: +०५७-५२६८३०, ९८५५०-६८२२७

अर्थ / व्यापार


युनिलिभर शुक्रबारदेखि सुचारु

अर्थ / व्यापार 103 पटक पढिएको




समाज संवाददाता हेटौंडा, ६ असोजः मजदुर र व्यवस्थापनबीचको विवादका कारण डेढ महिनादेखि बन्द रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपाल शुक्रबारबाट सुचारु भएको छ । मंगलबार मकवानपुर उद्योग वाणिज्य संघमा भएको वार्तापछि उद्योग व्यवस्थापन र मजदुरबीच सहमति भएसँगै उद्योग सुचारु हुन भएको हो ।

 यसअघि पनि पटक–पटक सहमति भए पनि उद्योग सुचारु हुन सकेको थिएन । बुधबारको सहमतिपछि उद्योगको ताला बुधबार खोलिएको छ । बिहीबार उद्योगको उत्पादन युनिटको सरसफाई र परीक्षणको काम भएको बताइएको छ ।

युनिलिभरका मानवश्रोत व्यवस्थापक सुमित धर र उद्योग व्यवस्थापक अभिजित मुखोपाध्यायले बुधबार उद्योग वाणिज्य संघमा भएको वार्तामा उद्योग सुचारु भएको ४५ दिनभित्र मजदुरको माग सम्बोधन गर्ने लिखित सहमति गरेपछि उद्योग खुल्ने वातावरण बनेको हो । उद्योग व्यवस्थापनले उद्योग बन्द गरेवापत निलम्बनमा परेका मजदुरको ३० दिनसम्म आचरण हेरी निलम्बन फिर्ता लिने र यही निलम्बनलाई आधार मानी आगामी दिनमा कारवाही नगर्ने सहमति गरेको छ । यस्तै गत मे २९ मा भएको सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने, प्रत्येक मजदुरलाई २ लाख रुपैयाँका दरले ऋण उपलब्ध गराउने, आवास ऋणलाई यथावत राख्न पनि उद्योग व्यवस्थापन सहमत भएको छ ।

उद्योग व्यवस्थापन र मजदुरबीच भएको सहमति श्रम विभागमा प्रमाणित गराउन हस्ताक्षरित पत्र पठाईएको छ । मंगलबारको छलफलमा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, मजदुरका तर्फबाट जयराम धिताल, रविबाबु मल्ल, लालकृष्ण प्याकुरेललगायतको सहभागिता रहेको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     42
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970602 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top