: +०५७-५२६८३०, ९८५५०-६८२२७

स्थानीय तह निर्वाचन-२०७४


भाइरल बन्यो हेटौंडाका उम्मेदवारको सौहाद्र्धता

स्थानीय तह निर्वाचन-२०७४ 151 पटक पढिएको सुरेश श्रेष्ठ


भाइरल बन्यो हेटौंडाका उम्मेदवारको सौहाद्र्धता


हेटौंडाः बुधबार साँझ मुख्य निर्वाचन अधिकृतको कार्यालयले हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम घोषणा गर्नुअघि नै जिल्ला समन्वय समिति मकवानपुरअगाडि सडकभर नेकपा एमालेका नेता, कार्यकर्ता, समर्थक एवम् सर्वसाधाणको भीड थियो । जिल्ला समन्वय परिषर भित्र हेटौंडा उपमहानगरको मेयर हरिबहादुर महत र उपमेयर मीना लामा निर्वाचित हुने निश्चित भइसकेको थियो । हरिबहादुर महत आफू निर्वाचित भइरहँदा मेयर पदका अर्का आकांक्षी निकटतम् प्रतिद्वन्द्वी आनन्दराम पराजुलीलाई दुबोको माला लगाउँदै थिए ।

दुई परस्पर प्रतिस्पर्धी राजनीतिक व्यक्तिहरु निर्वाचनको मतपरिणाम एकसाथ बसेर सुन्दै विजयीले निकटतम् प्रतिस्पर्धीको सम्मान गर्दै फूलमाया पहि¥याएको घटनाले जिल्ला समन्वय समिति परिसरमा रहेका सञ्चारकर्मी, नेता, कार्यकर्ता र सुरक्ष्ाँकर्मीको ध्यानाकर्षण गराएको थियो । निर्वाचनको मैदानमा हारजीतलाई सहजै स्वीकार्दै प्रतिस्पर्धीबीच नतीजा सार्वजनिक भएपछिको सौहाद्र्धता हेर्न लायक थियो । बिहिबार साँझसम्ममा दुई उम्मेदवारबीचको सौहाद्र्धता सामाजिक सञ्जालमा भाइरल बनिसकेको थियो । सामाजिक सञ्जालहरुमा दुई उम्मेदवारबीचको सौहाद्र्धताको विषयमा निक्कै प्रसंशा भइरहेको पाइन्छ । मकवानपुरगढी गाउँपालिकाकी कल्पना श्रेष्ठले हरिबहादुर महतले आनन्दराम पराजुलीको गलामा माला पहि¥याउँदै गरेको तस्वीर फेसबुकमा राखेर निर्वाचनको नतीजा सार्वजनिक भएपछि मनपरेको फोटो भनेर पोष्ट गरेकी छिन् ।

नेपालगन्जका पत्रकार जनक नेपालले लेखेका छन्, ‘प्रतिद्वन्द्वीलाई सम्मानः हेटौडामा एमालेबाट विजयी मेयर हरीबहादुर महतले प्रतिद्वन्द्वी काँग्रेसका आनन्दराम पराजुलीलाई दुबोको माला लगाएर सम्मान गर्दै । विपक्ष मतको सम्मान हुनुपर्छ । तब न लोकतन्त्र ।’ जनक नेपालको पोष्ट बिहिबार साँझसम्ममा १८ जनाले सेयर गरेका छन् । हरेकको सेयरमा राजनीतिमा सकारात्मक संस्कारको विकास भएको व्याख्या गरिएको छ । हेटौंडा–२ का दिपेन्द्र ढकालले फेसबुकमा लेखेका छन्, ‘जित्दा खुसी हुनु स्वभाविक नै हो तर राजनैतिक तथा सामाजिक संस्कार देखाउन चाहिँ भुल्नु हुन्न जुन आज देखियो विजयी उम्मेद्वार हरिबोल महतले प्रतिस्पर्धी उम्मेदवार आनन्दराम पराजुलीलाई माला पहि¥याउँदै...’ । ढकालको फेसबुक पोष्टमा युवराज पौड्याल लेख्छन्, ‘असल राजनीतिक संस्कार भएका राजनीतिज्ञहरुको खडेरी परेको बेला हरिवोल दाइले आफ्नो प्रतिस्पर्धी प्रत्यासी प्रति देखाउनु भएको यो सद्भावले देख्नेहरुलाई पनि केही शितलता महशुस गराएको छ, धन्यवाद हरिवोल दाइ अनि बधाइ छ आनन्द दाइ सद्भाव ग्रहण गर्ने धैर्यता प्रकट गर्नु भएकोमा ।

निर्वाचित महतलाई नेपाली काँग्रेसका मेयरका प्रत्याशी आनन्दराम पराजुलीले बधाईका साथ साथै माला समेत लगाएर खुसी साटासाट गरेका थिए । महतलाई खादा तथा माला पहि¥याउन प्रत्याशी पराजुली मात्रै होइन काँग्रेसका केहि कार्यकर्ता पनि फूलमाला लिएर पुगेका थिए । त्यस्तै काँग्रेसका उम्मेद्वार पराजुलीलाई पनि निर्वाचित मेयर हरिबहादुर महतले माला लगाईदिएका हुन् । पराजुलीलाई एमाले नेता तथा कार्यकर्ताहरुले हरिबहादुर महतलाई जसरी नै दुबोको माला लगाइदिएका थिए । यसै क्रममा निर्वाचित मेयर महतले भने, ‘मेरो जीत नै तपाईँ (आनन्दराम पराजुली) को जीत हो ।’





कमेन्टसहरु



अन्तर्वार्ता

जनमत पार्टी एकताको पक्षमा ःसिग्देल
सुरेश श्रेष्ठ÷अमृत चिमरिया     72
‘हाम्रा एजेन्डा बकम्फुसे छैनन्’
सुरेश श्रेष्ठ/अमृत चिमरिया     398
खेलाडीलाई अवसर सिर्जना गर्छु
अमृत चिमरिया     639
‘निरन्तरता नै सफलता हो’
अमृत चिमरिया     9190

सम्पादकीय

प्रदेशका लागि अबका चुनौती
सम्पादकीय     20
प्रदेश संरचना व्यवस्थापनको चटारो
सम्पादकीय     22
व्यवसाय दर्ता गरौं
सम्पादकीय     14
राजधानीको लोभ मात्रै
सम्पादकीय     43
समृद्ध समाज दैनिक
मानसचोक, हेटौंडा-२, मकवानपुर
०५७-५२६८३०
URL: www.samridhasamaj.com.np
Email: sambridhasamaj@gmail.com



970659 Times Visited.

  • सुरेश श्रेष्ठ, सम्पादक, ९८५५०-६८२२७
  • अमृत चिमरिया, संवाददाता, ९८४५६१४३५४
  • प्रिया पौडेल, संवाददाता , ९८४५४०२८५८
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © समृद्ध समाज दैनिक, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Design and Develop :
Top