: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


राई राष्ट्रिय सभा सदस्य निर्वाचित

राजनीति 9 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २५ माघः नेकपा एमाले मकवानपुरका पुर्व संयोजक तथा नेकपा एमाले ३ नम्बर प्रदेश सदस्य रामचन्द्र राई राष्ट्रिय सभा सदस्य सदस्य हुनुभएको छ । बुधबार भएको निर्वाचनमा ३ नम्बर प्रदेशको तर्फबाट राई अल्पसङ्ख्यकको कोटाबाट राष्ट्रिय सभामा निर्वाचित हुनुभएको हो ।

एमालेका नेता राईले वाम गठवन्धनको तर्फबाट ६ हजार ८ सय ७६ मत ल्याउनुभएको थियो भने निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनकृष्ण श्रेष्ठले २ हजार ५ सय ५६ मत ल्याउनुभएको थियो । मकवानपुर जिल्लाबाट राष्ट्रिय सभा सदस्यको लागि एकमात्र राई एकमात्र उम्मेद्वार रहनुभएको थियो । बुधबार राती १० बजेसम्म आएको निर्वाचनको परिणाम अनुसार ३ नम्बर प्रदेशको तर्फबाट राष्ट्रिय सभा सदस्यमा बलराम प्रसाद बास्कोटा, राधेश्याम अधिकारी,  रामबहादुर थापा, उदया शर्मा पौडेल, दिलकुमारी रावल थापा, धनकुमारी खतिवडा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई निर्वाचित हुनुभएको हो । 

प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता÷ अल्पसंख्यकसहित ५६ जना निर्वाचित हुनुपर्नेछ । ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तीमा एक महिलासहित तीनजना मनोनित गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभामा मकवानपुरबाट राई मात्रै एक्लो प्रतिनिधि हुनुभएको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     13
राजधानीको लोभ मात्रै
सम्पादकीय     42
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970598 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top