: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्थानीय तह निर्वाचन-२०७४


३ वटा प्रदेशमा आज मतदान/ निर्धक्क मतदान गर्नुस्ः आयोग

स्थानीय तह निर्वाचन-२०७४ 66 पटक पढिएको समाज संवाददाता




हेटौंडा, १४ असारः तीन वटा प्रदेशमा आज बुधबार मतदान हुँदैछ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ मा मतदान हुँदैछ । दोस्रो चरणको निर्वाचनको लागि सुरक्षाको उचित प्रवन्ध मिलाइएको भन्दै आयोगले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई आह्वान गरेको छ । मतदानको पूर्वसन्ध्यामा मंगलबार विशेष पत्रकार सम्मेलन गर्दै आयोगले बुधबार विहान ७ बेजेदेखि ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले  स्थानीय तहको निर्वाचनमा उत्साह र उमंगका साथ सहभागी भई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुमा अनुरोध गरेकी छन् । राष्ट्रपतिले मंगलबार दिएको सन्देशमा देश संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गतेभित्र उक्त संरचनाअन्तर्गत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै स्थानीय तह निर्वाचनको उत्तिकै महत्व रहेको बताइन् । उनले स्थानीय निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्ने विश्वास व्यक्त गरेकी छन् । ‘नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भएपश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आह्वान गर्दछु’, राष्ट्रपतिले सन्देशमा भनेकी छन् । 

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाता परिचयपत्र लिएर मात्र मतदान गर्न जान आग्रह गरेका छन् । यदि मतदाता परिचयपत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको वैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरे । आयोगले यदि फोटोसहितको मतदाता नामावलीमा नाम भए नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचयपत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ । दोस्रो चरणको स्थानीय चुनावमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका जनप्रतिनिधि चयनका लागि भोलि हुँदैछ । बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा चुनाव हुन लागेको हो । १५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवारचुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी हुने आयोगले जनाएको छ यसका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।






कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970644 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top