: +०५७-५२६८३०, ९८५५०-६८२२७

अर्थ / व्यापार


तरकारीको मूल्यमा दोब्बरले वृद्धि

अर्थ / व्यापार 103 पटक पढिएको प्रिया पौडेल




हेटौंडा, ३२ साउनः देशव्यापी रुपमा भएको वर्षँ र तराईको बाढीको बाहानामा मकवानपुरमा तरकारीको मूल्य आकाशिएको छ । एकसाता अघि मात्र सामान्य रहेको तरकारीको मूल्य बाढीको बाहानामा दोब्बरले महङ्गो भएको छ । शुक्रबारदेखि परेको लगातारको वर्षाको कारण मकवानपुरको तरकारी मूल्यमा पनि निकै घटबढ भएको छ । जिल्लाभित्रै उत्पादन हुने तरकारीको पनि मूल्य अस्वभाविक रुपमा दोब्बर वृद्धि भएको छ ।

एकसाता अघि हेटौंडाको तरकारी बजारबाट प्रतिकिलो ४० रुपैयाँमा भिण्डी विक्रि भएको थियो । अहिले हेटौंडाको खोपेगल्लीबाट भिन्डी ८० रुपैयाँ प्रतिकिलोमा विक्रि भईरहेको छ । एक साताअघि २५ रुपैयाँ प्रतिकिलोमा विक्रि भएको प्याज अहिले ६० रुपैयाँ प्रतिकिलोमा विक्रि भईरहेको छ । ५० रुपैयाँ प्रतिकिलोमा विक्रि भएको गोलभेडा अहिले हेटौंडा बजारमा खुद्रा १ सय २० रुपैयाँ प्रतिकिलोमा विक्रि भईरहेको छ । तर, हेटौंडा बजारमा एक सय रुपैयाँ थोक मूल्यमा गोलभेडा विक्रि भईरहेको छ । यसमा पनि थोक मुल्य र खुद्रा मुल्यमा निकै फरक देखिन्छ । व्यापारीले थोक मूल्यभन्दा धेरै मूल्यमा उपभोक्तालाई विक्रि गरिरहेका छन् । हेटौंडा बजारको बसपार्कमा थोक मूल्यमा विक्रि भईरहेको तरकारी बजारको खुद्रामा विक्रि हुँदा ५० प्रतिशत रकममा फरक पर्न आउँछ । जसले गर्दा पनि तरकारीको मूल्यमा निकै फरक देखिएको छ । व्यापारीले मूल्य निर्धारण गरेर विक्रि गर्दा पनि तरकारीको मूल्यमा आवश्यक भन्दा बढी वृद्धि भएको हो ।

हेटौंडा बजारको बसपार्कबाट माछे खुर्सानी थोक मूल्य ६० रुपैयाँ प्रतिकेजी, काँक्रो ४० रुपैयाँ, भेंडे खुर्सानी ६० रुपैयाँ प्रतिकिलो, भण्टा ३० रुपैयाँ प्रतिकिलो, च्याउ १ सय ८० रुपैयाँ प्रतिकिलो रहेको छ । केही समयअघि मात्र ६० रुपैयाँ प्रतिकिलोमा विक्रि भएको काउली अहिले हेटौंडा बजारबाट खुद्रा मूल्य १ सय २० रुपैयाँ प्रतिकिलोमा विक्रि भईरहेको छ । तर, अहिले पनि काउलीको थोक मूल्य ६० रुपैयाँ प्रतिकिलो रहेको नेपाल फलफुल तथा तरकारी व्यवसायी संघका अध्यक्ष खड्ग बहादुर मोक्तानले बताउनुभयो । त्यसैगरी, १० रुपैयाँ प्रतिकिलोमा विक्रि भएको बन्दा अहिले २० रुपैयाँ प्रतिकिलोमा विक्रि भईरहेको छ । अहिले बाहिरी जिल्लाबाट तरकारी आयात नभएको भन्दै अध्यक्ष मोक्तानले मकवानपुरको चित्लाङ, पालुङ, दामन, डाडाँखर्क, कुलेखानी र भिमफेदीबाट तरकारी उत्पादन भई बजारमा आउने गरेको जानकारी दिनुभयो ।

तरकारीको मूल्य वृद्धि हुनुमा मौसम मुख्य कारण भएको उहाँले स्पष्ट पार्नुभयो । बाहिरी जिल्लाबाट तरकारीको माग धेरै भएको र जिल्लामा तरकारी उत्पादन कम भएकोले मूल्यमा वृद्धि भएको उहाँले बताउनुभयो । तरकारीको मूल्यमा अझैं वृद्धि हुने उहाँको भनाई छ । मकवानपुरको उत्पादन बारा, रौतहट, सर्लाही, पोखरा, बुटवल, धादिङ, चितवन, काठमाडौं लगायतका जिल्लाहरुमा निर्यात हुने गरेको छ । अहिले हेटौंडा बजारमा जिल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको तरकारी दैनिक १० टन आयात हुने गरेकोमा दैनिक ७ टन बाहिरी जिल्लामा निर्यात हुने गरेको अध्यक्ष मोक्तानले जानकारी दिनुभयो । हेटौंडा बजारमा ५ टन तरकारी खपत हुनेमा अहिले ३ टनले पु¥याउनु पर्ने भएकोले पनि तरकारी महङ्गो भएको उहाँले बताउनुभयो ।

तराई डुवानका कारण तरकारी उत्पादन नभएकोले पनि तरकारीको मूल्य आकाशिएको नेपाल फलफुल तथा तरकारी व्यवसायी संघ मकवानपुरका अध्यक्ष खड्ग बहादुर मोक्तानले जानकारी दिनुभयो । यस्तै, उत्पादन भन्दा पनि माग धेरै भएर पनि तरकारीको मूल्यमा धेरै वृद्धि भएको उहाँले बताउनुभयो ।


फोहोर व्यवस्थापन गर्न छलफल 

हेटौंडाः हेटौंडा–१० बसपार्कमा रहेको फलफुल तथा तरकारी बजारबाट निस्किएको फोहोर व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकासँग छलफल गरिएको छ । फोहोर संकलनमा ढिलाई भएकोले समयमा नै फोहोर संकलन गर्न मंगलबार अनौपचारिक छलफल गरिएको हो ।

५ दिनदेखि फोहोर संकलन नगरेको भन्दै नेपाल फलफुल तथा तरकारी व्यवसायी संघले छलफल गरेको थियो । उपमहानगरपालिकाले फोहोर संकलन नगर्नु र वर्षाका कारण तरकारी बजार अव्यवस्थित बन्दै गएकोले समस्या भएको संघका अध्यक्ष खड्ग बहादुर मोक्तानले जानकारी दिनुभयो । फोहार संकलन गरेबापत हेटौंडा उपमहानगरपालिकाले मासिक १५ हजार रुपैयाँ लिन गरेको छ । छलफलपछि मंगलबार नै पहिलो चरणमा फोहोर उठाईएको छ । आगामी दिनमा दैनिक फोहोर संकलन गर्ने हेटौंडा उपमहानगरपालिकाले उल्लेख गरेको छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     42
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970603 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top