: +०५७-५२६८३०, ९८५५०-६८२२७

खेलकुद


भोलिदेखि वाग्मती गोल्डकप

खेलकुद 6 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २५ माघः वाग्मती गाउँपालिकाको प्रायोजन तथा वाग्मती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भोलि शुक्रबारबाट वाग्मती गोल्डकप हुने भएको छ । फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा मकवानपुरसहित ४ वटा जिल्लाका टोली सहभागी हुने बताइएको छ ।

मकवानपुरका ७ टोली र रौतहट, सिन्धुली, र काभ्रेको १/१ टोलीले सहभागिता जनाउने वाग्मती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अर्यालले जानकारी दिनुभएको छ । नकआउट प्रणालीमा हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ सहित शिल्ड तथा मेडल प्रदान गर्नेछन् भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड तथा मेडल प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । विधागत पुरस्कारतर्फ भने उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले नगद १० हजारसहित ट्रफी पाउने वाग्मती गाउँपालिकाले जानकारी दिएको हो । भोलि हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वाग्मती खेलकुद विकास समिति तथा बकैया खेलकुद विकास समिति बीच रहेको छ । प्रतियोगिताको उद्घाटन मकवानपुर क्षेत्र नम्बर १ का सांसद कृष्ण दाहालले गर्ने वाग्मती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अर्यालले जानकारी दिनुभएको हो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     23
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970664 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top