: +०५७-५२६८३०, ९८५५०-६८२२७

अपराध


अभियुक्त फरार प्रकरण/ तीन प्रहरी निलम्बित

अपराध 19 पटक पढिएको विवस अधिकारी




हेटौंडा, २५ माघः म्याद थप गर्न अदालत लैजाने क्रममा अभियुक्त फरार भएको घटनामा संलग्न प्रहरीलाई निलम्बन गरी घटनाको अनुसन्धान सुरु गरिएको छ । निलम्बनमा पर्ने तीनै जना प्रहरी जवानहरु हुन् ।

म्याद थप गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सोमबार अदालत लैजाने क्रममा लागुऔषध मुद्दामा पक्राउ परेका सर्लाहीका दिपेन्द्र साह फरार भएका थिए । साहलाई सोमबार नै १५ किलो ४ सय ग्राम गाँजासहित मकवानपुुर प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अपराधी फरार भएपछि ड्युटीमा खटिएका जवानहरु श्रीकृष्ण गुरुङ, हरीचन्द्र थामी र अशोक बिकलाई निलम्बन गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिप राज झाले जानकारी दिनुभयो । उनिहरुमाथि छानविन कमिटी गठन गरेर कारबाही प्रक्रिया अगाडि बढाईएको नायव उपरीक्षक झाले जानकारी दिनुभयो ।

कसुर ठहर भएमा उनिहरुलाई प्रहरी ऐन २०१२ को दफा ३४ को झ बमोजिम कारबाहि हुने प्रहरी नायव उपरीक्षक झाले जानकारी दिनुभयो । प्रहरी ऐन २०१२ को (झ) का अनुसार गारद, पिकेट, प्याट्रोलको कमाण्डमा छँदा रीतपुर्बक बुझाएको कैदी वा व्यक्ति बुझ्न ईन्कार गरेमा, मनासिब अख्तियार बिना आफ्नो जिम्मामा रहेको कुनै व्यक्ति वा कैदीलाई छाडेमा वा लापरवाही गरी त्यस्तो कैदी वा व्यक्ति भाग्न दिएमा पाँच वर्षसम्म कैद वा एक वर्षको तलब बराबरसम्म जरीवाना वा दुबै हुने व्यवस्था रहेको छ । अनुसन्धान भईरहेको र कसुर ठहर भएमा सोहि बमोजिमको कारबाहि हुने प्रहरी नायव उपरीक्षक झाले जानकारी दिनुभयो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970626 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top