: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


लागुऔषधसहित ३ जना पक्राउ

अपराध 16 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २५ माघः मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले मंगलबार साढे ६ बजेको समयमा अबैध लागुऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख २७७० नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार मकवानपुरगढी गाउँपालिका–६ का २६ वर्षीय राज कुमार घलानलाई पक्राउ गरेको हो ।

घलानको शरीर खानतलासी गर्दा लागुऔषध गाँजा ५ किलो ४०० ग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले लागूऔषध ऐन–२०३३ बमोजिम ६ दिन म्याद थप गरी घलानको विषयमा आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । मंगलबार बिहान १० बजेको समयमा प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरी टोलीले भीमफेदी गाउँपालिका–२ स्थित सडकखण्ड नामटारबाट हेटांैडातर्फ आउँदै गरेको बा २ ख ६५८२ नम्बरको बसबाट लागुऔषध नियन्त्रणमा लिएको छ । सोही बसमा सवार भिमफेदी गाउँपालिका–९ का १७ वर्षीय सुनिल लामा र हेटौंडा–५ का १८ वर्षीय जनक सुवेदीलाई लागुऔषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सुनिल लामाले बोकेको झोलामा २ सय ग्राम गाँजा बरामद भएको प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970657 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top