: +०५७-५२६८३०, ९८५५०-६८२२७

राजनीति


एमाले मकवानपुरले सुझाव सूचिमा हेरफेर गरेन

राजनीति 101 पटक पढिएको समाज संवाददाता




हेटौंडा, २१ असोजः नेकपा एमाले मकवानपुरको प्रदेश सभा समन्वय कमिटीले बुधबार र प्रतिनिधि सभा समन्वय कमिटीले बिहिबार पठाएको सुझाव सूचिका आकांक्षीको नाममा कुनै हेरफेर नै नगरी पार्टीको प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार नेकपा एमाले मकवानपुर जिल्ला कमिटीको बैठकले प्रदेश सभा सदस्य निर्वाचनका लागि सुझाव सूचिमा परेका १५ जना आकांक्षी र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुझाव सूचिमा परेका ६ जना आकांक्षीको नाम कुनै हेरफेर नै नगरी प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको नेकपा एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला कमिटीको शुक्रबारको बैठकले समानुपातिक सूचिमा दावी गर्ने नेताहरुको पनि सूचि तयार पार्ने विषयमा छलफल गरेको जनाएको छ । बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूचिमा समावेश हुन ५० भन्दा बढी नेता, कार्यकर्ताले चासो देखाएको पार्टी सचिव श्रेष्ठले बताउनुभयो । सोमबारसम्ममा समानुपातिकतर्फको आकांक्षीको अन्तिम सूचि पनि तयार हुने बताइएको छ । पार्टी केन्द्रीय समितिले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुबैमा एकजना महिलासहित ३ जनाको नाम निर्वाचन क्षेत्र कमिटी, पार्टी जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत पार्टी स्थायी कमिटीमा सिफारिस गर्न निर्देशन दिएको बताइएको छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेको प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले बिहिबार मकवानपुरको क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल, अनन्त पौडेल र चन्द्रकला ढुंगानाको नाम सुझाएको छ भने २ नम्बर निर्वाचन क्षेत्रबाट सुवासचन्द्र ठकुरी, विरोध खतिवडा र ठाकुरराम खड्काको नाम सुझाउने निर्णय गरेको थियो । नेकपा एमाले मकवानपुरको प्रदेश क्षेत्रीय कमिटीले बुधबार ४ निर्वाचन क्षेत्रका लागि १५ आकांक्षीको सूचि पार्टी जिल्ला कमिटीलाई सुझाएको थियो ।






कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970660 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top