+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्थानीय तह निर्वाचन-२०७४

सबैभन्दा प्रमुख नीति राजनीति



स्थानीय तह निर्वाचन-२०७४   1323 पटक पढिएको   समाज संवाददाता     
राजेश बानियाँ, अध्यक्ष (हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा) हेटौंडाको युवा व्यवसायीको परिचय बनाएका राजेश बानियाँ स्थानीय तह निर्वाचनबाट ५ नम्बर वडाको अध्यक्ष पदमा निर्वाचित भएका छन् । २०३७ साल वैशाख २९ गते बुबा वीरेन्द्र बहादुर बानियाँ र आमा नर्वदा बानियाँका कान्छो छोराको रुपमा हेटौंडा–५, बानियाँटोलमा जन्मनुभएका राजेश बनियाँले मकवानपुर बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका छन् ।

सबैभन्दा प्रमुख नीति राजनीति


२०४९ सालमा नेपाली काँग्रेसको क्रियाशील सदस्य बनेका बानियाँ समाज परिवर्तनका लागि राजनीतिमा आएको बताउँछन् । समाज सेवा गर्न राजनीतिमा त आउनु नपर्ने तर, राजनीतिमा समाज सुधार नै प्रमुख लक्ष्य रहने भएकोले सक्रिय राजनीतिमा आएको बताउँछन् । समाजको सबैभन्दा प्रमुख नीति भनेकै राजनीति भएको उल्लेख गर्दैै बानियाँले समाज परिवर्तनको मेरुदण्ड नै राजनीति भएको उल्लेख गर्छन् । समाजमा आम सर्वसाधारणका लागि केही गरेर नाम कमाउने उद्देश्यका साथ राजनीतिमा जोडिएको बानियाँको तर्क छ ।

अमेरिका, क्यानडा, बेलायत, कोरीया, सिङगापुर, थाईल्याण्ड, भारत लगायतका देशको भ्रमण गरिसकेका बानियाँ बैदेशिक भ्रमणमा हासिल गरेका अनुभव हेटौंडाको विकासमा लगाउने योजनामा छन् । अमेरिका, क्यानडाको ५ र १० वर्षे भिसा हातमा भए पनि आफू आफ्नै गाउँटोलको विकासका लागि चिन्तित रहेको बताउँछन् । मकवानपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्य एवम् कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरको अध्यक्ष समेत रहेका बानियाँ उद्योग, वाणिज्य क्षेत्रमा हासिल गरेको अनुभवलाई पनि समुदायको आर्थिक विकासका लागि उपयोग गर्ने योजना सुनाउँछन् । स्थानीय पिप्ले युवा क्लबको अध्यक्ष भएको केही महिनामै नारायणी अञ्चल स्तरीय फुटबल प्रतियोतिगा आयोजना गरेर चर्चामा रहेका बानियाँ स्थानीय बालज्योति माविका सल्लाहकार समेत हुन् । 

बालज्योति माविलाई प्राविधिक महाविद्यालय बनाउन पहल गर्ने, ५ नम्बर वडामा खानेपानीको समस्या समाधान गर्ने र स्वास्थ्यको घुम्ति शिविर संचालन गर्ने जस्ता योजनासहित बानियाँले ५ वर्षे कार्यकालमा ५ नम्बर वडालाई शान्त, सुरक्षित, विकासित र सद्भावयुक्त वडाको रुपमा विकास गर्ने लक्ष्य राखेका छन् । 








सम्बन्धित शिर्षक समाचारहरु
  • राष्ट्रिय योजना आयोगको टोलीसंग छलफल

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेश सरकारले राष्ट्रिय योजनाका आयोगको टोली संग आज छलफल गरेको छ ।
    राजनीति
    65     समाज संवाददाता
  • युवा कैदीबन्दी र जिम्मेवारी

    अपराधका घटनामा मकवानपुरका युवाहरुको सहभागिता बढी देखिएको छ । २१ वर्षदेखि ३० वर्ष भित्रका युवाहरु बढी मात्रामा लागुपदार्थ प्रयोग तथा कारोबारमा संलग्न भएका छन् भिमफेदी कारागारमा रहेका कैदीबन्दी मध्ये मकवानपुरका सबैभन्दा बढी छन् । ८ सय १० जना कैदीबन्दी मध्ये ३ सय २७ जना त मकवानपुरका छन् ।
    सम्पादकीय
    2     सम्पादकीय
  • मन्त्रीपरिषद्द्वारा ३ कार्यविधि स्विकृत

    हेटौंडा, ३१ साउनः ३ नम्बर प्रदेशको मन्त्रीपरिषद् बैठक बुधबार बसेको छ । वैठकले ३ वटा कार्यविधिलाई स्विकृत गरेको हो ।
    राजनीति
    3     समाज संवाददाता
  • कार्यक्रमको समीक्षा

    हेटौंडा, १४ पुसः नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) ले सञ्चालन गरिरहेको कार्यक्रमको वार्षिक समीक्षा गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाकक्षमा बिहीबार जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनीको अध्यक्षतामा समीक्षा कार्यक्रम भएको हो । आरआरएनका कार्यक्रम अधिकृत भीम राईले वर्षभर सञ्चालित कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । किशोर/किशोरीलाई सशक्तीकरण गर्ने गरी आरआरएनले संवाद कार्यक्रम सञ्चालन गरेको छ ।
    समाज
    99     समाज संवाददाता
  • नेपाल पत्रकार महासंघ प्रदेश समिति/ विष्ट नेतृत्वको समितिले सपथ लिए

    मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको अध्यक्षतामा निर्वाचित नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुले बुधबार हेटौंडामा सपथ ग्रहण गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रताप विष्ट नेतृत्वको समितिले सपथ ग्रहण गरेको हो ।
    समाज
    99     समाज संवाददाता हेटौंडा, २७ बैशाखः
  • मोटिभेशनल सेमिनार सम्पन्न

    हेटौंडा, ६ साउनः हेटौंडामा शुक्रबार करियर प्लानिङ मोटिभेशनल सेमिनार भएको छ । नमुना एनिमेटर एण्ड एडोलिसेन्ट नेटवर्क नवयुग एएएसएनको आयोजना कार्यक्रम भएको हो ।
    समाज
    99     समाज संवाददाता
सम्पर्क
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com

हाम्रो समुह
सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
प्रकाश दाहाल, संवाददाता, ९८५५०३१४६४
विवश अधिकारी, संवाददाता, ९८४५१२५८६५
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top