+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अर्थ / व्यापार

उद्योग वाणिज्य महासंघको साधारणसभा आजबाट/ प्रदेश भेला जेठ भित्र हुने



अर्थ / व्यापार   37 पटक पढिएको        
समाज संवाददाता हेटौंडा, २८ चैत्रः निजि क्षेत्रको ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा आज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि मंगलबारबाट निर्वाचनको कार्यक्रम हुनेछ । यसैबीच महासंघले प्रदेशको भेला गरी निर्वाचनको कार्यक्रम गर्न संयोजकहरुलाई जिम्मेवारी दिएको छ । यसअघि गठन भएको तदर्थ समितिका संयोजकहरुलाई प्रदेश भेलाको जिम्मेवारी दिएको हो ।




मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा महासंघको ३ नम्बर प्रदेशको संयोजक अरुणराज सुमार्गीसहित सातैवटा प्रदेशका तदर्थ समिति संयोजकलाई प्रदेश भेलाको आवश्यक कार्य गर्न निर्देशन दिएको छ । महासंघको साधारणसभामै प्रदेशको पनि निर्वाचन हुने अपेक्षा गरिरहेको बेला महासंघको बैठकले प्रदेशको निर्वाचन पछि सारेको हो । महासंघले यस वर्षदेखि विधानमा संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान लागु गरेसँगै यस वर्षदेखि वरिष्ट उपाध्यक्षदेखि तल्लो पदहरुमा निर्वाचन हुनेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय समितिमा मकवानपुरबाट दुईजना उम्मदेवार हुने अपेक्षा गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने र निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ महासंघको केन्द्रीय समिति सदस्यमा उम्मेदवार हुने अपेक्षा गरिएको हो । श्रेष्ठ र न्यौपाने दुबैजनाले उम्मेदवारी दिने बताएका छन् । मंगलबारबाट सुरु हुने निर्वाचन कार्यक्रममा उम्मेदवारी दिने बताइएको छ । महासंघको भावी नेतृत्वका लागि शेखर गोल्छा र किशोरकुमार प्रधानले दावेदारी प्रस्तुत गर्ने देखिएको छ । वरिष्ट उपाध्यक्षमा गोल्छा र प्रधान नेतृत्वको प्यानल निर्वाचनमा उत्रने अपेक्षा गरिएको छ । यो साधारणसभाले वरिष्ट उपाध्यक्ष भवानी राणालाई अध्यक्षमा निर्वाचित गर्नेछ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top