: +०५७-५२६८३०, ९८५५०-६८२२७

समाज


मानवीय भावना बढाउन ‘करुणा’

समाज 10 पटक पढिएको प्रिया पौडेल




हेटौंडा, २५ माघः मानवता, परोपकार एवम् सामाजिक भावनाको प्रवद्र्धनका लागि मानवसेवा आश्रमका अभियन्ताहरुले ‘करुणा’ नाटक तयार पारेका छन् । करुणा नाटक विद्यालयमा मञ्चन गरी विद्यार्थीहरुमा मानवताको भाव अभिवृद्धि गर्ने लक्ष्य रहेको मानवसेवा आश्रमका अभियन्ताको भनाई छ ।

बुधबार २ वटा विद्यालयमा ‘करुणा’ मञ्चन गरिएको छ । हेटौंडा–४ कन्तिराजपथस्थित  हेटौंडा सिटी कलेज तथा जेनिथ इन्टरनेशनल कलेज र ब्रह्मदिक एकेडेमीमा ‘करुणा’ नाटक मञ्चन गरिएको हो ।

बुधबारबाट सुरु भएको नाटक एकहप्तासम्म मकवानपुरका विद्यालयहरुमा प्रदर्शनी हुने बताईएको छ । नाटकमा मानवसेवा आश्रमले दैनिक सेवा प्रदान गर्दै आएको विषयलाई समावेश गरिएको छ । सडकमा अपहेलित भएर बाँच्न बाध्य भएका, यौनजन्य हिंसा भोग्न बाध्य भएका, एक छाक खाना खान समस्या भएका अपाङ्ग अशक्त तथा मानसिक अवस्था असन्तुलित भएर सडकमा बस्न बाध्य भएकाहरुको विषयलाई नाटकमा राखिएको छ । नाटकबाट प्रभावित भई अनिल पाण्डे तथा कलेज परिवारबाट मानवीय सेवाको कार्यको लागि थप सहज बनाउने दस हजार रुपैयाँ सहयोग गर्नुभएको छ । 

२० मिनेटको नाटकमा बेसहारालाई आश्रमले प्रदान गर्ने सेवाका बारेमा जानकारी समेत गराउने सामग्री समेटिएको छ । सडकमा रहने बेसहारालाई दूव्र्यवहार नगरी साथ र सहयोग गरी मानवीय व्यवहार प्रस्तुत गर्न प्रेरित गर्ने कथानक रहेको मानवसेवा आश्रमका अभियन्ता होमनाथ तिमल्सिनाले जानकारी दिनुभयो । नाटकमा ६ जना कलाकारले कला प्रस्तुत गरेका छन् । सबै कलाकार मानवसेवा आश्रमकै अभियन्ता र साधक, साधिका छन् । 





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     23
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970680 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top