: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्थानीय तह निर्वाचन-२०७४


स्थानीय तहमा एमालेको ५२, काँग्रेसको २७, र माओवादीको १९ प्रतिशत निर्वाचित

स्थानीय तह निर्वाचन-२०७४ 82 पटक पढिएको




समाज संवाददाता हेटौंडा, १४ जेठः स्थानीय तह निर्वाचनबाट मकवानपुरको १० स्थानीय तहमा ५ सय ३० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको कार्यालयमा दर्ता भएका २२ दल मध्ये १ स्वतन्त्रसहित ४ दलबाट मात्रै प्रतिनिधि चयन भएका छन् । निर्वाचनबाट नेकपा एमालेका ५२ दशमलव ६४ प्रतिशत, नेपाली काँग्रेसको २७ दशमलव ३५ प्रतिशत, नेकपा माओवादी केन्द्रको १९ दशमलव ६ प्रतिशत प्रतिनिधी चयन भएका छन् ।

नेकपा एमालेका उम्मेदवारहरु हेटौंडा उपमहानगरपालिका र ५ गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा विजयी भएका छन् भने २ वटा गाउँपालिकामा उपप्रमुख पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार एउटा गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै र एउटा नगरपालिकामा उपप्रमुख र एउटा गाउँपालिकामा प्रमुख पदमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार भने एउटा नगरपालिका र एउटा गाउँपालिकाको प्रमुख पदमा विजयी भएका छन् । मकवानपुर जिल्लाका १ सय २ वटा वडामध्ये नेकपा एमालेका उम्मेदवारहरु ४९ वटा वडामा अध्यक्ष र २ सय १६ जना वडा सदस्य निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवारहरु ३१ वटा वडामा अध्यक्ष र १ सय १० वडा सदस्य निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु २१ वटा वडामा अध्यक्ष र ८१ वडा सदस्य निर्वाचित भएका छन् । एकजना स्वतन्त्र उम्मेदवार वडा अध्यक्ष भएका छन् भने राप्रपाका एकजना उम्मेदवार वडा सदस्य निर्वाचित भएका छन् ।





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     71
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     397
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     638
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9189

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     19
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970609 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top