+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

सोचे जति काम गर्न सकिनः एसपी लामा



समाज   162 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, १९ साउनः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसन्त कुमार लामाले मकवानपुरमा कार्यरत रहँदा सोचे जति काम गर्न नसकेको बताउनुभएको छ । मकवानपुरमा रहँदा सेवाकालकै महत्वपूर्ण उपलब्धीको रुपमा पदोन्नति र पदक पाउन सफल भएको भन्नुहुँदै एसपी लामाले मकवानपुर जिल्ला सधै स्मरणीय रहने बताउनुभयो ।



सरुवा भएर जाने क्रममा रहनुभएका लामाले जाँदाजाँदै सञ्चारकर्मीसँग अन्तरक्रिया गर्न चाहेको बताउनुभयो । करिब ८ महिनाको कार्यकालमा महत्वपूर्ण उपलब्धी र उल्लेखनीय कार्य गर्न सफल भएको पनि एसपी लामाले दावी गर्नुभयो । एसपी लामाले सुरुवाती दिनहरुमा केहि काम गर्न सुरु गर्ने बित्तिकै २५ मिटर सडक विस्तार काण्डले अल्झाएको र त्यसपछि स्थानीय तहको निर्वाचन र अन्य कुराहरुले गर्दा जिल्ला प्रहरी कार्यालयको तर्फबाट रचनात्मक काम सोचे जति नभएको बताउनुभएको थियो । पत्रकार सम्मेलनमा बोल्दै एसपी लामाले मकवानपुरमा काम गर्दै जाँदा पटक पटक सिफारिस भएर पनि पाउन नसकेको प्रवल जनसेवाश्री पदक पाएको र प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हुन पाएकोले उहाँले मकवानपुर जिल्लालाई भाग्यमानी जिल्लाको रुपमा व्याख्या गर्नुभएको थियो ।

मकवानपुर जिल्लामा सडक दुर्घटना, ट्राफिक र लागुपदार्थ मुख्य समस्या रहेकोले यो विषयमा सबै क्षेत्रको सरोकारवालाहरु गम्भीर हुनुपर्ने बताउनुभएको थियो । उहाँले नेपाल सरकारलाई हेटौंडा क्षेत्रीय लागुपदार्थ दुव्र्यसनी सुधार गृहको लागि पहल गर्नुपर्ने बताउँदै आफ्नो क्षेत्रबाट पनि सक्दो सहयोग गर्ने बताउनुभएको थियो । सरुवा भएर विदाई हुन लागेको कुरा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा लामाले हेटौंडालाई बाहिरबाट हेर्दा जति सुन्दर देखिन्छ भित्रबाट लागुपदार्थले त्यति नै कुरुप पनि बनाएको बताउनुभएको थियो । पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक वामदेव गौतम, प्रहरी निरीक्षक मधुकुमार थापाको पनि उपस्थिति रहेको थियो । यसैबीच अफिसर्स क्लबले एपसी लामाको बिदाई गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी एसपी लामाको विदाई गरिएको हो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top