+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

अशोकको कप्तानीमा विजय युथ



खेलकुद   21 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २५ माघः बाराको सिमरा रंगशालामा आज बिहिबारबाट सुरु हुने रुस्लान नवौं सिमरा गोल्डकपमा हेटौंडाको विजय युथ क्लब अशोक बरालको नेतृत्वमा सहभागी हुँदैछ । यु–२३ राष्ट्रिय टिमका गोलरक्षक अशोक बरालको कप्तानीमा विजय युथ क्लब सिमरा गोल्डकपमा सहभागी हुन लागेको हो । प्रतियोगितामा सहभागिताका लागि तयारी पुरा भएको क्लबका अधिकारीले जानकारी दिएको छ ।



प्रतियोगिताको उद्घाटन खेलमा आज हेटौंडाको बिजय युथ क्लब र आयोजक नवजनजागृति क्लब ‘सेतो’ बीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा सहभागी हुन सम्पुर्ण तयारी पुरा भएको बिजय युथ क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिनुभयो । विजय युथ कलबले गोलरक्षक अशोक बरालको कप्तानीमा प्रतिस्पर्धा गर्ने अध्यक्ष राजबाहकले जानकारी दिनुभयो । विजय युथ क्लबमा ‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडीहरु डोना थापा, हेमन गरुङ, विमल राना मगर, रवि थापा र सुशील लामा रहेका छन् । विजय युथमा हेटौंडाका अशोक बरालसँगै सुरज बिष्ट, मनोज बिष्ट, सुशन लामा, कृष्ण लामा, धुब्र श्रेष्ठले पनि खेल्नेछन् ।

विपक्षी टिम बलियो रहेको उल्लेख गर्दै सोहि अनुसारको तयारी गरिएको अध्यक्ष राजबाहकले जानकारी दिनुभयो । विजय युथ क्लबका प्रशिक्षक सुविन घिमिरेले सम्पुर्ण तयारी पुरा भएको र जित्नका लागि मैदानमा उत्रने बताउनुभयो । विपक्षी टिमबाट मनाङमस्र्याङ्दी क्लब र झापा ११ का खेलाडीहरु खेल्ने बताउँदै प्रशिक्षक घिमिरेले सोहि अनुसारको तयारी गरिएको जानकारी दिनुभएको छ । फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछन् । त्यस्तै ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top