: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


एउटै व्यक्ति, एउटै भवन भुमिका दोहोरो

राजनीति 36 पटक पढिएको अमृत चिमरिया


एउटै व्यक्ति, एउटै भवन भुमिका दोहोरो


हेटौंडा, २५ माघः ३ नम्बर प्रदेशको प्रमुख सचिव तथा मध्यमाञ्चल क्षेत्रीय प्रशासक दुई वटा पदको रुपमा रहे तापनि भुमिका भने एकजनाले नै निर्वाह गर्ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेको प्रदेश प्रमुख सचिव रेश्मिराज पाण्डे यस अघि मध्यमाञ्चल क्षेत्रीय प्रशासकको भूमिका निर्वाह गरिहनुभएको थियो । प्रदेश नम्बर ३ को प्रमुख सचिवमा तोकिनु भएका पाण्डेले अझै क्षेत्रीय प्रशासकको भूमिका पनि निर्वाह गर्नुपर्ने छ ।

 स्थानीय प्रशासन ऐन अनुसार आफुले दुवै भुमिका निर्वाह गरेको भन्दै उहाँले काम एकै प्रकृतिको हुने र अधिकार मात्रै दुई थरीको हुने बताउनुभएको छ । ३ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय समेत स्थापना गरिएको छ । बुधबार मुख्यमन्त्रीको कार्यालयमा मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको समेत बोर्ड टाँगिएको हो । मुख्यमन्त्रीको कार्यालय तथा मध्यमाञ्चल क्षेत्रीय प्रशासनको कार्यालय रहेको भवनमा रंगरोगन भइरहेको छ । मुख्यमन्त्रीको कार्यालयका सचिव रमेश शिवाकोटीका अनुसार भवनलाई तीव्र रुपमा सजावट गरिरहेको छ । यसअघि जिल्ला समन्वय समिति रहेको उक्त भवनमा मुख्यमन्त्रीको कार्यालय बसेपछि जिल्ला समन्वय समिति पुरानो भवनमा सरेको छ ।

त्यस्तै बुधबार श्रम कार्यालयको नयाँ भवनमा भौतिक पुर्वाधार विकास मन्त्रालयको बोर्ड राखिएको छ भने र डिभिजन सहकारी कार्यालयमा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनि श्रम कार्यालयको नयाँ भवनमा सारिएको छ । डिभिजन सहकारी मन्त्रालयमा भने आर्थिक मामिला तथा योजना मन्त्रालय राखिएको छ । आर्थिक मामिला मन्त्रालयमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भन्दा कम कर्मचारी हुने भएकोले दुई मन्त्रालयको स्थान हेरफेर गरिएको अधिकारीको भनाई छ । प्रदेश नम्बर ३ का मन्त्रालयहरुमा २ सय ७ जना कर्मचारी मध्ये १ सय १ जना सरकारले खटाइसकेको र ३ वटा मन्त्रालयका सचिव आइसकेका छन् । मन्त्रालयका सचिवहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेव जोशी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव रमेश शिवाकोटी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिव कुमार वाग्ले आइसकेका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव पनि सरकारले खटाइसकेको र आइतबारसम्ममा मन्त्रालयमा हाजिर हुने मुखयमन्त्रीको कार्यालयले जनाएको छ ।

सचिव ३ जना, उपसचिव ५ जना र कार्यालय सहयोगी २ जना मात्र मन्त्रालयका लागि आएका छन् । कर्मचारीहरुको आउनेक्रम जारी रहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश शिवाकोटीकाअनुसार १ सय १ जना कर्मचारीको नामावली र सम्पर्क विवरण प्राप्त भइसकेकोले अब कर्मचारीलाई सम्पर्क गरी जिम्मेवारी दिइने छ । केन्द्रबाट जिम्मेवारी तोकिदिएपनि अहिले काम गर्दै आएको कार्यालयमा बुझबुझारत गरेर आउन केही समय लाग्ने सचिव शिवाकोटीले जानकारी दिनुभयो । मन्त्रालयहरुको कार्यालयीय व्यवस्थापनसँगै कर्मचारीहरु पनि हाजिर भएपछि प्रादेशिक संरचनाअनुसारको काम अगाडि बढ्ने शिवाकोटीले दावी गर्नुभयो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     13
राजधानीको लोभ मात्रै
सम्पादकीय     42
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970597 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top