+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
खेलकुद

हेटौंडामा आमन्त्रण तेक्वान्दो सुरु



खेलकुद   2 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, २१ साउनः हेटौंडामा शुक्रबारबाट दोस्रो खुला आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । मकवानपुर तेक्वान्दो डोेजाङको आयोजनामा भएको प्रतियोगिताको शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले उद्घाटन गर्नुभएको हो ।

हेटौंडामा आमन्त्रण तेक्वान्दो सुरु


प्रतियोगितामा महिला ४६ केजीतर्फ मध्यपृतना हेटौंडाकी सिर्जना थापा मगर र बुटवलकी सरिता श्रेष्ठले अन्तिम दुईमा स्थान बनाउनुभएको थियो । पुरुषतर्फ ५४ केजी समुहमा मध्यपृतना हेटौंडाका भीम लोहार र काठमाडौंका सतिस राईले फाइनल पवेश गर्नुभएको छ । त्यस्तै ५८ केजी तर्फ सुरज श्रेष्ठ, र सुरज थापा मगर फाइनलको यात्रा तय गर्नुभएको छ । महिला तर्फ ५३  केजी समुहमा मध्यपृतना हेडक्वार्टरकी होम कुमारी गुरुङ र आयोजक टिमबाट सनजु तुम्सिङ मगर फाइनलमा छिर्नुभएको छ । प्रतियोगिता अन्तर्गत आज ८ वटा समुहको खेल हुने आयोजक मकवानपुर तेक्वान्दो डोेजाङका प्रमुख रविन जोशीले बताउनुभएको छ । प्रतियोगितामा काठमाडौं, उदयपुर, धादिङ्ग, वुटवल, इटहरी, चितवन, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर र मध्यपृतना हेडक्वार्टरको सहभागिता रहेको छ । 

प्रतियोगितामा कुल एकसय ६१ जना खेलाडीले १३ स्वर्णका लागि प्रतिस्पर्धा जारी रहेको छ । जसमा पुरुषतर्फ आठ स्वर्ण र महिलातर्फ पाँच स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने १३ रजत र २६ कास्यका लागि खेलाडी प्रतिसपर्धा गरिरहेका छन् । हेटौंडा फुटसलमा भइरहेको प्रतियोगितामा पुरुष जुनियरतर्फ ३२–३६ केजी तौल समूह, ३६–३९ केजी तौल समूह, ३९–४४ केजी तौल समूह र ४४–४९ केजी तौल समूहका खेलहरु भइरहेका छन् । पुरुष सिनियरतर्फ ५४ केजी, ५८ केजी, ६३ केजी र ६८ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ भने महिलातर्फ ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी र ६२ केजी तौल समूहमा खेलहरु भइरहेको प्रतियोगिताकी संयोजक निरु कुमारी मगरले जानकारी दिनुभएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमिल्सना, जिल्ला तेक्वान्दो संघ मकवानपुर अध्यक्ष दिलिप राजथला, उपाध्यक्ष अर्जुन खड्का तथा आयोजक डोजाङका प्रशिक्षक तथा प्रतियोगिता संयोजक निरुकुमारी मगरलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top