सिलिङ तोकेर पठाएको छ । उपमहानगरपालिकाले १९ वटा वडामा आगामी आर्थिक वर्षको लागि ७० लाखदेखि १ करोड रुपैयाँसम्मको सिलिङ तोकेर पठाएको छ । वडाले सोहि बजेटको सिलिङ भित्र रहेर योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नुपर्ने हुन्छ ।
    स्थानीय तह
    35     समाज संवाददाता
  • विद्यालयमा बाध्य बनाइँदै क्रिसमस

    समाज संवाददाता हेटौंडाः भोलि सोमबार क्रिसमस मनाइँदैछ । नेपालमा पनि क्रिस्चियन धर्मावलम्बीहरुको संख्या उल्लेख्य वृद्धि भइरहेको छ । वर्षकै महत्वपूर्ण पर्वको रुपमा मनाइने क्रिसमस क्रिस्चियन समुदायले विशेष धार्मिक आस्थाका आधारमा मनाउने गरेका छन् । तर, मकवानपुरका केही निजि विद्यालयले क्रिस्चियन समुदायको धार्मिक पर्वलाई बाध्य बनाउने प्रयास गरिरहेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षा दिने नाममा धर्मको गैरकानुनी रुपमा धर्म प्रचार, धार्मिक अभ्यास गराउने प्रयास भइरहेको छ ।
    समाज
    986    
  • जिल्लास्तरीय भलिबल आजबाट

    समाज संवाददाता हेटौंडा\६ असोज: केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबलको दोश्रो संस्करण आजबाट हटियामा सुरु हुँदैछ । हटिया स्पोर्टस एकेडेमीको आयोजनामा हुने प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ ।
    खेलकुद
    97    
  • मतदाताका लागि सुवर्ण अवसर

    सुरेन्द्र विष्ट सम्पूर्ण नगरबासीहरुमा नयाँ वर्ष २०७४ को शुभकामना । यो नयाँ वर्षले नेपालीहरुको काँधमा ठूलो जिम्मेवारीका साथ नयाँ वर्ष सुरु भएको छ । अब हामीले हाम्रो वडा, नगर र गाउँ कस्तो बनाउने भन्ने नयाँ वर्षले हाम्रो थकित काँधमा ठूलो भारी बोकाएको छ । अब हामीले हाम्रो पार्टी, हाम्रो मान्छे नभनिकन राम्रो पार्टी, राम्रो मान्छे खोज्नु पर्ने बेला भएको छ । किनभने हामीले प्रजातन्त्र प्राप्त पछि झण्डै तीस वर्ष हाम्रो मतदानबाट धेरै ठूला पार्टी भए, धेरै माननीय मन्त्री भए तर देशको अवस्था झन् बिग्रँदो र भ्रष्टाचारले व्याप्त भएको छ । हाम्रो जनशक्ति विदेश पलायन हुन बाध्य भएको छ । हाम्रो देशको युवायुवती खाडी मुलुकमा नोकर भएर बस्नु परेको छ । अझै दुख लाग्दो त दिनै पिच्छे २/३ जनाको लास आउने गरेको छ । हाम्रा कति चेली बलात्कारको शिकार भएका छन् ।
    विचार
    97    
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top