+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

पशुपालनबाट वार्षिक ६ लाख आम्दानी



अर्थ / व्यापार   36 पटक पढिएको        
प्रिया पौडेल हेटौंडा, २८ चैत्रः पछिल्लो यूवा पुस्तालाई विदेशको मोहनी लागेको जस्तै छ । विदेश गएपछि राम्रै आम्दानी हुन्छ, भन्ने सोचाई सबैमा छ । तर, विदेशबाट नेपाल फर्किएपछि कृषि पेशा अपनाउने धेरै छन् । २ वर्ष कतार र २ वर्ष साउदी बसेर आएका पदमपोखरीका श्रीराम तिवारी देशमै बसेर लाखौं कमाइरहेका छन् ।





तिवारीले पशुपालन गरेर राम्रो आम्दानीको हिसाब गरिरहेका छन् । “गरे के हुँदैन र” भन्ने कुराको उदाहरण बनेका छन्, तिवारी परिवार । हेटौंडा–१२ पदमपोखरीका श्रीराम तिवारी विदेशमा भन्दा काम गरे स्वदेशमा नै केही गर्न सकिन्छ भनेर नेपाल फर्किएका हुन् । तिवारी परिवारले श्रीराम पशु फार्म दर्ता गरेर काम गरिरहेका छन् । तिवारीको फार्ममा ३ वटा होलेस्टन जातको गाई र ७ वटा भैंसी छन् । दम्पत्ति मिलेर बिहानैबाट काम गर्छन् । श्रीमति ससिता तिवारीले भन्नुभयो, “श्रीमान् विदेशबाट आउनु भएपछि उहाँको सल्लाहमा हामीले पशु पालन सुरु ग¥यौं । सुरुमा गाईपालनबाट हामीले पशुपालन सुरु गरेका थियौं । तर, गाईबाट धेरै नाफा नहुने भएपछि भैंसी पनि थप्यौं ।”

तिवारी दम्पत्ति बिहान सबेरै उठ्छन् र गोठको धन्दा सुरु गर्छन् । बिहानदेखि बेलुका ८ बजेसम्म उनीको व्यस्तता गोठमा नै हुन्छ । उनीहरु बिहान सँगै उठ्छन् र सँगै काम गर्न सुरु गर्छन् । दुई जना मिलेर गाई भैसीलाई कुडो दिन्छन् । त्यसपछि १५ मिनेट जतिमा दुबै जनाले गाई भैसी मिलेर दुहुन्छन् । अहिले पशुपालनबाट दैनिक ४० लिटर दूध विक्रि गर्ने गरेको ससिता बताउनुहुन्छ । उनीहरुले उत्पादित दूध नजिकैको डेरीमा विक्रि गर्ने गरेका छन् । श्रीमति ससिताले भन्नुभयो, “दूध विक्रिबाट १५/१५ दिनमा एक किस्तामा २५ हजार रुपैयाँ आउँछ । मासिक ५० हजार रुपैयाँ आम्दानी हुन्छ । जसमा २० हजार रुपैयाँ नाफा हुन्छ ।”

पशुपालनबाट नाफा कम हुने भएपछि गतवर्षबाट तिवारी परिवारले घाँस खेति पनि सुरु गरेका छन् । पशुपालनसँगै घाँस खेति गर्दा नाफा बढी भएको ससिताको भनाइ छ । ससिताले भन्नुभयो, “पहिले तराईबाट पराल किनेर ल्याउनु पथ्र्यो । जसले गर्दा पराल, ढुटो र चोकरमा नै धेरै खर्च हुन्थ्यो । खासै नाफा भएन । घाँस खेति सुरु गरेपछि नाफा भएको छ ।” उहाँले दूध विक्रिबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्नुहुन्छ । ढुटो, चोकर खर्च कटाएर २ लाख ४० हजार रुपैयाँ वार्षिक नाफा हुने उहाँले बताउनुभयो । अहिले उनीहरुले २ विगाहा जमिनमा घाँस खेति गरेका छन् । पशु सेवा कार्यालयबाट घाँसको बीउ सहयोग पाएपछि पशुपालनसँगै घाँस खेति सुरु गरेको बताए । गतवर्ष उनीहरुले ४ क्वीन्टल घासँको बीउ विक्रि समेत गरेका थिए ।

जिल्ला पशुसेवा कार्यालय मकवानपुरलाई एकसय ५० रुपैयाँ प्रतिकिलोमा ४ क्वीन्टल घाँसको बीउ विक्रि गरेको ससिताले बताउनुभयो । घाँस खेतिबाट गतवर्ष ६० हजार रुपैयाँ आम्दानी भएको थियो । तिवारी पारिवारको एक छोरा र एक छोरी छन् । छोरीको विवाह भईसक्यो । छोरा एसईई परीक्षा दिएर बसेका छन् । उहाँले थप्नुभयो, “पहिले श्रीमान् विदेशमा हुँदा दुबैलाई चिन्ता हुन्थ्यो । अहिले सँगै छौं । सँगै काम गर्छौ ।” ठट्यौली गर्दै भन्नुभयो, “पशुपालनले हामी श्रीमान् श्रीमतिलाई जोडेको छ ।”








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top