+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
मनोरञ्जन

‘प्रेमगीत २’ हाउसफुल



मनोरञ्जन   7 पटक पढिएको   समाज संवाददाता     
हेटौंडाः शुक्रबार रिलिज भएको ‘प्रेमगीत २’ हेर्ने दर्शकले हेटौंडाको हलहरु हाउसफुल भएका छन् । निर्माता सन्तोष सेनको ‘प्रेमगीत २’ शुक्रबार रिलिज भएपछि पहिलो शुक्रबार र शनिबार दुई दिन नै हाउसफुल भएको ओम्याक्स सिनेमाका प्रविण केसीले बताउनुभएको छ । हेटौंडाको ओम्याक्स सिनेमाको एउटा स्क्रिन र एनएस सिनेमाको दुईवटै स्क्रिन शुक्रबार र शनिबार दुई दिन नै हाउसफुल रह्यो । गत वर्षको सुपरहिट चलचित्र ‘प्रेमगीत’ को सिक्वेलको रुपमा बनाइएको ‘प्रेमगीत २’ देशभर मन पराइएको खबर आएको छ ।

‘प्रेमगीत २’ हाउसफुल


केसीका अनुसार शनिबार बिहान हाउसफुल भएपछि दिउँसोको शोका लागि पनि अग्रिम बुकिङ आक्रामक भएको थियो । शनिबार दिउँसो सोको लागि आधा भन्दा बढि अग्रिम बुकिङ भएको थियो । नारायणी मलस्थित एनएस सिनेमाको दुई वटा हल पनि हाउस फुल रह्यो । शनिबार बिहान दर्शकलाई फर्काउनु परेको एनएस सिनेमाका किशोर पौडेलले जानकारी दिए । शुक्रबार र शनिबारको भीड आक्रामक रहे पनि आईतबार, सोमबार राम्रा चलचित्रले पनि दर्शक नपाउनु चिन्ताको विषय भएको चलचित्र वितरक नरेन्द्र महर्जनको चिन्ता छ । ‘चलचित्र राम्रा हुन्छन्, तर, शुक्रबार र शनिबार बाहेक अन्य दिन क्रमशः दर्शकको फ्लो घट्दै जानु चिन्ताको विषय हो’, महर्जनले भन्नुभयो । यद्यपि पछिल्लो समय नेपाली चलचित्रमा दर्शकको उपस्थिति बढ्नु सन्तोषजनक रहेको बताउनुभयो ।

प्रेमगीत २ ले प्रेम कथालाई मात्रै प्रस्तुत गरेको छैन । नेपाली भाषीको अन्तर्राष्ट्रिय उपस्थिति र साखको विषयलाई पनि गम्भीरताका साथ उठाएको छ । प्रेम गीत कै नायक प्रदीप खड्काले सिक्वेलमा निरन्तरता पाए पनि नायिका भने अश्लेषा ठकुरीलाई अवसर दिइएको छ । अश्लेषा (गीत) नेपाली भाषी बर्मेली हुन्छिन् । अध्ययनका लागि थाइल्याण्डमा काकासम्ग बस्दै आएकी गीतले सानैमा अभिभावक गुनाएकी हुन्छिन् । आमाको माया हजुर आमा (शुभद्रा अधिकारी) ले दिएकी हुन्छिन् । पुराना कलाकार शुभद्रा अधिकारीसहितका कलाकारले प्रेम गीत २ मा अभिनय पक्षलाई गहकिलो समेत बनाएको छ । म्यानमारमा रहेकी हजुरआमासम्ग बाल्यकाल बिताउँदा हजुरआमासँग नेपालका विभिन्न सन्दर्भ सुनेकी गीतले उच्च शिक्षा अध्ययनका लागि थाइल्याण्ड पुगेपछि आफ्नो मुलुक घुम्ने, पुर्खाको पुरानो थलो हेर्ने व्यग्र इच्छा राख्छिन् । काका र हजुरआमाले समेत साथ नदिँदा थाइल्याण्डबाट भागेर गीत नेपाल प्रवेश गर्छिन् । चलचित्रको पहिलो हाफ नेपालकै सुन्दर क्षेत्रमा चलचित्रको सुन्दर कथा समेटिएको छ । 

दोस्रो हाफ थाइल्याण्डकै सुन्दरतामा प्रेम र गीतको जटिल प्रेम कथा हेर्न लायक छ । नेपालीले थाइल्याण्ड पुगेर म्यानमार र थाइल्याण्डमै रहेका नेपाली भाषीसँगको सम्बन्धमा देखिएका समस्याको सुन्दर कथानक दोस्रो हाफमा प्रस्तुत गरिएको छ । प्रेमगीतमा जस्तै प्रेमगीत २ मा पनि प्रमुख पात्रको दुखान्त अन्त्य हुन्छ कि भन्ने कौतुहलता अधिकांश दर्शकको रहन्छ नै । विदेशलाई पनि नेपाली कथामा सार्थकताका साथ प्रस्तुत गर्न प्रेमगीत २ सफल छ । गीतकी काकाको अभिनय र प्रेमका बुबाको अभिनय स्फूर्त लाग्दैन । दुई युवाको प्रेम सन्दर्भलाई सहज ढंगले प्रस्तुत गरिएको, प्रेममा देखा पर्ने द्वन्द्वलाई सहज र सान्दर्भिक ढंगले प्रस्तुत गर्नु चलचित्रको सवल पक्ष बनेको छ । सहायक पात्रहरुको भूमिका पनि सहज र सुन्दर छ । प्रेमको कलाकारिता निखारिएकै छ । निर्माता सन्तोष सेन नै खलपात्रको भूमिकामा देखिएका छन् । उनको अभिनय चित्त बुझ्दो छैन । आशुसेन फिल्मस्को व्यानरमा बनेको फिल्म ‘प्रेमगीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका छन् ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top