+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अपराध

लागुऔषधसहित दुईजना पक्राउ



अपराध   141 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, ९ साउनः मकवानपुर प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार दिउँसो १ बजेको समयमा पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ रातोमाटेस्थित प्रहरी चेकपोष्टबाट प्रहरीले लागुऔषध नाइट्रोभेट १ सय २६ ट्याव्लेटसहित बारा जिल्लाको निजगढ नगरपालिका–१३ का २१ वर्षीय अनिल ब्लोन र २० वर्षीय दिपक वाईबालाई पक्राउ गरेको हो । पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा ५७ प ५३१७ नम्बर मोटरसाईकल रोकी सुरक्षा जाँच गर्दा लागुऔषधसहित दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




 








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top