: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्वास्थ्य


अस्पतालको सामाजिक सेवा इकाई/ ८ महिनामा ९ सयलाई सेवा

स्वास्थ्य 11 पटक पढिएको




समाज संवाददाता हेटौंडा, २३ चैत्रः हेटौंडा अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट चालु आर्थिक वर्षको ८ महिनामा ९ सय ३५ जनाले सेवा लिएका छन् । लक्षित समुहका बिरामीहरुलाई आंशिक वा पुर्ण निःशुल्क स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन भएको सामाजिक सेवा इकाईले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा ९ सय ३५ जनाले सेवा लिएको सामाजिक सेवा इकाई हेटौंडा अस्पतालले जानकारी दिएको छ ।



सामाजिक सेवा इकाई हेटौंडा अस्पतालकी सहजकर्ता सृष्टी अधिकारीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ सय २१ जना महिलाले सेवा लिएका छन् भने दोस्रो चौमासिकमा २ सय ८० महिलाले सोव लिएका छन् । त्यसैगरी चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सेवा लिनेहरुमा १ सय ७७ जना पुरुष रहेका छन् भने दोस्रो चौमासिकमा २ सय ५७ जना रहेका छन् । अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट पछिल्लो समय सेवा लिनेहरु सङ्ख्या बढेको सहजकर्ता अधिकारीले बताउनुभएको छ । त्यस्तै सामाजिक सेवा इकाईमा भएको १० लाख बजेट मध्ये दोस्रो चौमासिकसम्म ७ लाख १३ हजार खर्च भइसकेको छ भने २ लाख ८६ हजार रुपैयाँ बाँकी रहेको छ ।

सामाजिक सेवा अन्तर्गत लक्षित वर्गको लागि छुट्टाइएको बजेट भने सकिसकेको छ । चालु आर्थिक वर्षको लागि ३ लाख १४ हजार रुपैयाँ लक्षित वर्गको लागि छुट्याइएको थियो । तर बजेट कम भएको कारणले अझै अन्य शिर्षकबाट खर्च गरिरहनु परेको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालमा रहेको सामाजिक सेवा एकाईको दोस्रो चौमासिक समीक्षा वैठकमा महिला तथा बालबालिका कार्यालय मकवानपुरकी प्रमुख शोभा शाहको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै हेटौंडा अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970654 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top