: +०५७-५२६८३०, ९८५५०-६८२२७

मनोरञ्जन


‘प्रेम गीत २’ हाउसफुल, अग्रिम बुकिङ पनि आक्रामक

मनोरञ्जन 56 पटक पढिएको समाज संवाददाता २०७४ श्रावन १४ शनिवार


‘प्रेम गीत २’ हाउसफुल, अग्रिम बुकिङ पनि आक्रामक


हेटौंडाः शुक्रबार रिलिज भएको ‘प्रेम गीत २’ हेर्ने दर्शकले हेटौंडाको हलहरु सुरुबाटै हाउसफुल भएका छन् । निर्माता सन्तोष सेनको ‘प्रेम गीत २’ शुक्रबार रिलिज भएपछि पहिलो सो मा नै हाउसफुल भएको ओम्याक्स सिनेमाका व्यवस्थापक प्रविन केसीले बताउनुभएको छ ।

‘प्रेम गीत २’ ले म यस्तो गीत गाउँछुलाई पनि उछिनेको केसीले बताउनुभएको छ ।  केसीका अनुसार  शनिबार  अर्को दिउँसोको शोका लागि पनि अग्रिम बुकिङ आक्रामक भइरहेको छ । शनिबार दिउँसो सोको लागि आधा भन्दा बढि अग्रिम बुकिङ भइसकेको छ । नारायणी मलस्थित एनएस सिनेमाको दुई वटा हल पनि हाउस फुल रह्यो । शनिबार बिहान दर्शकलाई फर्काउनु परेको एनएस सिनेमाका किशोर पौडेलले जानकारी दिए । शुक्रबार र शनिबारको भीड आक्रामक रहे पनि आईतबार, सोमबार राम्रा चलचित्रले पनि दर्शक नपाउनु चिन्ताको विषय भएको चलचित्र वितरक नरेन्द्र महर्जनको चिन्ता छ । ‘चलचित्र राम्रा हुन्छन्, तर, शुक्रबार र शनिबार बाहेक अन्य दिन क्रमशः दर्शकको फ्लो घट्दै जानु चिन्ताको विषय हो’, महर्जनले भन्नुभयो । यद्यपि पछिल्लो समय नेपाली चलचित्रमा दर्शकको उपस्थिति बढ्नु सन्तोषजनक रहेको बताउनुभयो ।

आशुसेन फिल्मसको व्यानरमा बनेको फिल्म फिल्म ‘प्रेम गीत २’ लाई रामशरण पाठकले निर्देशन गरेका छन् । फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970652 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top