+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

सहकारीबाटै समृद्धि खोज्नुपर्छः मन्त्री गौतम



अर्थ / व्यापार   16 पटक पढिएको   समाज संवाददाता     
हेटौंडा, २३ माघः समग्र क्षेत्रको विकास र समृद्धि सहकारीबाट मात्र सम्भव भएको सिंचाई मन्त्री सञ्जयकुमार गौतमले बताउनुभएको छ । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मकवानपुरको आठौं वार्षिकोत्सव तथा सहकारीको २०औं वार्षिकोत्सव विशेष कार्यक्रम तथा सामुदायिक सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि सिंचाई मन्त्री गौतमले सहकारीबाटै समृद्धि खोज्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।



कार्यक्रममा उहाँले छरिएर रहेको पूँजी संकलन र लगानीमा सहकारीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीले स्वरोजगारको अवसर पनि सृजना गरेको उहाँको भनाई छ । नेपालमा जलस्रोत, उर्वरभूमि भएपनि आत्मनिर्भरको बाटोमा अगाडि बढ्न नसकेको भन्दै उहाँले एकीकृत कार्यक्रम अगाडि लैजानु पर्ने धारणा व्यक्त गर्नुभयो । सहकारी मार्फत् समाजलाई सुदृढीकरणतर्फ अगाडि बढाउनु पर्ने उहाँको भनाई छ । उहाँले समृद्धिको लागि आयात प्रतिस्थापन गर्ने खालको कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा मन्त्री गौतमले बाम गठबन्धनलाई सरकार बनाउन शुभकामना दिँदै नेपाली काँग्रेस प्रतिपक्षमा रहने स्पष्ट पार्नुभयो ।

कार्यक्रम दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको सभाध्यक्षतामा भएको कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, मकवानपुर प्रहरी प्रमुख विकास राज खनाल, नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछाने, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको उपस्थिति रहेको थियो ।


तामाङ र पोखरेललाई सामुदायिक सम्मान

हेटौंडाः रेडियो मकवानपुरले स्थापनाकालदेखि नै वार्षिकोत्सवको सन्दर्भमा प्रदान गर्दै आएको सामुदायिक सम्मान २०७४ बाट मकवानपुरमा उत्कृष्ट काम गर्ने २ जनालाई सम्मान गरेको छ । कार्यक्रममा शक्ति समूहकी क्षेत्रीय प्रमुख अस्मीता तामाङ र आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक ऋषिराम पोखरेललाई सामुदायिक सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा मानव बेचविखन तथा ओसार पसारको बिरुद्धमा काम गर्दै आउनु भएकी शक्ति समूहकी क्षेत्रीय प्रमुख अस्मीता तामाङ र शिक्षा क्षेत्रमा काम गर्दै आउनु भएका ऋषिराम पोखरेललाई सम्मान गरिएको हो । यस्तै, कार्यक्रममा रेडियोका उत्कृष्ट कर्मचारीको रुपमा राजन दाहाल (खुशराज) लाई सम्मान गरिएको छ । त्यसैगरी, ग्रामीण जीवन स्तर सुधार मञ्चद्वारा सञ्चालित हाम्रो घरलाई नगद २० हजार रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा सहकारीकी अध्यक्ष महालक्ष्मी उपाध्याय ‘डीना’ ले हाम्रो घरकी सुशीला तिमल्सिनालाई रकम हस्तान्तरण गर्नुभएको हो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • मनहरीको आयव्यय ४० करोड ६० लाख

    मनहरीः मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि आयव्यय विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले ४० करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । कुल बजेट मध्ये ३३ करोड ७० लाख ५९ लाख बजेट निकासा भएकोमा २१ करोड १७ लाख ९५ लाख हालसम्म खर्च विभिन्न विकास तथा अन्य खर्च भएको बताइएको छ ।
    स्थानीय तह
    205     समाज संवाददाता
  • दक्षिण कोरिया भ्रमण सफलः मउवासंघ

    हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) का अध्यक्ष कृष्ण कटुवाल नेतृत्वको भ्रमण टोलीले दक्षिण कोरियाको भ्रमण सफल भएको जनाएको छ । मंगलबार भ्रमण बारे जानकारी गराउँदै कृषि क्षेत्रलाई विशेष चासोको रुपमा भ्रमण गरिएको जानकारी गराइएको छ ।
    अर्थ / व्यापार
    8     समाज संवाददाता
  • बँदेलको बच्चासहित २ जना पक्राउ

    हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले बँदेलको बच्चासहित मंगलबार दूई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटेको प्रहरी टोलीले हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा अबैध रुपमा प्लास्टिकको बोराभित्र जिउँदो अवस्थामा ६ वटा बँदेलको बच्चा लुकाईछिपाई ल्याईरहेको अवस्थामा पक्राउ गरेको हो ।
    अपराध
    11     समाज संवाददाता
  • मतदाताले छाप परिवर्तन गर्न सिक्नु पर्छः रञ्जु दर्शना

    हेटौंडाः विवेकशिल साझा पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले अब मतदाताले छाप परिर्वतन गर्न सिक्नुपर्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा विवेकशिल साझा पार्टीले आयोजना गरेको चुनावी कार्यक्रममा दर्शनाले यस्तो बताउनुभएको हो ।
    राजनीति
    999     समाज संवाददाता
  • चौतारीको ध्यानाकर्षण

    समाज संवाददाता हेटौंडा, ८ असोजः रेडियो धादिङ्को भवन भत्काइएको प्रति प्रेस चौतारी मकवानपुरले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । धादिङ जिल्लाको पहिलो रेडियो सामुदायिक रेडियो धादिङ १०६ मेगाहर्जमा बिहीबार राती स्थानीय प्रशासन तथा जिल्ला वन कार्यालयको संयुक्त टोलीले डोजर लगाएर भवन भत्काउने कार्य गरेको भन्दै विरोध जनाएको हो ।
    समाज
    99    
  • कृषि नीतिमा परिवर्तनको खाँचो

    नेपाललाई कृषिप्रधान देश भनिए पनि वास्तविकता ठीक विपरित छ । विश्वमा कृषिको आधुनिकीकरण भईरहँदा नेपाल भने खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । नेपालको कृषि प्राथमिकतामा नपर्नु र दातृ संस्थाको दबाबमा अनुदान हटाइनु कमजोरी पक्ष देखिन्छ । त्यसैले नेपालको कृषि यतिबेला निर्वाहमुखी मात्रै भएको छ ।
    सम्पादकीय
    99     सम्पादकीय
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top