+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

शहीद स्मारकमा बोटानिकल अर्किड गार्डेन



अर्थ / व्यापार   118 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, ९ असोजः देशकै नमूना पार्कको रुपमा स्थापित हेटौंडा–११ स्थित शहीद स्मारकमा बोटानिकल अर्किड गार्डेन निर्माण हुने भएको छ । शहीद स्मारक विकास समितिले गार्डेन निर्माणको कार्य चालु आर्थिक वर्षभित्रै पूरा गर्ने जनाएको छ । वनस्पतीशास्त्रको अध्ययन, अनुसन्धानमा समेत सहयोग पुग्ने अपेक्षासहित शहीद स्मारक विकास समितिले अर्को आकर्षणको रुपमा गार्डेन निर्माण गर्ने योजना बनाएको अध्यक्ष डोरमणि पौडेलले जानकारी दिनुभयो ।



 शहीद स्मारक विकास समितिको शनिबार सम्पन्न १२औं परिषद् बैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष पौडेलले निश्चित स्थान निर्धारण गरी बोटानिकल अर्किड गार्डेन निर्माण गरिने बताउनुभयो ।

यस्तै समितिले एसियाली विकास बैंकको ५० प्रतिशत अनुदान र ५० प्रतिशत सहुलियत ऋणमा भ्यु टावर निर्माण कार्यका विषयमा पनि पहल गर्ने जनाएको छ । पर्यटकलाई आकर्षित गर्न घोडचढीको अवसर समेत रहने गरी एउटा घोडा र सर्वसाधारणको अवलोकनका लागि एकजोडी अष्ट्रिच चरा पनि ल्याइने अध्यक्ष पौडेलले बताउनुभयो । वार्षिक परिषद् बैठकको अवसरमा अध्यक्ष पौडेलले आन्तरिक एवम् बाह्य आम्दानीबाट भएका विकास निर्माण कार्यका बारेमा जानकारी गराउनुभएको थियो । पछिल्लो समय शहीद स्मारकमा बाह्य स्रोतबाट आकर्षक मूलगेट, झोलुङ्गे पुल, पार्किङ क्षेत्र विस्तार, शहीद अध्ययन तथा अनुसन्धान केन्द्र, जेट फाउन्टेन निर्माण भएको जनाएको छ । यस्तै प्रजातान्त्रिक पार्क, पौडी पोखरीको पुनर्निर्माणको कार्य भइरहेको बताइएको छ ।

विभिन्न दातृ निकायबाट शहीद स्मारकलाई सहयोगको दर बढ्दै जानु सकारात्मक रहेको उल्लेख गर्नुहुँदै अध्यक्ष पौडेलले वार्षिक योजनाअनुसारको काम गर्न नसक्नु चुनौतिको विषय भएको बताउनुभयो । शहीद स्मारक विकास समितिका कोषाध्यक्ष मनोज कुमार सुवेदीले आर्थिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । आर्थिक वर्ष २०७२/७३ सम्ममा शहीद स्मारक विकास समितिसँग १ करोड ६ लाख रुपैयाँ बचत रहेको कोषाध्यक्ष सुवेदीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२/७३ मा आन्तरिक आय ८२ लाख रुपैयाँ र बाह्य आय ७१ लाख रुपैयाँ रहेको जानकारी कोषाध्यक्ष सुवेदीले दिनुभयो । आन्तरिक आयतर्फ पर्यटक प्रवेश शूल्कबाट मात्रै आर्थिक वर्ष २०७२/७३ मा ७० लाख रुपैयाँ आम्दानी भएको छ । यस्तै बाह्य आम्दानीतर्फ सहरी विकास तथा भवन निर्माण विभागबाट प्रजातान्त्रिक पार्क निर्माणका लागि ३८ लाख रुपैयाँ प्राप्त भएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top